राम कुमारी देवी यादव

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
यो लेख हिन्दीबाट नेपालीमा अनुवाद गरिएको हो, यसमा कतिपय त्रुटिहरु छन् जसलाई तपाईं सुधार गर्न सक्नु हुन्छ। 

धनुषा -६ बाट माओवादीको तर्फबाट सभासद् चुनिनुभएकी रामकुमारी यादव 'शिला' तराई क्षेत्रमा 'माड्साब' नामले चिनिने तात्कालीन नेकपा एकताकेन्द्रका केन्द्रीय सदस्य रामवृक्ष यादवपत्नी हुनुहुन्छ। यादव ०५१मा उहाँको घर बर्मझया छेवैमा मारिएको थियो। अनेमसंघ क्रान्तिकारी र माओवादी केन्द्रीय सदस्य रहनुभएकी थिईन । आफ्नै डेरामा ग्यास सिलिंडर पड्किएर उहाँको निधन भएको हो । नेपाल मा पहिलो चोटी एयर एंबुलेंस यादव कै लागी ल्याईएको थियो ।

अन्तरिम व्यवस्थापिकामा रहनुभएकी ०३० देखि नै राजनीतिमा साइत गरे पनि आफ्ना श्रीमान्को हत्या भएको दुई वर्षपछि (०५३) मात्र माओवादीमा पूर्णकालीन हुनुभएको थियो। उहाँका एक छोरा शेखर र कान्छी छोरीको लोग्ने दुवैजान जनयुद्धमा मारिएका छन्। उहाँका परिवारका सबै सदस्य माओवादीमा पूर्णकालीन छन्। 

१० वर्षको उमेरमै बिहे गर्नुभएकी ५७ वर्षीया यादवका ४ छोरी छन्। एक छोरा जनयुद्धमा मारिइसकेका छन्। उहाँकी जेठी छोरी बोधमाया यादव सिरहा ३ बाट संविधानसभामा प्रत्यासी हुनुहुन्थ्यो।

नेपालका पीडित जाति र महिलाको पक्षमा कानुन बनाउने नै मूल एजेण्डा रहेको बताउने यादव तराईकी इमान्दर र मधेसी महिला भनेर आफूलाई जनताले विश्वास गरेर जिताएको दाबी गर्नुहुन्छ। [१]

सन्दर्भ[सम्पादन गर्ने]