राष्ट्रिय दलित आयोग (नेपाल)
| / / | |
| निकाय विवरण | |
|---|---|
| गठन | विक्रम सम्वत २०५८ |
| अधिकार क्षेत्र | नेपाल सरकार |
| प्रधान कार्यालय | कुपण्डोल, ललितपुर, नेपाल |
| निकाय कार्यकारी |
|
| वेबसाइट | https://www.ndc.gov.np/ |
राष्ट्रिय दलित आयोग नेपालमा दलित समुदायको मानवअधिकार संरक्षण र सशक्तिकरणका लागि कार्य गर्ने संस्थाको रूपमा रहेको छ। यस आयोगको स्थापना विक्रम सम्बत २०५८ सालमा भएको थियो । यस आयोगले दलित समुदायका हकहितका विभिन्न पक्षहरूमा कार्य गर्दै आएको हो। नेपालको संविधान जारी हुँदा यसले संवैधानिक निकायको हैसियत प्राप्त गरेको छ, जसले यसलाई थप अधिकार र जिम्मेवारी प्रदान गरेको छ।
नेपालको संविधानको धारा २५५ ले आयोगको गठन, काम, कर्तव्य, र अधिकारको स्पष्ट व्यवस्था गरेको छ। आयोगमा एक अध्यक्ष र अन्य चार जना सदस्य रहने प्रावधान छ। यसका प्रमुख जिम्मेवारीहरूमा दलित समुदायको समग्र स्थितिको अध्ययन, अन्वेषण, र नीतिगत, कानूनी, तथा संस्थागत सुधारका विषयमा नेपाल सरकारलाई सिफारिस गर्नु पर्दछ।
आयोगको संरचना
[सम्पादन गर्नुहोस्]संविधानमा व्यवस्था भए बमोजिम आयोगमा एक अध्यक्ष र अन्य चार जना सदस्य रहने प्रावधान रहेको छ। राष्ट्रपतिले संवैधानिक परिषदको सिफारिसमा राष्ट्रिय दलित आयोगका अध्यक्ष र सदस्यको नियुक्ति हुने एवं अध्यक्ष तथा सदस्यको पदावधि नियुक्ति भएको मितिले ६ वर्षको हुने व्यवस्था रहेको छ।
| क्र.सं. | पदाधिकारीको नाम | पद |
|---|---|---|
| १ | देवराज विश्वकर्मा | अध्यक्ष |
| २ | मीना देवी सोव | सदस्य (कार्य क्षेत्र - सुदुरपश्चिम प्रदेश) |
| ३ | टुन्जे कामी (बराइली) | सदस्य (कार्य क्षेत्र - काेशी प्रदेश र मधेश प्रदेश) |
| ४ | मेहले पार्की | सदस्य (कार्य क्षेत्र - लुम्बिनी प्रदेश र कर्णाली प्रदेश) |
| ५ | सुन्दर पुर्कुटी | सदस्य एवम् प्रवक्ता (कार्य क्षेत्र- बागमती प्रदेश र गण्डकी प्रदेश) |
