रामवदन जोशी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

रामवदन जोशी सामाजिक क्षेत्रमा कार्यरत अग्रज महिला हुनुहुन्छ । उहाँलाई नेपाल स्काउटको माथिल्लो स्तरमा पुग्ने एकमात्र महिलाका रूपमा चिनिन्छ । शिशुको सुरुवाती विकास (इसिडि) मा पनि उहाँ तालिम लिन विदेश इजरायल जाने पहिलो महिला हुनुहुन्छ । उहाँ विभिन्न सामाजिक संस्थामा रहेर काम गर्दै आउनुभएको छ । रामवदनको जन्म १९९५ साल वैशाखमा नःगलमा भएको हो । उहाँका पिता चन्द्रनाथ र माता गौरीमैयाँ (गुरुमा) हुनुहुन्थ्यो । एक दाजु, एक भाइ र उहाँ जन्मनुभएको हो । उहाँ संस्कृतिविद् सत्यमोहन जोशीकी भाइ-बुहारी हुनुहुन्छ ।

विभिन्न क्षेत्रका सक्रिय भई लागेकाले उहाँले धेरै पुरस्कार र सम्मान पाउनुभएको छ । उहाँले केन्या, कोरिया, जापान, इरान, पाकिस्तान, न्यूजिल्याण्ड, इजरायल, अमेरिका, सिंगापुर, फिलिपिन्स, बङ्गलादेश, अस्ट्रेलिया, मलेसिया, हङकङ, बेलायतको भ्रमण गर्नुभएको छ ।