रुपाकोट, कास्की

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


रूपाकोट नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्लामा अवस्थित गाँउ पालिका हो। यस गाउ पालिकामा वराह मन्दिर, चिसापानी मन्दिर आदि ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू रहेकाछन भने वराहथोक कोट, भिरचोक कोट,चिसापानी, मोहोरिया , थुम्की, देउराली,हंसपुर, रूपा ताल आदि यहाँका प्राकृतिक पर्यटकीय स्थलहरू हुन। ७०० रुपाकोट काला भैरब र चिसापानीदेवी यहॉंको प्रमुख तिर्थ स्थल हुन्।यहॉं बिभिन्न जातजातिको बसोबास रहेको छ। ब्राहमन, क्षत्री, गुरुगं, मगर, मियॉं,नेवार, दमै, कामी ,सार्की,अादी यहॉंका मुख्य बासिन्दा हुन्।, >{{cite रुपा गाउपालिका गण्डकी प्रदेश अन्तरगत कास्की जिल्लाका साविक थुम्की, रुपाकोट, देउराली, सिद्ध गा वि सहरुका सवै र हंसपुर गा वि सका अधिकांस भुभाग समेटेको कास्कीको दक्षिण पूर्वी भागमा अवस्थित क्षेत्रफल तथा जनसंख्याका हिसावले सानो, भुवनोटका दृश्टिले पहाड, फाट, एवं टारहरु भएको , विविधतामा एकता कायम रहेको ,प्राकृतिक हिसावले सुन्दर र विकासका अनेक सम्भावनाहरु भएको गाउपालिका हो । यसको सर्वाडगीण विकासका लागि स्थानीय सरकारले हरतरहले प्रयास तथा प्रयत्न गरिरहेको छ । यस लेखमा यहांको अवस्था र विकासका लागि गाउपालिकावाट भएका प्रयासहरुलाइ अत्यन्त छोटो रुपमा प्रस्तुत गर्ने प्रयास गरिएको छ ।

भौगोलिक अवस्था

यस गाउपालिका उत्तरमा कास्की जिल्लाको मादि गाउपालिका पश्चिममा पोखरा महानगरपालिका दक्षिणमा तनहु जिल्लाका व्यास र शुक्लागण्डकी नगरपालिका तथा पूर्वमा लमजुड जिल्लाको मध्यनेपाल नगरपालिकाको विचमा अवस्थित छ ।  जम्मा क्षेत्रफल ९४ दशमलव ८१ वर्ग कि मि  भएको यस गाउपालिकामा अधिकाम्स भुभाग  वन र पाखाहरु छन् भने केही फाट र टारको रुपमा रहेका छन् ।

आर्थिक अवस्था

यस गाउपालिकाको आन्तरिक आयस्रोत ज्यादै कम रहनुका साथै याहाका वासिन्दाहरुको आय श्रोत दरिलो तथा नियमित नहुदा आर्थिक अवस्था सामान्य रहेकोले गाउपालिकाले विभिन्न पेशा, व्यवसाय र उद्योगको स्थापना तथा सञ्चालनका लागि प्रोत्साहन स्वरुप विभिन्न अनुदान , तालिम जस्ता सृजनात्म कार्यक्रमहरु कार्यान्यनमा ल्याएको छ आफनो आन्तरिक आम्दानी बृध्धिका लागि सरोकारवालाहरुको संलग्नतामा कानुन निर्माण गरी कार्यान्यनमा ल्याएको छ ।

पर्यटकीय स्थल

पर्यटकीय हिसावले सुन्दर यस गाउपालिकामा आन्तरिक तथा वाह्य पर्यटकको मन तान्न सफल धेरै स्थलहरु छन् जस्तै रुपाताल हात्तीमैता टावर चिसापानी माझकोट स्याक्लुडकोट इन्द्रगुफा देउराली आदि ।


खानेपानी

यस गाउपालिकामा मानव वस्ति अधिकाम्स डाडाँमा भएकोले पिउने तथा अन्य प्रयोजनका लागि पानीको अत्यन्त अभाव भएकोले यस समस्याको निराकरणका लागि गाउपालिकाले एक घर एक धाराको रणनिति अवलम्वन गरी विभिन्न प्रणालीहरु मार्फत धेरै गाउहरुमा पानीको व्यवस्था गरिसकेको छ र वाकी गाउमा समेत पुर्याउन खानेपानीका गाउपालिकावाट ५४ , केन्द्र र प्रदेशवाट ११ र अन्य विभिन्न संघ संस्थाहरुवाट ३ वटा य योजनाहरु सञ्चालन गरी रहेको छ ।

सिचाइ

यस गाउपालिकाको अधिकाम्स भागमा सिचाइको अभाव छ । यहाका केही भागमा मात्र वर्षायाममा स्थानीय खोलाहरुवाट सिचाइको व्यवस्था मिलाइएको छ भने । अधिकांश ठाउमा स्थानीय मुल र आकासे पानीको भर पर्नुपर्ने अवस्था छ । सिचाइको व्यवस्था मिलाउन गाउपालिकाले पुराना नहर तथा कुलाहरुको मर्मत संभार र सम्भाव्यता अध्ययन गरी नया कुलाको निर्माणको निति अवलम्वन गरिरहेको छ ।


पेशा

यस गाउपालिकामा वसोवास गर्ने अधिकांस मानिसहरुको पेशा कृषि रहेको छ । यस वाहेक थोरै संख्यामा स्वदेसी जागिर तथा वैदेशीक रोजगारीमा संलग्न भएको अवस्था छ भने उद्योग व्यापार आदिको संख्या न्युन रहेको ।अवस्था भएकोले गाउपालिकाले कृषिको सुधारका लागि माटो परीक्षण छ भने स्वरोजगारका लागि विभिन्न प्रकृतिका तालिम , सचेतना एवं अनुदानका कार्यकमहरु सञ्चालन गरीरहेको छ ।

धर्म

यस गाउपालिकामा विभिन्न जातजातिको वसोवास भए जस्तै मान्दै आएका धर्ममा पनि विविधता रहेको छ । यहां मानिने धर्महरुमा विशेष गरी हिन्दु बुद्ध मुश्लीम छन् आदि रहेका छन् ।


जनसंख्या

यस गाउपालिकामा २०६८ सालको जनगणना अनुसार कुल जनसंख्या जम्मा १४५२६ रहेको छ जसमा महिला ८२३० र पुरुष ६२९६ रहेको देखिन्छ ।


सामाजिक अवस्था

यस गाउपालिकामा विभिन्न जातजातिको वसोवास रहेको छ । जसमा ब्राहमण ,क्षेत्री गुरुड नेवार मगर मुशलमान कामी दमाइ कुमाल सार्की भुजेल वोटे ठकुरी आदि रहेका छन् यस गाउपालिकाका वासिन्दाहरुले विभिन्न धर्म परम्परा संकृति चाडपर्व मनाउदै आएका छन् । विभिन्न जात जाति धर्म परम्परा चाडवाड संकृतिमा अनेकतामा एकता रुपा गाउपालिकाको सामाजिक विशेषता  हो । गाउपालिकाले विभिन्न जात धर्म परम्परा संकृति आदि प्रति  मित्रता सद्भाव समन्वय कायम राख्न तथा विभिन्न संकृतिको संरक्षण र सम्वर्धनका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।

शैक्षिक अवस्था

यस गाउपालिकामा हाल सामुदायिक ३२ र संथागत ३ गरी जम्मा ३५ वटा विद्यालयहरु सञ्चालन भइरहेका छन् । घरधुरी सर्वेक्षण गर्दा विद्यालय उमेर समुहका कुनै पनि वालवालिका विद्यालय वाहिर रहेको देखिदैन । गाउपालिकाले शिक्षा नै विकासको मुल आधार हो मान्यताका साथ गुणस्तरीय वालमैत्री एवं व्यवसायिक सुनिश्चितता प्रदान गर्न शिक्षकको मनोवल बृध्धि गर्ने, शिक्षक एवं कर्मचारीको नियमिततामा पारदर्शता ल्याउने पालिका स्तरीय शैक्षिक क्यालेण्डर निर्माण एवं कार्यान्वयन गर्ने शैक्षिक विकासका लागि विभिन्न संघ सस्था र दाताको खोजि गर्ने अंग्रजी माध्यम र पाठ्यपुस्त लागु गर्ने सरोकारवालाहरुको संलग्नतामा शैक्षिक योजना निर्माण र कार्यान्वयन गर्ने जनप्रतिनिधि र कर्मचारीवाट नियमित निरीक्षण र अनुगमन गर्ने गाउपालिकालाइ आधारभुत शिक्षा सुनिश्चित भएको गाउपालिका घोषणा गर्ने आदि महत्वपूर्ण कामहरु गर्दै आइरहेको छ ।

स्वास्थ्य

यस गाउपालिकामा स्वास्थ्य सेवा प्रदान गर्नका लागि ५ वटा स्वास्थ्य चौकी २ सामुदायिक स्वास्थ्य इकाइ सञ्चालित छन् । ५ वटै स्वास्थ्य चौकिमा प्रयोगशाला सेवा समेत उपलव्ध छ । समुदाय स्तरमा १९ खोप केन्द्र १५ गाउघर क्लिनिक र ७४ जना महिला स्वास्थ् स्यमं सेविकाहरुवाट समेत स्वास्थ्य सेवा उपलव्ध छ । रुपाकोट र देउराली स्वास्थ्य चौकीमा २४ सै घण्टा सुरक्षित प्रसुति सेवा प्रदान गरिएको छ । गाउपालिका द्वारा स्वास्थ्य सेवालाइ उच्च प्रथामिकता दिदै आएको छ ।


सुचना तथा सञ्चार

सुचना र सञ्चारको क्षेत्रमा यस गाउपालिकामा एक इलाका हुलाक र अतिरिक्त हुलाकहरु सञ्चालनमा छन् भने टेलिफोन इमेल तथा इन्टरनेटको सुविधा समेत उपलव्ध छ । गाउपालिकाले यसको थप व्यवस्था र सुधारका लागि पहल कदमी गरिरहेको छ ।

यातायात

   यस गाउपालिका अन्तरगतका सवै वडा र गाउहरुमा कच्ची मोटरवाटो पुगीसकेको छ । खोलाको छेउ देखि थुम्कीसम्मको मोटरवाटो कालोपत्रे भइसकेको छ भने सिशुवादेखि सिसाघाट र वेगनासताल देखि भोर्लेटारसम्म कालोपत्रे हुने क्रममा रहेका छन् । यस गाउपालिकाको सवैजसो ठाउमा तालिका वमोजिम नियमित वस सेवा उपलव्ध छ । गाउपालिकाले आवश्यकता अनुसार नया वाटो निर्माण तथा स्तर उन्नतीका लागि योजना निर्माण र कार्यान्वयन गरिरहेको छ ।

कृषि

यस रुपा गाँउपालिकाका धेरै क्षेत्रमा सिचाइको अभाव भएकाले खाध्यान तरकारी फलफूलहरुको न्युन उत्पादन हुनका साथै उत्पादन भएका तरकारीहरुले पनि उचित मूल्य पाउन सकेका छैनन् । यस गाउँपालिका भित्र व्यावसायिक कृषि तथा पशुपालनप्रति यहाँका मानिसहरु एकदम कम आकर्षित भएको पाइन्छ । साथै यस गाउँपालिका भित्र १ वटा मौरी पकेट क्षेत्र कफि पकेट क्षेत्र सुन्तला पकेट क्षेत्र भएका छन् भने यस आ व वाट तरकारी पकेट क्षेत्र १ मौरी पकेट क्षेत्र १ र धान पकेट क्षेत्र १ थप भएका छन् । यहाको हावापानी उपोष्ण भएकाले याहा अदुवा वेसार पिडालु राम्रो हुन्छ । पशुपालन तर्फ कुखुरा पालन र बाख्रा पालन व्यवसाय पनि हावापानीका दृष्टिले उपयुक्त छ । याहाको तल्लो भागमा आलु काउली बन्दा र गोलभेडा खेती हुन्छ । याहाका मुख्य वाली मकै र कोदो हुन ।

विकासका सम्भावनाहरु

१ पर्यटन विकास

२ कृषिको पशुपालन र मौरी पालन

३ जल विद्युतको उत्पादन

४ जडिवुटी खेती

५ फलफुल खेती


web|url=http://ddckaski.gov.np/page-dharmik,%20yetihasik%20tatha%20paryetakiya%20chetra%7Ctitle=धार्मीक, ऐतिहासीक तथा पर्यटकीय स्थलहरू| publisher=कास्की जिल्ला विकास समिति}}</ref>

जन प्रतिनिधि


नवराज ओझा

अध्यक्ष

ईमेल: rupamun.nabaraj@gmail.com फोन नं: ९८५६०८४००९

लाल सुबा गुरुङ

उपाध्यक्ष

फोन नं: ९८५६०८४००८

वडा कार्यालयहरु

वडा नं. ७

वडा नं. ६

वडा नं. ५

वडा नं. ४

वडा नं. ३

वडा नं. २

वडा नं. १

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]




सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाह्य सूत्र[सम्पादन गर्ने]