रामरति राम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


रामरति राम

सिरहा, पडरिया गाविस निवासी ४२ वर्षीया रामरती राम समानुपातिक तर्फ नेकपा एमालेका सभासद हुनुहुन्छ। वामपन्थी राजनीति मार्फत २०४३ सालदेखि राजनीतिक यात्रा शुरु गरेकी राम २०५४ सालमा पडरिया गाविस सदस्य मनोनित हुनुहुन्थ्यो। हाल उहाँ एमाले सिरहा जिल्ला सदस्य, अखिल नेपाल महिला सङ्घ केन्द्रीय सदस्य तथा भूमि अधिकार मंचका जिल्ला अध्यक्ष हुनुहुन्छ। नगर निर्वाचन बहिष्कारका क्रममा उहाँ एकपटक पक्राउ पर्नुभएको छ। अदिवासी, जनजाति, दलितको राज्यका सबै अंगमा प्रतिनिधित्व भएपछि मात्र देश विकासको बाटोमा अघि बढ्न सक्ने उहाँको मान्यता छ। औपचारिक शिक्षा प्राप्‍त गर्ने अवसर नपाएकी राम तीन छोरा, एक छोरीकी आमा हुनुहुन्छ। समाजसेवामा उहाँलाई रुचि छ र व्यक्तिगत तवरमा तथा विभिन्न सामाजिक संघसंस्था मार्फत सामाजिक कार्यमा सक्रिय रहँदै आउनुभएको छ। परम्परागत रूपमा कृषि पेशामा अबद्ध राम लामो राजनीतिक सक्रियता र जनतासँगको निकट संपर्कका कारण पार्टीले आफूलाई संविधानसभामा पुर्‍याएको ठान्नुहुन्छ। संविधानसभामा उहाँले उठाउन चाहेका दुई प्रमुख मुद्दा हुन्― क. आदिवासी, दलित, जनजातिलाई राज्यका सबै अंगमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था गर्ने, ख. बेरोजगारी समस्या समाधान गर्ने। [१]

सन्दर्भ[सम्पादन गर्ने]