रुपा राणा
रुपा राणा -- अभिनेत्री
जन्म:- जनवरी ८ धनगढी, कैलाली,नेपाल पेशा:- अभिनेत्री
रुपा राणा कुनै बेलाकी चल्तिकी नायिका हुन् भने अहिलेकी चरित्र अभिनेत्री हुन्। उनको जन्म धनगढी कैलालीमा भएको थियो। उनी स्कुल पढ्दादेखि नै नाच्ने प्रतियोगिताहरूमा भाग लिने गर्थिन् । पछि काठमाडौँ आएपछि राष्ट्रिय नाचघरमा जागिर खाने उमेर नपुग्दै उनको दिदीको पहलमा डान्सको लागी हालिएको थियो। उनी त्यहाँ नाचमा प्रखर दिदीहरुको नाच हेर्दै सिक्ने गर्थिन्। उनले "हरि प्रसाद रिमाल" सगँ नाटकमा अभिनय सिकेकी थिइन्। प्रज्ञा भवनमा भएको नेपालभरिको नाटक प्रदर्शन प्रतियोगितामा उत्कृष्ट अभिनय गरेर प्रमाणपत्र पाएपछि उनलाई नाटक तथा चलचित्रमा अभिनय गर्नका लागी थप हौसला मिलेको थियो।
चलचित्र "भाग्य रेखा" मा सानो भुमिका नायिका "मौसमी मल्ल" साथीको रुपमा खेलेर उनले चलचित्र जगतमा यात्रा सुरूवात गरेकी थिइन् तर उनले नायिका भएर खेलेको डेब्यु चलचित्र "चोट" हो। उनलाई दर्शकमाझ चिनाउने चलचित्र भने "तृष्णा" हो।
चलचित्रहरू--
नाम - मिती - भुमिका
शिरफूल - वि.सं. २०८१ साउन १८- कलाकार अनुराग - वि.सं. २०७५ असोज १२- कलाकार पञ्चायत - वि.सं. चैत्र ०४- कलाकार कृ - वि.सं. २०७४ माघ २६- कलाकार - केशरकी आमा म यस्तो गीत गाउँछु - वि.सं. २०७४ असार ३०- कलाकार - छाँयाकी आमा लभ लभ लभ - वि.सं. २०७४ बैशाख ०१- कलाकार किङ्ग - वि.सं. २०७३ पौष २८- कलाकार प्रेम गीत - वि.सं. २०७२ माघ २९- कलाकार लुटेरा - वि.सं. २०७२ कार्तिक २५- कलाकार वान वे - वि.सं. २०७१ फाल्गुन ०१- कलाकार नागबेली - वि.सं. २०७१ असार २७- कलाकार पलपलमा - वि.सं. २०६७ भदौ २५- कलाकार भाग्य विधाता - वि.सं. २०६३ माघ २४- कलाकार भरोसा - वि.सं. २०६३ असोज १०- कलाकार दुस्मन - वि.सं. २०५४ माघ २८- कलाकार आमाको माया - वि.सं. २०५३ जेष्ठ ०७- कलाकार भिष्म प्रतिज्ञा - वि.सं. २०५२ असोज ११- कलाकार - कञ्चन शौभाग्य - वि.सं. २०५१ पौष २७- कलाकार ज्वाला - वि.सं. २०५१ पौष ०१- कलाकार नाता - वि.सं. २०५१ मंसिर ०८- कलाकार चट्याङ - वि.सं. २०५१ बैशाख ०१- कलाकार तृष्णा - वि.सं. २०४९ भदौ ०६- कलाकार प्रेम -वि.सं. २०४८ चैत्र १८- कलाकार चिनो - वि.सं. २०४७ माघ ०१ - कलाकार बिजय पराजय -वि.सं. २०४७ मंसिर २०- कलाकार चोट - वि.सं. २०४७ कार्तिक २०- कलाकार भाग्य रेखा - वि.सं. २०४६ कार्तिक २३- कलाकार