राम प्रित पासवान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
यो लेख हिन्दीबाट नेपालीमा अनुवाद गरिएको हो, यसमा कतिपय त्रुटिहरु छन् जसलाई तपाईं सुधार गर्न सक्नु हुन्छ। 

राम प्रित पासवान

तत्कालिन राष्ट्रिय सभाका पूर्व उपाध्यक्ष रामपृत पासवान मधेसी दलित वर्गबाट संविधान सभाषदमा नेकपा एमालेको तर्फाट विजयी हुनुभएको हो। जाति, भाषा, धर्मका हिसाबले पछाडि पारिएका वर्गको उत्थानको लागि काम गरेको हुनाले नै जनताको माग अनुसार संविधान सभा सदस्यमा निर्वाचित भएको पासवानले बताउनुभयो। २०२८ सालमा नेपाली काग्रेसको विद्यार्थी राजनीतिबाट राजनीति थालनी गरेका पासवान त्यस्को एक वर्षपछि नै कम्युनिस्ट पार्टीले विद्यार्थी सङ्गठन प्रवेश गर्नुभएको थियो। २४ वर्षम्म शिक्षण पेशामा रहेका पासवानले उदयपुर जिल्लाका विभिन्न विद्यालयमा अध्यापन गर्नुभएको थियो।

बाबु शेवलाल पासवान आमा भगीया देवी पासवानका छोरा रामपृतका एक श्रीमती एक छोरा र एक छोरी छन्। राजीतिक दर्शन साहित्यका पुस्तकहरू पढ्ने , संगीत सुन्ने र गीत गाउने पासवानले प्राचिन राजा सलहेस र हारनको फुल नामक पुस्तक लेख्नुभएको छ। उहा"को मैथली र थारु दुबै भाषा मातृभाषाको रूपमा विकास गर्नुभएको हो।

२०५६ सालमा सप्तरीको ५मा एमाले तर्फाट प्रतिनिधि सभा निर्वाचनमा भाग लिए पनि पराजित भएका पासवान २०५८ सालमा राष्ट्रिय सभा सदस्य र तत्कालै उपाध्यक्ष निर्वाचित हुनुभएको थियो। संविधान सभा बैठकमा जनताको जीवनस्तर उठाउन , शिक्षा, स्वास्थ्य , रोजगार जस्ता विषयलाई संवैधानिक ग्यारेन्टीको रूपमा राख्न आफ्नो तर्फाट पहल गर्ने पासवानले बताउनुभयो।[१]

सन्दर्भ[सम्पादन गर्नुहोस्]