रामबहादुर थापामगर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


जातीय सङ्गठनमा काम गर्दै वकालत गरिरहेका आदिवासी जनजाति महासङ्घका महासचिव रामबहादुर थापा मगर माओवादीका तर्फबाट समानुपातिक निर्वाचन प्रणालि अन्तरगत संविधान सभा सदस्य बन्नुभएको हो।

२०४९ साल देखि मगर विद्यार्थी सङ्घबाट जातीय सङ्गठनमा काम थालेका थापा मगर विद्यार्थी सङ्घका संस्थापक महासचिव र आदिवासी जनजाति विद्यार्थी महासङ्घका संस्थापक अध्यक्ष पनि हुनुहुन्छ। लामो समयदेखि पत्रिका प्रकाशन तथा वकालत गर्दैआएका थापा उदयपुरको खाँबु -३ कुभिन्डेमा गरीब मगर परिवारमा जन्मनु भएको हो।

काम गर्दै अध्ययन गरेका थापा कानुनमा स्नातक र समाजशास्त्र, राजनीतिशास्त्र र नेपाली साहित्यमा स्नातकोत्तर हुनुहन्छ। लेखनमा समेत संलग्न थापाले समासायिक लेख तथा कथा कविता पनि लेख्नुहुन्छ। केही समय शिक्षण पेशा अँगालेशा थापा उदयपुर क्षेत्र नं १ का मतदाता हुनुहुन्छ।

आदीबासी जनजातिको हितमा संविधान लेखिनु पर्नेमा आफूले जोड दिने मगरले बताउनुभयो।[१] हो।

सन्दर्भ[सम्पादन गर्ने]