रिमा कुमारी नेपाली

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

रिमा कुमारी नेपाली

रोल्पा जिल्ला, सखी गाविस निवासी रिमा कुमारी नेपाली समानुपातिकतर्फ नेकपा एमालेका सभासद हुनुहुन्छ। धर्मनिरपेक्षताप्रति प्रतिवद्ध ४१ वर्षीय नेपालीले २०४३ सालदेखि राजनीतिक संघर्ष शुरु गर्नुभएको हो। एमाले रोल्पा जिल्ला कमिटी सदस्यका रूपमा १२ वर्ष काम गरिसकेकी नेपाली अखिल नेपाल महिला संघकी जिल्ला अध्यक्ष समेत रहिसक्नुभएको छ। उहाँ हाल नेकपा-राप्ती अञ्चल कमिटी सदस्य र अनेम संघका केन्द्रीय स्थायी सदस्य हुनुहुन्छ। समाजसेवामा विशेष रुचि राख्‍ने सभासद नेपालीले एस.एल.सी. सम्मको अध्ययन गर्नुभएको छ। उहाँ २०५६ को महानिर्वाचनमा रोल्पा क्षेत्र नं.२ बाट एमालेका उम्मेदवार हुनुहुन्थ्यो। राजनीतिक सैद्धान्तिक निष्ठा, जनहित र लोकतन्त्रप्रतिको प्रतिवद्धता एवम् जनतासँगको निकट सम्बन्धका कारण पार्टीले आफूलाई संविधानसभामा पुर्‍याएको उहाँको आकलन छ। संविधानसभामा उहाँले प्रमुखतासाथ उठाउने अठोट गरेका प्रमुख दुई मुद्दा हुन्- क.महिला हक अधिकारका सवालहरू, ख. राज्यको पुनःसंरचना गरी पिछडिएको वर्ग, क्षेत्रलाई राज्यका प्रत्येक अङ्ग‍मा समानुपातिक रूपमा सहभागिता गराउने।[१]

सन्दर्भ[सम्पादन गर्ने]