रामेश्वर श्रेष्ठ
रामेश (वास्तविक नाम रामेश्वर श्रेष्ठ) नेपाली संगीतकार तथा गायक हुन् ।
प्रारम्भिक जीवन
[सम्पादन गर्नुहोस्]रामेश्वर श्रेष्ठको जन्म आमा शिवलक्ष्मी श्रेष्ठ र बाबु कर्णबहादुर श्रेष्ठको कोखमा विक्रम सम्वत २००१ साल असार ८ गते पाल्पाको तानसेनमा भएको थियो। उनका पिता माल अड्डाका हाकिम भएका कारण बाबुसँगै यिनी देशका विभिन्न ठाउँमा पुगेका थिए। [१]
विक्रम सम्वत २०१९ सालमा रेडियो नेपालमा राष्ट्रव्यापी लोकगीत प्रतियोगितामा भाग लिई संगीत क्षेत्रमा देखा परेका थिए। उनी केही समय रेडियो नेपालको जागिर खाएर ओखलढुंगा र खोटाङका विद्यालयमा पढाएका थिए।
नेपाली संगीत क्षेत्रमा पहिले राल्फा समुह बनाएर काम गरेका रामेश पछि राल्फा छोडेर आस्था समुह खोलेका थिए। [२] गीत संगीतबाट चेतना फैलाउने उद्धेश्यले राल्फा समुह खोलिएको थियो। यसमा गीतकार तथा कवि मञ्जुल, लेखक तथा गायक गणेश रसिक लगायतको सहभागिता थियो। [३]
गीत
[सम्पादन गर्नुहोस्]उनले सयौं जागरण गीतहरू गाएका छन्।[४] रामेशका गीतमा जागरणका स्वरको प्रधानता पाइन्छ ।
- गाउँ गाउँबाट उठ
- आऊ मिलाऊँ हाम्रा हातहरू
- सुनको बिहान
- गाई त बाँध्यौ ढुंग्रोमा मोही छैन
- कोही त भने जहाजमा हरर
उनको गायनयात्रा समेटेर नामक बृत्तचित्र बनाइएको छ । [५] [६]
उनले चलचित्र बलिदान को पटकथा संवाद लेखेका थिए। त्यस चलचित्रको संगीत र पार्श्व गायन समेत गरेका थिए। [७]
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ गणेश रसिक (९ मार्च २०१९), "कोसीछेउ उभेको जोर सिमल", कान्तिपुर कोशेली।
- ↑ गणेश रसिक (९ मार्च २०१९), "कोसीछेउ उभेको जोर सिमल", कान्तिपुर कोशेली।
- ↑ "जनता रहुन्जेल गीत रहन्छ", कान्तिपुर दैनिक, जेष्ठ १३, २०७५।
- ↑ श्रेष्ठ, डम्बरकृष्ण (२५ कार्तिक २०७४), "एक जुगका गायक रामेश", अन्नपूर्ण पोष्ट।
- ↑ "गायक रामेशको यात्रा समेटिएको वृत्तचित्र", हिमाल खबर, बैशाख ३०, २०७३।
- ↑ "‘डढेलो भित्रका सतिसाल’मा गायक रामेश", बैशाख ३०, २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१६-०५-१३ मिति
- ↑ "‘डढेलो भित्रका सतिसाल’मा गायक रामेश", बैशाख ३०, २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१६-०५-१३ मिति