सामग्रीमा जानुहोस्

रियो फर्डिनान्ड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रियो फर्डिनान्ड
सन् २०१५ मा फर्डिनान्ड
व्यक्तिगत जानकारी
पुरा नाम रियो गाभिन फर्डिनान्ड[]
जन्म मिति (1978-11-07) ७ नोभेम्बर १९७८ (उमेर ४७)[]
जन्म स्थान क्याम्बरवेल, इङ्ल्यान्ड
उचाइ ६ फिट २ इन्च (१.८९ मी)[]
खेल्ने स्थान(हरू) रक्षापङ्क्ति
युवा करियर
सन् १९९२–१९९५ वेस्टह्याम युनाइटेड
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
१९९५–२००० वेस्टह्याम युनाइटेड १२७ (२)
सन् १९९६–१९९७ → एएफसी बोर्नमथ (ऋणमा) १० (०)
सन् २०००–२००२ लिड्स युनाइटेड ५४ (२)
सन् २००२–२०१४ म्यानचेस्टर युनाइटेड ३१२ (७)
सन् २०१४–२०१५ क्विन्स पार्क रेन्जर्स ११ (०)
जम्मा ५१४ (११)
अन्तर्राष्ट्रिय करियर
१९९६–१९९७ १८ वर्ष मुनीको राष्ट्रिय टोली (०)
सन् १९९७–२००० २१ वर्ष मुनीको राष्ट्रिय टोली (०)
सन् १९९७–२०११ इङ्ल्यान्ड ८१ (३)
*क्लब घरेलु लिग उपस्थिति र गोल

रियो गाभिन फर्डिनान्ड (जन्म ७ नोभेम्बर १९७८) एक अङ्ग्रेजी पूर्व व्यावसायिक फुटबल खेलाडी हुन् जसले रक्षात्मक खेलाडीको रूपमा खेल खेल्ने गर्दथे। उनी हाल टिएनटी स्पोर्ट्स लागि टेलिभिजन सल्लाहकारको रूपमा काम गरिरहेका छन्। उनले १९९७ देखि २०११ सम्म इङ्ल्यान्ड राष्ट्रिय फुटबल टोलीका लागि ८१ वटा अन्तर्राष्ट्रिय खेल खेलेका उनले तीनवटा फिफा विश्वकपमा पनि राष्ट्रिय टोलीमा समावेश थिए।[] उनी सर्वकालीन सम्मानित अङ्ग्रेजी फुटबल खेलाडीमध्ये एक हुन् र धेरैले उनलाई इङ्ल्यान्डका सबैभन्दा महान रक्षात्मक खेलाडीमध्ये एकको रूपमा हेर्दछन्।[][][][]


फर्डिनान्डले आफ्नो फुटबल खेलजीवन विभिन्न युवा क्लबहरूबाट खेल्दै सुरु गरेका थिए भने अन्ततः वेस्ट ह्याम युनाइटेडमा स्थिर भएपछि खेलमा प्रगतिशील यात्रा जारी राख्दै सन् १९९६ मा आफ्नो व्यावसायिक खेलजीवन अन्तर्गत प्रिमियर लिग मार्फत व्यावसायिक फुटबल खेलको सुरुवात गरेका थिए। उनी खेल दर्शकहरूमाझ लोकप्रिय बन्दै जाँदा आफूलाई एक अब्बल खेलाडीको रूपमा स्थापित गरे भने त्यसको अर्को संस्कारणमा ह्यामर अफ द इयर पुरस्कार पनि हात पारेका थिए। उनले सन् १९९७ मा क्यामरुन विरुद्धको खेलमा राष्ट्रको तर्फबाट आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेल खेल्ने मौका प्राप्त गरिरहँदा उनी त्यस समय इङ्ल्यान्डका लागि खेल्ने सबैभन्दा कम उमेरका खेलाडी बन्न पुगेका थिए। उनका उपलब्धि र फुटबल क्षमताले लिड्स युनाइटेडलाई आकर्षित गरेपछि उनले उक्त क्लबमा १ करोड ८० लाखको ठूलो धनराशि मार्फत स्थानान्तरण जुन त्यस समयको सर्वाधिक राशी थियो। उनले क्लबमा दुई संस्करणहरू बिताउँदै सन् २००१ मा उक्त क्लबको कप्तान पनि बन्न सफल भए। जुलाई २००२ मा म्यानचेस्टर युनाइटेडमा लगभग ३ करोड युरोको शुल्कमा सामेल भए भने यो क्लब स्थानान्तरणले पनि नयाँ क्रीतिमान बनाएको थियो।

सन् २००२-०३ प्रिमियर लिग संस्करणमा म्यानचेस्टर युनाइटेडबाट उनले प्रिमियर लिग जित्न सफल भए जुन उनको पहिलो ठूलो क्लब उपाधि थियो। सन् २००३ सेप्टेम्बरमा उनी लागूऔषध परीक्षणमा अनुपस्थित हुँदा जनवरीदेखि सेप्टेम्बरको अवधिमा ८ महिनासम्म फुटबल खेलबाट बञ्चित भए जसले गर्दा उनले प्रिमियर लिगको आधा संस्करण, म्यानचेस्टर युनाइटेडको एफए कप विजय र युरो २००४ अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन पुगेका थिए। खेलमा फर्किएपछि उनले म्यानचेस्टर युनाइटेडको पहिलो टोलीमा आफ्नो स्थान स्थापित गर्दै उत्कृष्ट खेल प्रदर्शनको मार्फत प्रशंसा बटुले भने उनले पाँचवर्षको अवधिमा चार पटक पिएफए वर्षको उत्कृष्ट टोलीमन समावेश हुन सफल भएका थिए। त्यसपछिको अर्को प्रिमियर लिग संस्करण जितसँगै क्लबमा थप सफलता भित्रियो भने सन् २००६–०७ संस्करणमा र त्यसपछि अर्को वर्ष प्रिमियर लिग र युएफा च्याम्पियन्स लिग जस्तो प्रतियोगितामा क्लबले जित हात पारेको थियो। युनाइटेडसँगको खेलजीवनमा उनले छवटा प्रिमियर लिग शीर्षक र १४ उपाधिहरू जित्न सफल भए भने सन् २०१४ मा उक्त क्लबसँग सम्झौता सकिएपछि उनको उक्त क्लबबाट खेल समाप्त भएको थियो। त्यसपछि उनी क्वेन्स पार्क रेन्जर्समा प्रवेश गरे जहाँ उनले एक संस्करण अन्तर्गत खेल्दै क्लब प्रिमियर लिगबाट तल झरे भने त्यसपछि उनी उक्त क्लबबाट पनि बाहिरिएका थिए।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Premier League Clubs submit Squad Lists", Premier League, २ फेब्रुअरी २०१२, पृ: २३, मूलबाट २७ फेब्रुअरी २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २ फेब्रुअरी २०१२  वेब्याक मेसिन अभिलेखिकरण २ फेब्रुअरी २०१६ मिति
  2. "रियो फर्डिनान्ड", बेरी ह्युगम्यानका फुटबल खेलाडीहरू 
  3. "Player Profile: Rio Ferdinand", Premier League, मूलबाट ४ अप्रिल २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच ३१ जुलाई २०१२  वेब्याक मेसिन अभिलेखिकरण ४ अप्रिल २०१३ मिति
  4. "Rio Ferdinand Profile, Statistics, News, Game Log", ESPN Soccernet, १५ नोभेम्बर १९९७, मूलबाट ६ अप्रिल २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ अप्रिल २०१०  वेब्याक मेसिन अभिलेखिकरण ६ अप्रिल २०१० मिति
  5. "Chelsea v Manchester United: Rio Ferdinand vilified as his pursuit of the FA Cup goes on", The Daily Telegraph (London), १ अप्रिल २०१३, मूलबाट १२ जनवरी २०२२-मा सङ्ग्रहित। 
  6. "Why is Rio Ferdinand the most unheralded player of his England generation?", FourFourTwo, ४ जुन २०१५। 
  7. "Rio Ferdinand retires: Former Manchester Utd defender was one of the greats", Sky Sports। 
  8. White, Mark (२५ मार्च २०२५), "Ranked! The 100 best Premier League players ever", FourFourTwo, अन्तिम पहुँच २५ मार्च २०२५ 
  9. Jupp, Adam (१३ मे २०१४), "Rio Ferdinand career in numbers", अन्तिम पहुँच ८ जुलाई २०१८ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]