राष्ट्रमण्ड खेल
आदर्श वाक्य | मानवता – समानता – नियति |
---|---|
गठन | १९३० |
प्रधान कार्यालय | बेलायत |
सेवा क्षेत्र | राष्ट्रमण्ड देशहरू |
सदस्यता | ७९ सदस्य राष्ट्र |
वेबसाइट | www |
राष्ट्रमण्ड खेल पहिलोपटक सन् १९३० मा भयो । यो प्रतिसपधर्मा प्रत्येक चार वर्षमा हुन्छ । बेलायतका पूर्वउपनिवेश राष्ट्रबीच हुने यो प्रतिस्पर्धालाई स्न १९३० देखि सन् १९५० सम्म ब्रिटिश एम्पाएर गेम्स (British Empire Games) का नामले खेलियो । सन् १९५४ देखि सन् १९६६ सम्म ब्रिटिश एम्पाएर एण्ड कमन्वेल्थ गेम्स (British Empire and Commonwealth Games) नाम रह्यो । सन् १९७० र १९७४ ब्रटिश कमन्वेल्थ गेम्स (British Commonwealth Games) नाम रह्यो । सन् १९७५ देखि सन् १९९८ कमन्वेल्थ गेम्स रह्यो । सन् २००१ मा कमन्वेल्थ गेम्स फेडेरेसन् (Commonwealth Games Federation) स्थापना भएपछि यसैअन्तर्गत खेल भइरहेको छ । सन् २०१४ को बीससौँ राष्ट्रमण्ड खेल बेलायतको ग्लासगो शहरमा भयो ।
यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- The Story of Common Wealth Games
- History of the Commonwealth Games वेब्याक मेसिन अभिलेखिकरण २०१४-०६-०३ मिति
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

विकिमिडिया कमन्समा राष्ट्रमण्ड खेल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।