राम बहादुर थापा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

राम बहादुर थापा नेपालका बाम राजनीतिज्ञ तथा वर्तमान गृहमन्त्री हुन्। नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका यिनी पार्टी एकीकरण पछि नेकपाका केन्द्रीय सदस्य हुन्।

चितवन -२बाट प्रतिनिधित्व गर्ने माओवादी सभासद् रामबहादुर थापा 'वादल' माओवादी सचिवालय सदस्य एवं माओवादीमा सैन्य कौशलका सबैभन्दा प्रख्यात व्यक्तित्व हुनुहुन्छ। ५३ वर्षीय वादल गुल्मीको बडागाउँमा जन्मनुभएको थियो। भारतीय लाहुरे कर्णबहादुर थापा र नन्दकुमारी थापाका छोरा थापाका इन्जिनिर पढ्न तात्कालीन सोभियत युनियन जानुभएको थियो। नेपालबाट आइएस्सी एजी गरेर जानुभएका थापा नेपालमा जनवादी क्रान्ति सपना उनेर बीचमै छाडेर आउनुभयो र लगत्तै भूमिगत राजनीतिमा होमिनुभयो। ०३७ देखि राजनीतिमा होमिनुभएका थापा त्यसपछि उहाँ लगातार ०६३ साल सम्म भूमिगत राजनीतिक जीवन बिताउनुभयो। माओवादी सरकार वार्ता टोलीको सदस्यको रूपमा दोस्रो वार्तामा उहाँ सार्वजनिक हुनुभएको थियो। त्यसबेला वादल नै सबैभन्दा आकर्षण केन्द्र बन्नुभयो। जो अहिले पनि बाँकी नै छ। उहाँ ०३८ देखि ०३९ सम्म वन्दी जीवन बिताउनुभयो।

उहाँ राजनीतिमा प्रवेश गरेको केही समयपछि नै उहाँ पार्टीको केन्द्रमा रही आउनुभएको छ। उहाँले जनयुद्धको तयारीको क्रममा रोल्पामा लामो समयसम्म मात्र बस्नुभएन जनयुद्ध थालनीका समयमा त्यसलाई हाँक्नु पनि भयो। रोल्पा रुकुम मात्र होइन पूर्वी नेपाल, पश्चिम नेपाल वा जहाँ पनि वादल कार्यकर्तामाझ सबैभन्दा लोकप्रिय हुनुहुन्छ। कार्यकर्ताका अनुसार उहाँ कार्यकर्तालाई प्रशिक्षण कौशल र भाषणमा पनि पहिलो रोजाइ हुनुहुन्छ। उहाँ एक मात्र नेता हुनुहुन्छ जो पार्टीको पोलिटब्युरो सदस्यबाट साधारण सदस्यमा झरी पुनः पोलिटब्युरोमा पुग्नुभयो। जनयुद्ध थालनी गर्दा मनाङबाट बन्दूक लिनेदेखि जनयुद्ध थालनीको पहिलो होलेरी रेडमा समेत उहाँले प्रशिक्षण दिएर पठाउनुभएको थियो। लामो समयसम्म बसेका कारणले र जनतासँग घुलमिल हुनसक्ने विशिष्ट कारणले पनि होला, रोल्पाका गाउँबस्तीमा अझै पनि बादलको कुनै न कुनै कोण चर्चा परिचर्चा हुन्छ। विशेषगरी भूमिगत जीवन बिताइरहेका माओवादी नेता देखि कार्यकर्तासम्म प्रशिक्षण र बोल्ने कुरामा बादलकै नक्कल गर्ने परम्परा लामो समयसम्म चल्यो।

भरतपुर नगरपालिका १० नारायणटारमा स्थायीमा उहाँका परिवार बस्नुहुन्छ। उहाँका १ छोरा र १ छोरी भने उहाँकी श्रीमती नैनकला थापा महिला आयोगकी अध्यक्ष हुनुहुन्छ। श्रीमती थापा लामो समयसम्म शिक्षण पेशामा हुनुहुन्थ्यो। नेपालको राजनीतिक इतिहासमा मगर जातिबाट मुलुकको सबैभन्दा ठूलो दलको मुख्य नेतृत्वमा पुग्ने पहिलो मगर नेता हुनुहुन्छ।

माओवादीले सविधानमा लेख्न उठाएका जनमुखी मुद्दा नै आफूले संविधानमा लेखाउने मुद्दा भएको बताउदै आफ्ना व्यक्तिगत कुनै मुद्दा नभएको बताउनुहुन्छ। जिन्दगीका सबै खुसी जनता र पार्टीको नाउँमा चढाएको उम्मेदवार भए पनि माओवादीको जनमुखी नीति, कार्यक्रम र सविधानसभा र नै माओवादीको मुद्दा भएकाले आफूलाई जनताले जिताएको थापाको कथन छ।[१]

सन्दर्भ[सम्पादन गर्ने]