सामग्रीमा जानुहोस्

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)
अध्यक्षपशुपति शमशेर राणा
प्रकाशचन्द्र लोहनी
स्थापना२०७४ साउन २२
विघटन२०७६ फागुन २९
टुक्रिएकोराष्ट्रिय प्रजातन्त्र पार्टी
विलयराष्ट्रिय प्रजातन्त्र पार्टी
प्रमुख कार्यालयचारुमति बिहार, चाबहिल, काठमाडौँ
विचारधारापुरातनवाद
हिन्दु राष्ट्रवाद
राजतन्त्रवाद
राजनीतिक स्थानदक्षिणपन्थी राजनीति
निर्वाचन चिह्न

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) वा संक्षिप्त रूपमा राप्रपा (संयुक्त) नेपालको एक राजनीतिक दल थियो। पशुपति शमशेर जङ्गबहादुर राणाले २०७४ साउन २२ गते राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विभाजन भई राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) गठन गरेका थिए।[][] २०७५ माघ १७ मा, यो एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) सँग एकीकरण भएर राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बनेको थियो जुन प्रकाशचन्द्र लोहनी नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीको अर्को विभाजित समूह हो।[]

दलको अध्यक्ष पशुपति शमशेर राणा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापासँग सरकारमा जाने विषयमा असहमति भएपछि पशुपति शमशेर राणाले राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) गठन गरेका थिए।[][] राष्ट्रिय प्रजातन्त्र पार्टीबाट व्यवस्थापिका संसद १८ जना सदस्य सहित यो पार्टी गठन भएको थियो।[] २०७४ भदौ ६ मा संविधान संशोधन विधेयक माथिको मतदानमा पार्टी अनुपस्थित भएको थियो। []

२०७४ भदौ २५ मा, शेरबहादुर देउवा नेतृत्वको सरकारमा पार्टी सहभागी भएको थियो।[] दीपक बोहोरा, विक्रम पाण्डे र सुनिलबहादुर थापा मन्त्री बनेका थिए।[] संसदीय दलको नेतामा दीपक बोहरा निर्वाचित भएका छन्। २०७४ असोज १ मा थप दुई जना मन्त्रीलाई मन्त्रिमण्डलमा सामेल गरिएको थियो।[१०]

विलय र विघटन

[सम्पादन गर्नुहोस्]

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी)नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले गरेको चुनावी गठबन्धनको प्रत्युत्तरमा पार्टीले नेपाली काङ्ग्रेसराष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावी गठबन्धन गरेको थियो।[११] प्रतिनिधि सभाप्रदेश सभा निर्वाचन, २०७४मा पार्टीले प्रतिनिधि सभाको कुनै पनि सिट जित्न सकेन। बागमती प्रदेश सभामा भने पार्टीले समानुपातिकतर्फ एक सिट पनि जितेको थियो।[१२] यो पार्टी २०७६ फागुन २९ गते राष्ट्रिय प्रजातन्त्र पार्टीमा विलय भएको थियो।[१३]

चुनावी प्रदर्शन

[सम्पादन गर्नुहोस्]
निर्वाचन नेता मत सिट स्थान गठित सरकार
क्रम सङ्ख्या % क्रम सङ्ख्या +/-
२०७४ पशुपति शमशेर राणा ८८,३७७ ०.९३
० / २७५
आठौँ प्रतिपक्ष

प्रदेश सभामा उपस्थिति

[सम्पादन गर्नुहोस्]
प्रदेश सिट निर्वाचन
बागमती प्रदेश सभा
१ / ११०
२०७४

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "RPP splits; Pashupati Shamsher Rana forms RPP-Prajatantrik", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०४-२१ 
  2. "Rastriya Prajatantra Party splits, again" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०४-२१ 
  3. "Rana, Lohani to announce new party on Friday – OnlineKhabar" (अङ्ग्रेजीमा), ३१ जनवरी २०१९, अन्तिम पहुँच २०१९-०५-२९ 
  4. "Rana splits RPP to form new party" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०४-२१ 
  5. "RPP formally splits", The Himalayan Times (अङ्ग्रेजीमा), २०१७-०८-०७, अन्तिम पहुँच २०१८-०४-२१ 
  6. "Deuba to induct 3 more ministers, cabinet to become biggest ever" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०४-२१ 
  7. "Constitution amendment bill fails in Parliament" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०४-२१ 
  8. "PM Deuba expands Cabinet, 3 ministers sworn in" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०४-२१ 
  9. "Bohara elected PP leader of RPP (Prajatantrik)" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०४-२१ 
  10. "Deuba Cabinet to induct 2 more ministers from RPP (P)" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०४-२१ 
  11. "NC to contest 120 parliamentary seats in second round of polls", The Himalayan Times (अङ्ग्रेजीमा), २०१७-११-०३, अन्तिम पहुँच २०१८-०४-२१ 
  12. "Provincial PR seat allocation to parties complete", The Himalayan Times (अङ्ग्रेजीमा), २०१७-१२-२२, अन्तिम पहुँच २०१८-०४-२१ 
  13. "Three chairs of RPP promise not to split again at merger meeting", अनलाइन खबर, १२ मार्च २०२०, अन्तिम पहुँच २ मे २०२०