राष्ट्रिय सहकारी नियमन प्राधिकरण
स्वरूप
| सरकारी कार्यलय विवरण | |
|---|---|
| प्रधान कार्यालय | पुल्चोक, ललितपुर, नेपाल |
| वेबसाइट | ncra |
राष्ट्रिय सहकारी नियमन प्राधिकरणको स्थापना सहकारी क्षेत्रलाई व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउने उद्देश्यका साथ वि.सं. २०८१ मा गरिएको थियो। संघ, प्रदेश र स्थानीय तहको कार्यक्षेत्रभित्र बचत तथा ऋणलाई मुख्य कारोबारका रूपमा सञ्चालन गर्ने सहकारी संस्थाको नियमन, अनुगमन र सुपरीवेक्षण गर्ने प्रमुख जिम्मेवारी यस प्राधिकरणलाई दिइएको छ। प्राधिकरणको केन्द्रीय कार्यालय हरिहरभवन, ललितपुरमा अवस्थित छ। संगठनात्मक संरचनाअन्तर्गत प्राधिकरणमा एक अध्यक्षसहित चार सदस्य रहने व्यवस्था गरिएको छ।