सामग्रीमा जानुहोस्

राम सहाय यादव

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(रामसहाय प्रसाद यादवबाट अनुप्रेषित)
रामसहाय प्रसाद यादव
आधिकारिक चित्र
नेपालको तेस्रो उपराष्ट्रपति
राष्ट्रपतिरामचन्द्र पौडेल
पूर्वाधिकारीनन्दकिशोर पुन
वन तथा वातावरण मन्त्री
राष्ट्रपतिविद्यादेवी भण्डारी
निर्वाचन क्षेत्रबारा २
प्रतिनिधि सभा सदस्य
पूर्वाधिकारीरामचन्द्र यादव
व्यक्तिगत विवरण
जन्म (1970-07-24) २४ जुलाई १९७० (उमेर ५६)[१]
दलजनता समाजवादी पार्टी
दम्पतीचम्पा देवी यादव[२]

रामसहाय प्रसाद यादव अभिलेखिकरण २०२३-०६-१२ वेब्याक मेसिन[३][४][५] (Ram Sahaya Prasad Yadav[६] [७]) (जन्म: २०२७ साउन ९) एक नेपाली राजनीतिज्ञ, पूर्व वन तथा वातावरण मन्त्री तथा वर्तमान समयमा नेपालको तेस्रो निर्वाचित उपराष्ट्रपति हुन्।[८] वि.सं. २०७९ चैत्र ३ मा भएको उपराष्ट्रपतिय निर्वाचनमा उनी विजयी भएका थिए।[९]

तत्कालिन मधेशी जनअधिकार फोरमको सामानुपातिक सूचीबाट उनी पहिलो संविधान सभा सदस्य भएका थिए भने वि.सं. २०७४ र २०७९ मा भएको प्रतिनिधि सभा निर्वाचनमा बारा २ बाट निर्वाचित भएर सङ्घीय संसदको सदस्य भएका थिए।[१०][२]

राजनीतिक करियर

[सम्पादन]

यादवले वि.सं. २०४७ सालमा नेपाल सद्भावना पार्टीमा प्रवेश गरेर आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए। पछि उनी मधेसी जनअधिकार फोरमको संस्थापक महासचिव भएका थिए। उनी वि.सं. २०६३-६४ को पहिलो मधेस आन्दोलनमा संलग्न थिए। उनी वि.सं. २०६४ मा उनी पहिलो संविधान सभामा निर्वाचित भएका थिए।[११][२]

यादव शेरबहादुर देउवाको मन्त्रिपरिषद्मा वन तथा वातावरण मन्त्रीको रूपमा काम गरेका थिए।[१२]

सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद[१३][१४] यादव: संक्षिप्त जीवनी[१५]

[सम्पादन]

पारिवारिक परिचय

[सम्पादन]
  • नाम :      रामसहाय प्रसाद यादव अभिलेखिकरण २०२३-०६-०४ वेब्याक मेसिन[१६][१७] ।
  • जन्म मिति: वि.सं. २०२७ साउन ९ गते ।
  • जन्म स्थान: जिल्ला बारा, साबिक गाउँ विकास समिति कचोर्वा वार्ड नं. ८, टोल: बसवरिया । हाल: जिल्ला बारा, सिम्रौनगढ नगरपालिका वार्ड नं. ९, बसवरिया ।
  • माता:    सिहवा देवी यादव[१८] ।
  • पिता: प्रसाद राय यादव।
  • पत्नी: चम्पा देवी यादव ।
  • दाजू: रामधारी प्रसाद यादव ।
  • दिदी: राधिका देवी यादव, राजकली देवी यादव ।
  • बहिनी:  रुकमिला देवी यादव ।
  • छोरा: शत्रुधन यादव, शशि भूषण यादव ।
  • छोरी: सञ्जु यादव  ।

शिक्षा:

[सम्पादन]
 बाराको बसवरियास्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयबाट प्रारम्भिक शिक्षा र कचोर्बास्थित श्री जनता निम्न माध्यमिक विद्यालयबाट निमावि तहको शिक्षा । बारा सिम्रौनगढस्थित श्री कंकाली माध्यमिक विद्यालयबाट २०४३ मा प्रवेशिका परीक्षा उत्तीर्ण । बिहार इन्टरमिडियट शिक्षा परिषद् पटना (भारत) बाट सन् १९९० मा विज्ञान/गणित विषयमा प्रविणता प्रमाणपत्र तह (आईएस्सी) उत्तीर्ण । बिहार मुजफ्फरपुरस्थित डा. बाबासाहेब भिमराव अम्वेडकर विश्वविद्यालय अन्तर्गत सीतामढी स्थित एसएलके महाविद्यालयबाट सन् १९९०/९३ मा स्नातक (बीएस्सी) उत्तीर्ण । त्रिभुवन विश्वविद्यालय अन्तर्गत वीरगंजस्थित ठाकुरराम बहुमुखी क्याम्पसबाट वि.सं. २०५५ मा शिक्षा शास्त्र (गणित) मा स्नातक (बीएड) उत्तीर्ण ।

पेशा:

[सम्पादन]
बारा कलैयास्थित पन्नादेवी कन्या माध्यमिक विद्यालयमा वि.सं. २०४८–२०६४ सम्म शिक्षण पेशामा आवद्ध ।

अध्यक्ष:

[सम्पादन]
वि.सं. २०४६–२०५२ सम्म सरस्वती नवयुवक क्लबका अध्यक्ष भई नेतृत्वदायी भूमिका निर्वाह ।

राजनीतिमा प्रवेश र सगंठन :

[सम्पादन]

आन्दोलन:

[सम्पादन]

संघर्ष:

[सम्पादन]

चुनाव:

[सम्पादन]
वि.सं. २०७८ मा वन तथा वातावरण मन्त्री ।

उपराष्ट्रपति[१९]:

[सम्पादन]
वि.सं. २०७९ फागुन २७ गते जनता समाजवादी पार्टीका तर्फबाट उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता । वि.सं. २०७९ चैत ३ गते उपराष्ट्रपतिमा विजयी । वि.सं. २०७९ चैत ६ गते उपराष्ट्रपतिको रुपमा पद तथा गोपनीयताको शपथग्रहण ।  

रुचि:

[सम्पादन]
 समाज सेवा, पत्रपत्रिका पढ्ने, खेलकूद, संगीत, नयाँ–नयाँ ठाउँको अवलोकन भ्रमण ।

विदेश भ्रमण र प्रतिनिधि मण्डलमा सहभागिता

[सम्पादन]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ संघीय संसद सदस्य, २०७४ परिचयात्मक पुस्तिका [Federal Parliament Members 2017 Introduction Booklet] (नेपालीमा), Nepal: Federal Parliament Secretariat, २०२१, पृ: 270।
  2. 1 2 3 काठमाडौँ, नागरिक, "को हुन् नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादव?", नागरिक समाचार (नेपालीमा), अन्तिम पहुँच २०२३-०३-१९।
  3. ↑ "स्वागतम् | उपराष्ट्रपतिको कार्यालय", vpn.gov.np, मूलबाट २०२३-०६-१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२३-०६-१२।
  4. ↑ "नेपालको तेश्रो उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित, यस्तो छ विगत", Nepal Tube Australia (en-USमा), अन्तिम पहुँच २०२३-०६-०४।
  5. ↑ Raut, Kumar (२०२३-०३-१८), "यादव तेस्रो उपराष्ट्रपति : RajdhaniDaily.com", राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more... (ne-NPमा), अन्तिम पहुँच २०२३-०६-०४।
  6. ↑ Service, Himalayan News (२०२३-०३-१८), "Ram Sahay Prasad Yadav elected vice-president", The Himalayan Times (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०६-०४।
  7. ↑ "A science teacher in Panna Devi School turns Vice-President after a long political journey", GorakhaPatra, अन्तिम पहुँच २०२३-०६-०४।
  8. ↑ डुम्रे, लिलु, "उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२३-०३-१९।
  9. ↑ "उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित", नयाँ पत्रिका (नेपालीमा), मूलबाट २०२३-०३-१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२३-०३-१९।
  10. ↑ "बारा २ बाट जसपाका रामसहाय प्रसाद यादव निर्वाचित", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२३-०३-१९।
  11. ↑ खतिवडा, वसन्त, "रामसहाय यादव : भैँसीगाेठदेखि बहादुरभवनसम्म", नयाँ पत्रिका (नेपालीमा), मूलबाट २०२३-०३-१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२३-०३-१९।
  12. ↑ यादव, एसके, "वनमन्त्री रामसहायको जीवन कथा : भैँसी गोठदेखि सिंहदरबारसम्म", रातोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२३-०३-१९।
  13. ↑ "स्वागतम् | उपराष्ट्रपतिको कार्यालय", vpn.gov.np, मूलबाट २०२३-०६-१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२३-०६-१२।
  14. ↑ Service, Himalayan News (२०२३-०३-१८), "Ram Sahay Prasad Yadav elected vice-president", The Himalayan Times (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०६-०४।
  15. ↑ "रामसहाय प्रसाद यादव : विद्यालयको शिक्षकदेखि उपराष्ट्रपतिसम्म", www.ratopati.com (Nepaliमा), अन्तिम पहुँच २०२३-०६-०४।
  16. ↑ "उपराष्ट्रपति पदको अन्तिम नामावली प्रकाशन : चारै जनाको उम्मेदवारी कायम", GorakhaPatra, अन्तिम पहुँच २०२३-०६-०४।
  17. ↑ Service, Himalayan News (२०२३-०३-१८), "Ram Sahay Prasad Yadav elected vice-president", The Himalayan Times (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०६-०४।
  18. ↑ "उपराष्ट्रपति पदको अन्तिम नामावली प्रकाशन : चारै जनाको उम्मेदवारी कायम", GorakhaPatra, अन्तिम पहुँच २०२३-०६-०४।
  19. ↑ काठमाडौँ, नागरिक, "को हुन् नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादव?", nagariknews.nagariknetwork.com (नेपालीमा), अन्तिम पहुँच २०२३-०६-०४।