सामग्रीमा जानुहोस्

राहु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
राहु
दिशाओं का स्वामी और सूर्य और चंद्रमा के ग्रहण का कारण
राहु अपनी पत्नी कराली के साथ
संबद्धग्रह, असुर, देव
वासस्थानराहु लोक, नक्षत्र लोक
मन्त्रॐ भ्रां भ्रीं भ्रौं सः राहवे नमः॥
हतियारभाला, ढाल, धनुष तीर और वर मुद्रा
पत्नीकराली
बहानसिंह/कुकुर
पितावप्रीचिति

राहु (प्रतीक: ) हिन्दू ज्योतिषशास्त्रको अनुसार, नवग्रहहरू मध्ये एक र उल्काहरूको राजा हो।[]

यो राक्षस स्वरभानुको काटिएको टाउको हो, जसले ग्रहणको समयमा सूर्यचन्द्रमालाई छेक्छ। यसलाई कलात्मक रूपमा टाउको नभएको सर्पको रुपमा चित्रण गरिन्छ। राहुलाई आठ श्याम वर्णको कुकुरले तान्ने रथमा सवार भएको देखाइने गरिन्छ।

वैदिक ज्योतिषशास्त्रका अनुसार, राहु नवग्रहहरू मध्ये एक हो। दिनमा राहुकाल भनिने मुहूर्त (२४ मिनेट) को अवधि हुन्छ जुन अशुभ मानिन्छ।

समुद्र मन्थनको समय स्वरभानु नामक एक दानवले चलाखीपुर्वक केही थोपा अमृत पिएको थियो। सूर्य (देवता) र चन्द्र देवताले यो देखेर मोहिनीलाई खबर गरे । मोहिनिले राहुकेतुको घाँटीबाट अमृत जानु भन्दा अगाडि नै सुदर्शन चक्रले शिर छेदन गरे। तर अमृत उनको घाँटी सम्म पुगेको हुनाले उनीहरूको मृत्यु भने भएन। त्यो दिन देखि टाउकोलाई राहु र शरीरलाइ केतु भन्न थालियो । पछि राहुकेतु ग्रह बने र पृथ्वीका मानिसहरूको जीवनलाई प्रभावित गर्न सक्ने भए।[]

सूर्य (सूर्य) र चन्द्र (चन्द्रमा) ले राहु र केतुको भेद खोलेको र उनको शिर काटेकोमा सुर्य तथा चन्द्रको राहु तथा केतुसँग कटु शत्रुता सुरु भयो।[] यसका लागि, राहुले उनीहरूलाई पछ्याउँछ र सूर्य र चन्द्रमालाई निल्ने प्रयास गर्छ।[][] राहु शरीर बिनाको शिर मात्र भएकोले, सूर्य र चन्द्रमालाई राहुले निल्न खोज्दा उनको घाँटीबाट बाहिर निस्कन्छन्।[][] यो आवर्ती चक्रले सूर्य ग्रहण र चन्द्रमाको ग्रहण सिर्जना गर्दछ जसले राहुको अस्थायी बदलालाई प्रतिनिधित्व गर्दछ।[][][]

सुर्यग्रहण र अत्री पुत्र

[सम्पादन गर्नुहोस्]

ऋग्वेदमा उल्लेख छ कि सूर्यग्रहणको समयमा, अत्रिका छोराहरुके संघर्ष गरे र सूर्यलाई मुक्त गर्न सफल भए।[]

महाभारतकालमा पुनर्जन्म

[सम्पादन गर्नुहोस्]

महाभारतको घटनाक्रममा, राहुले स्वयं राजा क्रथको रूपमा अवतार लिएका थिए।

बौद्ध संस्कृति

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Roshen Dalal (२०१०), Hinduism: An Alphabetical Guide, Penguin Books, पृ: ३२४, आइएसबिएन 978-0-14-341421-6 
  2. उद्दरण त्रुटी: अवैध <ref>चिनो; Dimmitt2012p347 नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
  3. ३.० ३.१ The Mahabharata of Krishna-Dwaipayana Vyasa Translated Into English Prose: Adi parva (1893). Sabha parva (1899) (अङ्ग्रेजीमा), Bhārata Press, १८८३, पृ: ८२,९०। 
  4. ४.० ४.१ "CANTO 19", The Complete Mahabharata Volume 1 to 12 (Englishमा)। 
  5. Sinha, Pürnendu Narayana (१९०१), A Study of the Bhagavata Purana: Or, Esoteric Hinduism (अङ्ग्रेजीमा), Freeman & Company, Limited। 
  6. Shylaja, B. S.; Madhusudan, H. R. (१९९९), Eclipse: A Celestical Shadow Play (अङ्ग्रेजीमा), Universities Press, पृ: २,३, आइएसबिएन 978-81-7371-237-1 
  7. ७.० ७.१ Kochhar, Rajesh, Rahu and Ketu in mythological and "astronomological" contexts 
  8. www.wisdomlib.org (२०२१-०८-२७), "Sukta 40 [English translation]", www.wisdomlib.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२४-१०-३१