रामपुर ठोक्सिला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
रामपुर ठोक्सिला
—  गाउँ विकास समिति  —
रामपुर ठोक्सिला is located in Nepal
रामपुर ठोक्सिला
रामपुर ठोक्सिला
नेपालको नक्शामा रामपुर ठोक्सिला
निर्देशाङ्क: २६°४७′उत्तर ८७°०४′पूर्व / २६.७९° उत्तर ८७.०७° पूर्व / 26.79; 87.07निर्देशाङ्क: २६°४७′उत्तर ८७°०४′पूर्व / २६.७९° उत्तर ८७.०७° पूर्व / 26.79; 87.07
देश  नेपाल
अञ्चल सगरमाथा अञ्चल
जिल्ला उदयपुर जिल्ला
जनसङ्ख्या (२०५८)
 - जम्मा ११,९४०
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)

रामपुर ठोक्सिला उदयपुर जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। यो गाउँ विकास समिति उदयपुर जिल्लाको पूर्वी भागमा पर्दछ पूर्वी सिमाना सप्तकोशि नदिको चतरासँग जोडिएको छ जुन सुन्सरी जिल्लामा पर्दछ। त्यसै गरी पश्चिम सिमाना बसाहा गाउँ विकास समिति, उत्तर सिमाना चौडण्डी, कटुनजेबबाला र मइनामइनी गाउँ विकास समिति र दक्षिणमा तपेश्वरी गाउँ विकास समितिसँग जोडिएको छ। साथै दक्षिणमा कोशी टप्पु वन्यजन्तु आरक्षसँग जोडिएको छ। पूर्वमा नेपलको प्रशिढ्ह धार्मिक् श्थलहरू बराहछेत्र, चतराधाम, आउल्याजी जस्ता ठुल धार्मिक् श्थलहरूसँग सिमाना जोडीएको छ। यस गा.वि.स को मुख्य चहल पहल हुने ठाउँ रामपुर बजार हो,यो मुख्य ब्यापारिक केन्द्र पनि बनेको छ।यहाँ हरेक हप्ताको शनिवार हटिया लाग्ने गर्दछ।यहाँका अधिकांश जनता कृषि मा निर्भर छन्। याहाको मूख्य वाली भनेको धान,मकै गहु,तोरी साथै कोदो र अन्य फलफूल पनि रहेका छन् । संसदीय निर्वाचन क्षेत्र नम्बर एक, इलाका नम्बर १ र ४१ गाविस मध्येमा पर्ने विकासको प्रचुर संभावना बोकेको र जिल्लाकै सबैभन्दा धेरै जनसङ्ख्या भएको गाविस हो रामपुर ठोक्शिला । क्षेत्रफलको हिसाबले यस गाविस भलाया डाँडा गाविस र रिस्कु गाविसपछिको उदयपुर जिल्लाकै तेश्रो ठूलो गाविस हो । रामपुर ठोक्शिला नेपाल अधिराज्यको पूर्व उत्तर प्रसिद्ध सप्तकोशी नदिको पश्चिम सीमाना र महाभारत पहाडको काखमा रहेको उदयपुर जिल्लाको पूर्वी भेगमा अवस्थीत एउटा सुन्दर गाविस हो । बसाहको बेलाका देउराली डाँडाबाट ओालो झरेर सुपाडे लागेपछि शुरु हुने यस गाविसको शिरमा महाभारत पर्वत, दक्षिणपूर्वमा चर्चित कोसी टापू बन्य जन्तु आरक्ष, पूर्वमा सप्तकोशी नदि, बिचमा समथर सुन्दर हरियाली, र पुरानो गा.वि.सका रुपमा चिनिने गा.वि.स पनि रामपुर ठोक्शिला नै हो, जसलाई चलन चल्तीको भाषामा ठोक्शिला मात्र पनि भन्दा गलत मानिदैन । जिल्ला सदरमुकाम गाइघाटबाट पूर्वपट्टि करिव १५ कोष टाढा रहेको ठोक्शिलाले ११ हजार ५० वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । यस गाविसको उत्तरमा कटुन्जे बबला, दक्षिणमा तपेश्वरी गाविस, पूर्वमा सुनसरीको महेन्द्र नगर र बराहक्षेत्र गाविस, उत्तरपूर्वमा मैनामैनी र पश्चिममा बेल्टारबसाह नगरपालीकासंग सीमाना जोडिएको छ । [१] उदयपुर जिल्लाकै सबैभन्दा बढि जनसङ्ख्या भएको यस गाविसमा २०५८ सालको राष्ट्रिय जनगणनाले गा.वि.सको कुल जनसङ्ख्या १९ हजार २ सय ४६ जना देखाएको थियो । तर २०६८ सालसम्ममा सो संख्या वढेर गा.वि.सको कुल जनसङ्ख्या २१ हजार २ सय ८१ हुन पुगेको छ जसमा महिला ११ हजार ४ सय ७५ जना र पुरुष ९ हजार ८ सय ६ जना रहेका छन् । तर वास्तविक रुपमा यस गाविसको जनसङ्ख्या भने ३० हजार भन्दा बढि रहेको अनुमान गर्न सकिन्छ । अतः आधिकारीक तथ्याङकअनुसार यस गा.वि.सको जनसङ्ख्या वृद्घिदर बार्षिक रुपमा (१.०१) एक दशमल शून्य एक प्रतिशत रहेको भएपनि विभिन्न अनौपचारीक तथ्याङकले यस गाविसको बार्षिक बृद्धिदर २ दशमलव ५ प्रतिशत रहेको देखाएका छन् । यस गाविसमा ब्रामण, क्षेत्री, चौधरी, थारु, माझी, सार्की, राई, श्रेष्ठ, गुरुङ, तामाङ्, परियार, विश्वकर्मालगायतका जातीहरुको बाहूल्यता रहेको छ । संभावनाको उच्च कोटिमा रहेको सुन्दर र हराभरा, नेपालकै विशाल नदि सप्तकोशी बगी रहेको, विभिन्न मठ–मन्दिरले सजिएको रमणीय गाविस ठोक्सिलाको ऐतिहासिक पृष्ठभुमिले पनि यसलाई अझै महत्व दिएको छ । २०२७ साल पूर्व, यस गाविसको नाम रातापानी ठोक्शिला गाउँ पन्चायत रहेको र सोहि सालमा सदरमुकामबाट आएका कर्मचारीले गाउँको हालचाल र गाउँबासीसँग छलफल गरि, पुनः गाउँको नाम रातापानी ठोक्शिला कायम गराइएको बताइन्छ । जानकारीअनुसार यो क्रम २०३३ सालमा पुनः परिमार्जीत हुँदै रातापानी हटाई, ठोक्शिला मात्र राखिएको हो । २०२७ सालभन्दा पहिले गाविसलाई रातापानी ठोक्शिला भनिन्थ्यो । त्यही बेला बस्ती २ भागमा विभाजीत हुन पुग्यो । एकातिर चौधरी बस्ती अर्कोतिर माझी र केही अन्य खस समुदायको गाउं बनेर गाउँ विभाजित भएपछि दुवैको साँध सीमाना शीला अर्थात ढुंगा ठोकेर लगाइएको र चुरे पहाडबाट चट्टानमा घोलिएर बग्दै आएको खोलाको पानी प्राय रातो देखिने गरेकाले दुवैलाई मिलाएर रातापानी ठोक्शिला राखिएको बताइन्छ । तर दुखको कुरा यति लामो इतिहाँस बोकेको, धेरै जनसङ्ख्या भएको र दरिलो आर्थिक श्रोतको धनी भएर पनि ठोक्शिला गाविससंग आफ्नै एउटा भवन नहुँदा कृषि भवनको एउटा कोठाबाट काम संचालन भईरहेको छ । भवन निर्माणका लागि जग्गा, तथा बजेट नछुट्टिएको भने हैन, तर स्थानीयबासी, राजनीतिकदल लगायतका सरोकारवालाको पर्याप्त जाँगरको कमीले गर्दा हालसम्म ठोक्शिला गाविस कृषि भवनको शरणमा रहेर काम गरिरहेको छ । यस गाविसमा नेपालमा बसोबास गर्ने अधिकांश जात–जातीहरुको बसोबास रहेको छ, शुरुमा थारु, माझी र किँराती समुदायको बसोबास रहेको ठोक्शिलामा अहिले, ब्रामण, क्षेत्री, नेवार, राई, तामाङ, लामा, सार्की, विश्वकर्मा, सुनुवारलगायत मुस्लीम समुदायसमेतको बसोबास रहेको छ भने बाहूल्यता भने ब्राम्हण क्षेत्रीकै हुन आउँछ । हिन्दू धर्मावलम्बिहरुको बाहूल्यता रहेको यस गाविसमा हिन्दुसंगै क्रिश्चियन, मुस्लिम, बौद्ध धर्म मान्नेहरु समेत रहेका छन् । उदयपुर जिल्लामै ७२ दशमलव ५७ प्रतिशत हिन्दू धर्म मान्नेहरु रहेका छन् भने ठोक्शिलामा ८० प्रतिशत भन्दा बढि हिन्दू धर्मावलम्बिहरु रहेका छन् । बुद्ध, क्रिश्चियन, किराँतल गायतका धर्म मान्नेहरु पनि थोरै प्रतिशतमा रहेका छन् ।

विकासका पूर्वाधारहरु[सम्पादन गर्ने]

एउटा सामान्य मानिसको आवश्यकता र अधिकारभित्र पर्ने विकासका पूर्वाधारहरु शिक्षा, संचार, यातायात, स्वास्थ्य, खानेपानी, विद्युतलगायतका अतिआवश्यक पूर्वाधारहरु पर्दछन् । तिमध्ये ठोक्शिलामा अधिकांश पूर्वाधारहरुको प्रारम्भिक प्रवेश भइसकेको भएतापनि तिनको पूर्ण प्रभावकारीता भने देखिदैन । २०६६ सालबाट त्रिवर्षिय योजनाको रुपमा सुरु भई ठोक्शिला कृषि तथा ग्रामीण विकास केन्द्रको सक्रियतामा ०७० सालामा आएर ठोक्शिलामा आंशिकरुपमा विजुली बालिएको भएतापनि अझै अधिकांश भेगका ठोक्शिलाबासी विजुलीको पहुंचभन्दा बाहिर रहेका छन् । संचारको सेवाबाट पनि ठोक्शिला पछिनै देखिन्छ । आधुनिक प्रविधिको दु्रतत्तर विकास संगै केही वर्षयता यस गाविसका अधिकाशं बासिले मोवाइल फोन प्रयोग गर्न थालेको भएपनि सम्बन्धित मोबाइलको भरपर्दो नेटवर्कको अभावमा त्यो भरलाग्दो हुन सकेको छैन भने ल्याण्ड लाईनको सुविधाबाट पनि ठोक्शिला बञ्चित नै छ । राष्ट्रिय क्षेत्रीय केही रेडियो तथा टेलिभिजन ठोक्शिलाका अधिकांश भागमा देखिने र सुनिने भएपनि केही भागमा भने नेपाल टेलिभिजनसमेत टिप्दैन । राष्ट्रिय स्तरका दैनिक पत्रपत्रिकाको पहुंचसम्म ठोक्शिला अझै पुग्न नसकेको भएतापनि केही युवाको सक्रियतामा गतसाल यता ठोक्शिला दर्पण राष्ट्रिय साप्ताहिक पत्रिका र ठोक्शिला खवर डटकमले स्थानीय समाचारलाई प्रथमिकता दिई ठोक्शिलाबासीलाई सूचनाको अधिकार दिलाईरहेको छ । यस गाविसमा केही साना खानेपानी आयोजनाहरु संचालन भएतापनि दिर्घकालिन समस्यालाई हल गर्ने गरी ठूलो आयोजनाहरु संचालनमा आउन सकेका छैनन् । जसको कारण भविष्यमा खानेपानीको समस्याले यस गाविसमा हाहाकार मच्चिने सम्भावना देखिन्छ । खोलाको भरमा अहिलेका आयोजनाहरुले संरचना निर्माण गरि संचालन गरेको भएपनि वर्षाको समयमा धमिलो र फोहोर पानी पिउन ठोक्शिलाबासी बाध्यछन् । केही खानेपानी आयोजनासंगै यस गाविसमा कुवा, ट्वीवेल, इनारलगायतका खानेपानीका स्रोतहरु भने नभएका हैनन् ।

सडक यातायात[सम्पादन गर्ने]

ठोक्शिलामा २०५९ साल अगाडिसम्म त मोटर बाटो, केवल ठोक्शिलाबासीको कल्पनामामात्र सिमित थियो । सोही साल, स्थानीय जनताको सक्रियताबाट बसाहको बेलाका देउरालीको पहाडबाट ट्रयाक खोलि ठोक्शिलाको सुपाडेसम्म बाटो निर्माण शुरु भयो । सो क्रम जारी रह्यो र क्रमश अब ढुवानिका सवारी साधन तथा निजि सवारी साधनहरु अप्ठ्यारोका बाबजुत चल्न थाले । चुनौतिपूर्ण र अप्ठेरो बाटो भए पनि २०६१ साल मंसिर ५ गते सार्वजनिक यातायात संचालनका लागि स्थानीय यातायात व्यवसायि उदय प्रसाद अधिकारीले सदरमुकाम गाइघाटदेखि ठोक्शिला गाविसको रामपुरसम्मको रुटमा यात्रुबाहक बस सन्चालनमा ल्याउनुभएको थियो । त्यसरी चुनौतिका बाबजुत विस्तारै यातायात व्यवसायिहरु थपिदै गए । आजसम्म आइपुग्दा ठोक्शिलाबाट दैनिक ५÷६ वटा यात्रुबाहक बसहरु संचानलमा छन् । जुन गाडिहरु ठोक्शिलाबाट सदरमुकाम गाइघाट जानुका साथै सप्तरीको फत्तेपुर कन्चनपुर हुंदै सुनसरीको इनरुवा, इटहरी र धरान, मोरङको विराटनगर सम्म चल्ने गर्दछन् भने २÷३ वटा संख्यामा रहेका रात्रीबसहरु काठमाडौसम्म आउने गर्दछन् । यातायातका संचालनमा आएको १० वर्षभन्दा बढि भएको भइसक्दा पनि यस गाविसको सडकको अवश्या नाजुक नै रहेको छ । धुले सडकमा पर्ने यस बाटोमा सवारी साधन वर्षातको समयमा खहरे खोलामा पुल नभएका कारण राम्रो संग वर्षभरि चल्न पाउँदैनन् । जसको कारण पनि ठोक्शिलाबासी सप्तकोसीबाट डुंगाको जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । २०७० साल ..... महिना ..... गते सप्तकोशीको चतरा घाटमा डुंगा दुर्घटना हुंदा ५ जनाको ज्यान गएको थियो भने आधा दर्जनभन्दा बढि अझै बेपत्ता रहेका छन् । त्यसो त हाल सप्तकोसी नदिमा सुनसरीको चतराबाट उदयपुरको मैनामैनीसम्म जोड्ने पूल निर्माण् भईरहेको छ । यो पुल राष्ट्रिय राजमार्गअन्तर्गत पर्ने हुँदा, यसको सफल सञ्चालनपछि ठोक्शिला र यसका आसपासका गाउँवासिको जीवनशैलीमा अवस्य परिवर्तन आउने देखिन्छ । यो पूल २०७१÷०७२ साल भित्रमा सम्मन्न गरि संचालनमा ल्याउने तयारी स्वरुप काम भईरहेको बताएको छ । यातायातको सहज संचालनमा सुपाडेदेखि डुम्रिभोटेसम्म आईपुग्दा बिचमा पर्ने १६÷१७ वटा खोलाहरुले बाधा गर्ने गरेका छन् । यी खोलाहरुमा पुल छैनन् त्यसैले यातायात व्यवसायिहरुले जोखीम मोलेर यसरी सवारी साधनहरु संचालन गरिरहेका छन् । यातायात सेवालाई दिर्घकालिन तवरमा संञ्चालनमा ल्याउनका लागि यी खोलाहरुमा पुल निर्माण गर्नु अति आवश्यक देखिन्छ । यस बाटनै ठोक्शिलाको विकासको ढोका खुल्छ यही नै सत्य हो । त्यतिमात्रै नभएर एसियाली विकास बैंकको सहयोगमा नेपाल सरकारले सुनसरीको कान्छिचोक, चतरा, उदयपुरको ठोक्शिला हुंदै सप्तरीको रुपनगर जोड्ने सडकलाई पुर्वपश्चिम लोकमार्गको विकल्पका रुपमा हेरी निर्माणका लागि ठेक्का समेत दिइसकेको छ । हाल ठोक्शिलाबाट पूर्व सुनसरीको इटहरी, धरान पुग्न सप्तरी हुंदै ५ घण्टा बसयात्रा गर्नुपर्छ भने सप्तकोशीमा निर्माणधीन पुल संचालनमा आएपछि हालको रुटमा लाग्ने समयभन्दा झण्डै ४ घण्टा बचत भई १ घण्टाभन्दा कम समयमा नै ठोक्शिलाबाट इटहरी, धरान पुग्न सकिन्छ । यातायातको अन्य सुविधामा ठोक्शिलाको ९ नम्बर वडाबाट पहाड तर्फ जाने बाटोमा ट्यासि, ट्रयाक्टर तथा मोटरसाइकलहरु चलिरहेका छन् भने १ नम्बर वडाबाट मैनामैनीसम्म ट्रयाक्टर तथा मोटरसाइकल जान सक्छन् । यस गाविसका प्राय वडाहरुमा निजी साधन वा भाडाका रिर्जभ गाडिहरु लान सकिने बाटोहरु रहेका छन् । समग्रमा भन्नु पर्दा यातायातको हिसाबले ठोक्शिला अतिसंभावित गाविस हो । तर संभावनाअनुसारको विकास भने हुन सकेको छैन ।

शैक्षिक अवस्था[सम्पादन गर्ने]

शैक्षिक अवस्थालाई निलाल्दा ठोक्शिलाले पहिलेको तुलनामा निकै फडको मारेको देखिन्छ । उदयपुर जिल्ला विकास समितिले निकालेको उदयपुर जिल्लाको बस्तुगत विवरण पुस्तिकामा देखाइएको तथ्यांकले पछिल्लो समयमा रामपुर ठोक्शिलाको शैक्षिक अवस्था प्रशंसनीय रहेको छ । शैक्षिक अवस्थामा निकै सुधार आएको भएपनि दक्ष जनशक्तिहरु रोजगारीको अभावमा ठोक्शिला बाहिर जाने क्रम बढेकाले ठोक्शिलाले शैक्षिक अवस्था सुध्रिएको उपलब्धि भने हाँसिल गर्न सकेको छैन । यस गाविसको साक्षारता ६७ दशमलव ५४ प्रतिशत रहेको छ । जसमा महिलाको साक्षारता ६० दशमलव ५४ प्रतिशत र पुरुष साक्षरता ७५ दशमलव ४२ प्रतिशत रहेको देखिन्छ । धेरै जनसङ्ख्या साक्षर भएपनि हालसम्म मात्र २० प्रतिशत साक्षर मानिसले गाउँमै वा गाउँबाहिर रोजगारि पाएका छन् । बांकी ८० प्रतिशतले आफ्नो योग्यताअनुसारको नोकरी पाउन नसक्दा खाडि मुलुकमा गएर श्रम बेच्न बाध्य छन् । ठोक्शिला गाविसमा अन्य गाविसभन्दा दोब्बरको संख्यामा निजी तथा सरकारी विद्यालयहरु रहेका छन् जसमा १४ वटा शिशु विकास केन्द्र, १० वटा प्राथमिक विद्यालय, ४ वटा निम्न माध्यमिक विद्यालय, ३ वटा माध्यमिक विद्यालय, ४ वटा उच्च माध्यमिक विद्यालय र ७ वटा निजिस्तरका विद्यालयहरु रहेका छन् । शिक्षा र शैक्षिक स्रोतहरुको यतिका सुविधा हुंदाहुंदै पनि ठोक्शिलाबाट आजभोली दैनिक २५ देखि ३० जना युवाले वैदेशिक रोजगारीका लागि दैनिक पासपोर्ट सिफारिस लिने गरेका छन् । ३०% दक्षयुवा वैदेशिक रोजगारमा पलायन हुन पुगेका छन् । जसले पनि के देखाउंछ भने शिक्षित जनशक्ति सदुपयोगका लागि गाउँमै रोजगारीको अबसर नहुंदा विदेशिने युवा र शैक्षिक वेरोजगारहरु बढिरहेका छन् । गाउँमै उच्च शिक्षा हाँसिल गर्ने युवालाई मध्यनजर गर्दै क्याम्पस संचालनका लागि पहल नगरिएको भने हैन, तर सबैको प्रभावकारी भूमिकाको अभावका कारण त्यो पहल पहलमै सीमित रहेको छ । बेल्टारको ज्योति उच्च माविबाट सम्बन्धन लिएर दुइवर्षसम्म विएडसमेत संचालन गरिएको थियो । तर समन्वयको अभावमा सो सम्बन्धनसमेत बचाउन नसकिएको शैक्षिक जानकारहरु बताउँछन् । सबैले पहल गरेर गाविसको बीचमा पर्ने गरी एउटा स्नातक क्याम्पस स्थापना गर्न सक्ने हो भने गाउँबाट एसएलसी वा दश जोड दुई उत्तिर्ण गर्ने विद्यार्थीहरुले उच्च शिक्षाका लागि बाहिरिनुपर्ने थिएन ।

स्वास्थ्य क्षेत्रको अवस्था[सम्पादन गर्ने]

स्वास्थ्य सेवाको क्षेत्रमा भने ठोक्शिलाबासी अन्य सुविधाको तुलनामा निकै पछि छन् । जिल्लाकै सबैभन्दा धेरै जनसङ्ख्या भएको गाविस भएपनि स्वास्थ्य क्षेत्रको प्रभावकारीतामा पटक–पटक प्रश्न उठ्ने गरेको छ । एउटा पनि अस्पताल नभएको यस गाविसको वडा नं २ मा एउटा हेल्थ पोष्ट रहेको छ । प्राथमिक स्वास्थ्य केन्द्र, सब हेल्थ पोष्ट समेत नरहेकाले स्थानीयलाई निकै समस्या पर्ने गरेको छ । पछिल्लो समयमा भने एकदुइवटा निजी पोलिक्लिनीकहरु खुलेका छन् । गाविसको २ नम्बर वडामा रहेको सामुदायीक स्वस्थ्य सेवा केन्द्रले ठोक्शिलाभरिमात्र नभएर तपेश्वरी, बबला, र मैनामैनी समेतलाई सेवा प्रदान गर्दै आएको छ । यस स्वास्थ्य केन्द्रले खास गरी खोप सेवा, परिवार नियोजन सेवा, क्षयरोग, चर्मरोग, सामान्य रुघाखोकीको उपचार तथा चोविसै घण्टा प्रसुति सेवा प्रदान गर्दै आएको छ । स्वास्थ्य सेवा मानिसको अति आवश्यकता भित्र पर्छ । ठोक्शिला गाविसकै यति ठूलो जनसङ्ख्या, त्यसमाथी अरु छिमेकि ३ गाविस कटुञ्जे बबला, मैनामैनी, तपेश्वरीलाई समेत सेवा पु¥याउनु पर्दा हेल्थ पोष्टको स्रोत, साधन र उपकरणले भ्याउन सकेको छैन । आकष्मिक सुविधाको लागि एम्बुलेन्स सेवा संचालित भएपनि त्यसको प्रभावकारीता भने देखिदैन । यस्तै आकस्मिक उपकरणको विकास र जनसङ्ख्या अनुसार अस्पतालको आवश्यकता निकै अगाडि नै खड्कीसकेको छ ।

प्राकृतिक अवस्था=[सम्पादन गर्ने]

प्राकृतिक रुपमा ठोक्शिला गा.वि.स विभिन्न नदी–नाला, वनजंगल, खानी, जडीवुटी तथा उष्ण हावापानि भएको गा.वि.स हो । यस गा.वि.सभित्र झण्डै एक दर्जन खहरे खोलाहरु छन् भने १७ वटा सामुदायिक वनहरु रहेका छन् । सवै खोलाहरुको मुहान महाभारतमा छन् । गा.वि.सको उत्तर पुर्वको सिमानामा विशाल नदि सप्तकोशी वहेको छ भने त्यस भन्दा पश्चिम डुडखोला, सेतीखोला, जरायोखोला, खारखोला, यसोदा खोला, मुर्ति खोला, योगीनी खोला, कटारी खोला, शिशुवा खोला, गिँदेरी खोला आदि पर्दछन् । यी सवै खोला दक्षिणतिर बगी कोशी नदीमा मिसिन्छन् । यस गा.वि.समा मुख्य रुपमा मंहगो मानिने ठूला ठूला सालका रुखहरु पाइने घना जंगलहरुपनि पर्दछन् । यी जंगलमा विभिन्न प्रजातिका जंगलि जनावर तथा चराचुरुङिहरु पनि पाइन्छन् । यी जंगल पूर्व सेतीखोला र दक्षिण वेलाका देखी पश्चिम वेल्टार वसाहा नगरपालिका सिमाना सम्म पर्दछ । यस गा.वि.सको विभिन्न भागमा हर्रो, बर्रो, अमला, सालधुप, बोजो, चाबोलगायतका बहूमुल्य जडीवुटी तथा धातुका खानीहरु समेत पाइन्छन् । गा.वि.सको उत्तरपट्टी पर्ने महाभारत पर्वतमा विभिन्न वहूमुल्य जडिवुटीहरु भेटीने गरेका छन् भने दक्षिणमा रहेको बेलाका सुनखानी वन क्षेत्रमा सुन तथा चाँदीको खानी रहेको वताईन्छ । सोही खानीको संरक्षण र प्रवद्र्धन गर्न भन्दै केही स्थानीयको सकृयतामा बेलाका राजारानीको नाममा मन्दिर समेत निर्माण भईरहेको छ भने हरेक वर्षको बैशाखमा त्यस क्षेत्रमा मेला लगाउन सुरु गरिएको छ । वर्षातको समयमा पानीले माटो गलेका बेला सुन र चाँदीलगायतका बहूमूल्य धातुहरु बाहिरै देखिने गरी टल्किन्छन् । तर त्यस्ता बहूमुल्य धातु तथा जडिबुटि पाइने क्षेत्रको गहन अध्ययन गरी संरक्षण र प्रवद्र्धन गर्न नसक्दा अनाधीकृत रुपमा त्यस क्षेत्रमा तस्करी बढिरहको छ । यदी यसको सही पहिचान गरी संरक्षण तथा सदुपयोग गर्न सके यस गाविसको लागि दरिलो आयस्रोतको माध्यम बन्न सक्ने थियो ।

गाविसको कृषि क्षेत्रको अवस्था[सम्पादन गर्ने]

मानिसको श्रमको पहिलो आधार बाँच्नको लागि हुन्छ र बांच्नका लागि खानु जरुरी हुन्छ । त्यसपछिमात्र बास र कपासको कुरा आउँछन् । नेपालजस्तो गरिब मुलुकमा बस्ने अधिकांश जनसङ्ख्या पनि कृषिमा आश्रित छ । नेपालकै सन्दर्भमा कुल जनसङ्ख्याको ६५÷७० प्रतिशत जनसङ्ख्या कृषि पेशामा संलग्न छ । ठोक्शिलामा पनि झण्डै ८० प्रतिशत जनसङ्ख्या कृषिमा निर्भर रहेको छ भने २० प्रतिशत ठोक्शिलावासीमात्र जागीर, व्यापार–व्यवसाय गरेर जिविकोपार्जन गरिरहेका छन् । धान, मकै, कोदो, गहुं, फापर, तोरी लगायतका अन्नबाली ठोक्शिलाको मुख्य बाली हुन् । नगदे र मौसमी बालीहरुमा आंप, लिचि, आलु, गोलभेडालगायतका फलफुल उत्पादन हुने गरेका छन् । ठोक्शिालमा यति समथर र उब्जाउ भूमि प्रशस्त भएपनि पर्याप्त स्रोत साधन र सिचाइंको समस्याले यहाँका कृषकहरुले कृषि पेशाबाट प्रशस्त फाइदा लिन सकिरहेका छैनन् । जसको मतलव ठोक्शिलामा कृषि व्यवसायिक हुन सकेको छैन । ठोक्शिलामा पर्याप्त सिंचाईको अभावले गर्दा कृषि उत्पादन आकाशे पानीको भरमा रहेको छ । सारमा ठोक्शिला सिंचाईको समस्याले जर्जर छ भन्दा अतिशयुक्ति नहुने देखिन्छ । ठोक्शिलामा जम्मा क्षेत्रफलको ११ सय ८५ हेक्टर जमीन खेतियोग्य छ । तर सिञ्चत जमीन भने २५ प्रतिशतभन्दा बढि देखिदैन । यसरी आकाशे पानीको भरमा कृषि व्यवसायिक र प्रगतिशील हुन सक्दैन । सिचाईको समस्या समाधानका लागि स्यावलो ट्वीवेल, डिप बोरिङ र थोपा सिँचाई ठोक्शिलाका कृषकहरुका लागि दिर्घकालीन समाधान हुन सक्ने विज्ञहरुले सुझाएका छन् । सम्बन्धित निकायले स्वावलो ट्युवेल, थोपा सिंचाई र डिप बोरिङ्ग लगायतका सिंचाईका आधार स्थापना गर्नेतर्फ ध्यान दिन सकेमा ठोक्शिलाबासीले आफ्नो पेटको लागि अरुको मुख ताक्नुपर्ने थिएन । यसो गरियो भने ठोक्शिलावासीले कृषिको क्षेत्रबाट आफूलाई सम्पन्न बनाउन सक्ने प्रशस्त संभावनाहरु देखिन्छन् ।

ठोक्शिलाको सांस्कृतिक विशेषता[सम्पादन गर्ने]

ठोक्शिला विभिद जातजाति, भाषा, धर्म र संस्कृतिको बहुपहिचान बोकेको एउटा उद्गम गाविस हो । यस गाविसमा सबैको आस्थाको धरोहर मठमन्दिरहरु नै हुन् । गाविसमा बहुसंख्यक रुपमा सनातन हिन्दू धर्मालम्वीहरुको बाहूल्यता रहेकाले हरेक वडामा १ भन्दा बढी मन्दिर रहेका छन् । जसमा प्रमुख शिव मन्दिर, गणेश मन्दिर, कृष्ण मन्दिर, विभिन्न देवीहरुको मन्दिर आदि देख्न सकिन्छ । यीसंगै बौद्ध धर्मका केही गुम्वा र क्रिश्चियनका चर्चहरु पनि रहेका छन् । ठोक्शिलामा रहेका मठमन्दिरहरुको उचित संरक्षण भने हुन सकेको देखिदैन । ठोक्शिलाको मठ–मन्दिरबार यसो भन्छन् स्थानीय बुर्जुक..... ठोक्शिलाभरि निकै मठमन्दिरहरु रहेका भएपनि मुख्यरुपमा खुला करमको बोटमुनि ठोक्शिलाको डुम्रिभोटेमा चर्चित माहाङकाली देविको मन्दिर प्रख्यात छ । ऐतिहांसिक धार्मीक तथा सांस्कृतिक पहिचान बोकेको यस मन्दिरमा उदयपुरको बेल्टार,बसाह, तपेश्वरी, बबला मैनामैनीदेखि पुजाआजा तथा दर्शनका लागि दर्शनार्थिको घुइंचो लाग्ने गर्दछ । हरेक वर्षको कात्तिक महिनामा ठूलो मेला समेत लाग्ने गरेको यस मन्दिरमा देवीको दर्शन तथा पूजाका लागि दिनहुँ जसो दर्शनार्थीको भिड लाग्ने गरेको छ भने बैशाख र भदौ पुर्णीमामा अरु बेलाको तुलनामा झन ठूलो घुइँचो लाग्ने गरेको छ । पाडा, परेवा, बोका, राँगा, कुखुरा र हाँस आदिको बली दिईने गरिएको देवीको पूजा तथा दर्शन गर्नाले दुख, कष्ट र संकटबाट मुक्ति पाइने जनविश्वास रहँदै आएको छ । बिक्रम सम्बत २०२३ सालमा सप्तकोशीमा डुंगा चलाउदै गर्दा एक्कासी डुंका अड्किएपछि स्थानीयवासीले गएर हेर्दा देवीको शिर काटिएको मुर्ती पानीमा भेट्टाएको किंवदन्ति रहेको छ । किवदन्ती अनुसार दिदीबहिनीमा जेठी माहाङकाली धनकुटाको छिन्ता गाविसमा रहेकी छिन् भने कान्छी देवीको शिर काटीएको मुर्ती उक्त स्थानमा रहेको छ । यसैगरी देवीको काटिएको शिर सुनसरीको वराहक्षेत्र गाविसको वडा नम्बर १ स्थित छिन्नमस्ता खोलामा छिन्नमस्ता देवीको नामले प्रसिद्ध रहेको छ । त्यस्तै यसै गाविसको हरिपुर वडा नम्बर ७ मा पनि शक्तिपीठको रुपमा राकश्निदेविको मन्दिरलाई महत्वपूर्ण मन्दिर मानिन्छ । स्थानीयहरु आँफुले उत्पादन गरेको वाली सवैभन्दा पहिले यस मन्दिरमा चडाएरमात्र खाने गरेका छन् । लामो समयसम्म खडेरी परेमा मन्दिरमा गई पुजाआजा गर्नाले पानी पर्ने जनविश्वास समेत रहँदै आएको छ भने कुनै अप्ठेरो अवस्था आएमा यस राकश्नि देवीलाई सम्झी भाकल गर्नाले संकट टर्ने विश्वास गरिन्छ । यस मन्दिरको धार्मिक महत्व धेरै रहेको भएपनि उचित संरक्षण, रेखदेख तथा प्रचारप्रसारको अभावमा छायाँमा परेको देखिन्छ जसको कारण मन्दिरको भौतिक संरचनासमेत जिर्ण बन्दै गइरहेको छ । त्यस्तै कटारी ७ मा ठोक्शिला गाविसकै सबैभन्दा ठूलो शीवको पक्कि मन्दिर, कालिखोला ६ मा पनि ऐतिहाँसिक महत्व बोकेको कृष्णको मन्दिर, ९ नम्बर शिकरमाडीमा शीवालय मन्दिर, सेतिखोला १ मा राधाकृष्ण मन्दिर, रामपुर बरगाछीमा शिवजीको जोडि मन्दिर रहेका छन् । त्यस्तै हरेक वडामा .गरी साना ठूला मन्दिर, गुम्बा र चर्चको संख्या दुइदर्जनभन्दा बढि रहेको छ । ऐतिहासिक र धार्मिक महत्व रहेको यस्ता मठमन्दिरहरुको प्रर्याप्त रेखदेख र प्रचार प्रसार गर्न सके त्यसले ठोक्शिलाको धार्मिक संगै आन्तरिक पर्यटनमा निकै बढावा मिल्नुका साथै साँस्कृतिक पहिचानको समेत जर्गेना हुने थियो । यस्ता प्राय उपेक्षित केही मठमन्दिरहरुको संरक्षण र विकास हुन सकिरहेको देखिदैन । यी मठमन्दिर, चर्च, गुम्बा, गडि आदि हाम्रा सांस्कृतिक धरोहर हुन् । यीनको उचित संरक्षण, सम्बद्र्धन र विकास गर्न सकेको खण्डमा ठोक्शिला गाविस आन्तरिक र वाह्य पर्यटकहरुको आकर्षण केन्द्र बन्ने थियो । जसका लागि तिनको उचित संरक्षण , विकास, व्यवस्थापन र प्रचार आवश्यक छ जो ठोक्शिलाबासी कै दायीत्वभित्रको कुरा हो । यसको उपलब्धि सम्पुर्ण ठोक्शिला बासीले नै पाउने छन् ।

राजनीतिक अवस्था[सम्पादन गर्ने]

ठोक्शिला गाविस एक नम्बर इलाका र निर्वांचन क्षेत्र नम्बर एकअन्तर्गत पर्दछ । यस गाविसमा एउटा इलाका प्रहरी कार्यालय रामपुरमा, एउटा अस्थायी प्रहरी चौकी लालबजारमा र एउटा शसस्त्र प्रहरी सुरक्षा वेस क्याम्प डुंडखोलामा रहेका छन् । प्रहरी कार्यालय, स्वास्थ्य चौकि, इलाका कृषि कार्यालय, गाविसलगायतका अधिकांश पूर्वाधारहरु रामपुरमा रहेकाले रामपुरलाई यस गाविसको केन्द्रको रुपमा लिन सकिन्छ । गाविसमा नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओबादी, नेकपा–माओवादीलगायतका राजनीतिक दलहरु अस्तित्वमा छन् । गाविसमा विगत २०५६ साल अगाडिदेखि नै खुल्ला संसदीय राजनीतिक दलहरुको बर्चस्व देखिन्छ । २०५६ सालअघि नेकपा एमालेको लालकिल्ला मानिने यस गाविसमा २०६४ सालयता नेपाली कांग्रेसको प्रभाव राम्रो देखिन्छ । २०५८ सालयता चर्किएको माओवादी शसस्त्र द्धन्द्धका क्रममा २०५९ सालमा रामपुर २ मा रहेको प्रहरी चौकिको भवन तत्कालीन नेकपा माओवादीले जलाएर भष्म गरेको थियो । ठोक्शिलाले तत्कालीन विद्रोही माओबादी र शाही सरकारबीचको शसस्त्र द्धन्द्धका क्रममा झण्डै आधा दर्जनभन्दा बढि सपुत गुमाएको छ । रामपुर ठोक्शिला प्राकृतिकरुपमा सम्पन्न गाविस भएकै कारण यहाँ तिव्र गतिमा बस्ती विस्तार भइ त्रियुगा नगरपालिका पछाडिको हाल जिल्लाकै सबैभन्दा धेरै जनसङ्ख्या भएको गाविसमा गनिएको भएतापनि जनसङ्ख्या र संभावनाअनुसारको विकासबाट भने यस गाविस अडाडि जान सकिरहेको छैन । जिविसले ठोक्शिलालाई नमुना गाविस घोषणा गर्ने निर्णय गरिसकेको भएपनि ठोक्शिलाबासीले आवश्यक पहलकदमी नचालेका कारण घोषणा हुन सकेको छैन, यसका लागि स्थानीय राजनीतिक दल, युवा र जनताको सक्रियता अनिवार्य देखिन्छ । पशु सेवा उपकेन्द्र, स्थानीय शान्ती समिती को कार्यलय, ठोक्शिला स्वास्थ्य सेवा केन्द्र (आदि कार्यलयको नाम क्रमश राख्ने) आदि सरकारि गैर सरकारि सस्थाहरु चाहि अवस्थामा रहेको छ । ठोक्शिलाका ३० प्रतिशतभन्दा बढि नागरिक बैदेशिक रोजगारिको सिलसिलामा बाहिर छन् । बाँकी रहेका अधिकांश कृषि पेशामा निर्भर रहेका छन् भने ठोक्शिलामा विभिन्न घरेलु साना उद्योगहरु जस्तै फर्निचर, बर्फ आदि लघु उद्योग सञ्चालित रहेका छन् । महिलाहरु घरायसी कामबाहेक सिलाई बुनाई आदिदेखि हरेक हप्तामा लाग्ने हाट बजारमा आफूद्वारा उत्पादित वस्तु बेच्ने र आफूलाई चाहिने सामान खरिद गरी ल्याउने गर्दछन् । ठोक्शिलाको यो हाटबजारमा सप्तरी, सुनसरी र भोजपुरसम्मका व्यापारी आई बजार लगाउँछन् ।– ठोक्शिलाका प्रमुख चाडपर्वहरुमा दशैं, तिहार, तीज, संक्रान्ति, चैते दशैं, क्रिस्मस, उधौली उभौली, आदि पर्वहरुरहेकाछन् । रामपुर ठोक्शिला गाविसको वृहत्तर विकास नै यस गाविसमा बस्ने सबै वर्ग र समुदायको विकास हो, यसर्थ ठोक्शिला विकासको लागि हामी सबै मन, वचन र कर्मले लागि पर्नुपर्ने आवश्यकता छ ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

वाह्य लिङ्कहरू[सम्पादन गर्ने]