रुवान्डा नरसंहार
| रुवान्डा नरसंहार | |
|---|---|
| रुवान्डेली गृहयुद्धको एक भाग | |
न्यामाता नरसंहार स्मारक केन्द्रमा मानव खप्पर | |
| स्थान | रुवान्डा |
| मिति | ७ अप्रिल – १९ जुलाई १९९४ |
| लक्ष्य | तुत्सी, मध्यम हुतु, त्वा |
आक्रमणको प्रकार | नरसंहार, सामुहिक हत्या, नरसंहार बलात्कार, जातिशोधन, जातीय दङ्गा, घृणा अपराध |
| मृत्यु | |
| पीडितहरू | २,५०,००० देखि ५,००,०००, नरसंहारको समयमा बलात्कृत तुत्सी महिलाहरू[४] |
| उद्देश्य | तुत्सी विरोधी भावना, हुतु शक्ति |
रुवान्डा नरसंहार (जसलाई तुत्सी विरुद्धको नरसंहार वा तुत्सी नरसंहार पनि भनिन्छ) सामूहिक हत्याकाण्डको एक शृङ्खला थियोे जुन रुवान्डाली गृहयुद्धको समयमा ७ अप्रिल देखि १९ जुलाई १९९४ सम्म भएको थियो।[५] लगभग १०० दिनको अवधिमा, तुत्सी जातीय समूहका सदस्यहरू साथै केही मध्यम हुतु र त्व जातिलाई हुतु विद्रोहीद्वारा व्यवस्थित रूपमा मारिएको थियो। रुवान्डाको संविधानले १० लाखभन्दा बढी मानिसहरू मारिएको बताएको भएतापनि धेरैजसो विद्वानहरूको अनुमान अनुसार ५,००,००० देखि ६,६२,००० तुत्सीहरू मारिएका थिए भने मारिनेहरूमा प्रायः पुरुषहरू थिए। यो नरसंहार चलिरहँदा पीडितहरूले चरम हिंसा भोगेका थिए भने पीडितहरूलाई प्रायः छिमेकीहरूद्वारा हत्या गरिएको थियो।[६][२][७] नरसंहारको बेलामा व्यापक यौन हिंसा भएको थियो, जसमा २,५०,००० देखि ५,००,००० महिलाहरू बलात्कृत भएका थिए।[४][८]
सन् १९५९ देखि १९६२ सम्म भएको रुवान्डाको हुतु क्रान्तिसँगै यो नरसंहार लामो समयदेखि चलिरहेको जातीय तनावमा आधारित थियो जसको फलस्वरूप जातीय हिंसा भड्किँदा रुवान्डाका तुत्सीहरू युगान्डा भाग्न बाध्य भएका थिए। त्यसपछि सन् १९९० मा सुरु भएको मुख्यतया रुवान्डा राष्ट्रभक्त मोर्चा नामक तुत्सी विद्रोही समूहले युगान्डाबाट रुवान्डामा आक्रमण गरेसँगै रुवान्डा गृहयुद्ध हुन पुगेको थियो जसका कारण शत्रुता अझै बढेको थियो। सन् १९९३ मा आरुस सम्झौतासँगै युद्ध अस्थायी शान्तिमा पुगेको भएतापनि हुतु अतिवादीहरूले तुत्सी र मध्यम हुतु नेताहरूलाई लक्षित गर्न शक्ति शून्यताको प्रयोग गरेका थिए। ६ अप्रिल १९९४ मा राष्ट्रपति युभेनाल आब्यारिमानाको हत्याले नरसंहारलाई प्रज्वलित गरेको थियो।[९]
अत्याचारको बाबजुद पनि, अन्तर्राष्ट्रिय समुदायले हत्या रोकी हस्तक्षेप गर्न असफल भएको थियो। रुवान्डा राष्ट्रभक्त मोर्चाले नरसंहारको प्रतिक्रियामा सैन्य कारबाही पुनः सुरु गरेको थियो।[१०] अन्ततः यसले सरकारी सेनालाई पराजित गर्दै सबै सरकार नियन्त्रित क्षेत्रहरू कब्जा गरेर नरसंहारको अन्त्य गरेको थियो। यसले नरसंहारकर्ता र धेरै हुतु शरणार्थीहरूलाई जायरमा (अहिले प्रजातान्त्रिक गणतन्त्र कङ्गो) पलायन गराएको थियो, जसले क्षेत्रीय अस्थिरतामा योगदान पुर्याउँदै सन् १९९६ मा पहिलो कङ्गो युद्ध सुरु गरेको थियो।
रुवान्डामा नरसंहारको विरासत अझै पनि महत्वपूर्ण छ। देशले यसको सम्झनामा सार्वजनिक बिदाको व्यवस्था गरेको छ र "नरसंहार विचारधारा" र "विभाजनवाद"लाई अपराधीकरण गर्ने कानून पारित गरेको छ।[११][१२]
पृष्ठभूमि
[सम्पादन गर्नुहोस्]
त्वा नामक एक आदिवासी समूह आदिवासी पिग्मी शिकारी सञ्चयी समूहका अन्तर्गत पर्दथे जुन अहिलेको रुवान्डाको सबैभन्दा प्रारम्भिक बासिन्दाहरू थिए भने यो समूह ८००० देखि ३००० ईसा पूर्वको बीचमा यस क्षेत्रमा बसोबास गरी हालको दिनसम्मपनि रुवान्डामै बसोबास गर्दछन्। ७०० ईसा पूर्व देखि १५०० ईसा पूर्वको बीचमा, धेरै बान्टु जातिहरूले रुवान्डामा बसाइँसराइ गरी कृषिको लागि वन क्षेत्र फँडानी गर्न थालेका थिए।[१३][१४] इतिहासकारहरूले बान्टु बसाइँसराइको प्रकृतिको बारेमा धेरै सिद्धान्तहरू राखेका छन्।[१४][१५] एक सिद्धान्त अनुसार सर्वप्रथम बसोबास गर्नेहरूमा हुतु जाति रहेको र तुत्सी जाति पछि यहाँ आएर एक विशिष्ट जातीय समूह बनाएको भन्ने छ।[१६] एउटा वैकल्पिक सिद्धान्त अनुसार, बसाइँसराइ छिमेकी क्षेत्रहरूबाट ढिलो र स्थिर हुनु, आउने समूहहरू स्थापितहरूसँग उच्च आनुवंशिक समानता बोकेको हुनु र अवस्थित समाजलाई नियन्त्रण गर्नुको सट्टा एकीकृत हुँदै गएको भन्ने छ।[१७] यस सिद्धान्त अन्तर्गत, हुतु र तुत्सीमा भेद पछि देखा परेको भएतापनि[१४][१८] यसलाई जातीय भेद भन्न नसकिने अवस्थामा मुख्यतया एक वर्ग वा जातीय भेद थियो जसमा तुत्सीहरूले गाईवस्तु चराउने गर्दथे जबकि हुतुहरूले खेती गर्ने गर्दथे।[१९][२०] रुवान्डाका हुतु, तुत्सी र त्वाले साझा भाषा बोल्ने गर्दछन् र सामूहिक रूपमा उनीहरूलाई बन्यारुवान्डा भनेर चिनिन्छ।[२१]
जनसङ्ख्या पहिले कुलहरूमा (उब्वोको) विभाजित भएको थियो,[२२] र त्यसपछि सन् १७०० सम्ममा लगभग आठवटा राज्यमा विभाजित भएको थियो। रुवान्डाको राज्यमा तुत्सी न्यिगिन्या जातिले शासन गरेका थिए जनु मध्य अठारौँ शताब्दीदेखि प्रमुख राज्य बनेको थियो।[२३] विजय र समाहितकरणको प्रक्रियाबाट विस्तार गर्दै सन् १८५३-१८९५ मा राजा किगेली रवाबुगिरीको शासनकालमा यसले सबैभन्दा ठूलो विस्तार हासिल गरेको थियो।[२४] रवाबुगिरीले राज्यलाई पश्चिम र उत्तरमा विस्तार गरी प्रशासनिक सुधारको काम सुरु गरेका थिए जसले हुतु र तुत्सी जनसङ्ख्या बीच दूरी बढाएको थियो।[२५][२४] यसमा उबुरेतवा, जबरजस्ती श्रमको प्रणाली समावेश थियो जुन हुतुले उनीहरूबाट कब्जा गरिएको भूमिमा पहुँच पुन: प्राप्त गर्न गर्नुपर्दथ्यो[२५] र उबुहाके, जस अन्तर्गत तुत्सी संरक्षकहरूले आर्थिक र व्यक्तिगत सेवाको बदलामा हुतु वा तुत्सी ग्राहकहरूलाई गाईवस्तुहरू सुम्पन्थे।[२६] यद्यपि हुतु र तुत्सीलाई प्रायः फरक व्यवहार गरिन्थ्यो, तिनीहरूले एउटै भाषा र संस्कृति, एउटै कुल नाम र एउटै रीतिरिवाज साझा गर्दथे।[२७] नाताका प्रतीकहरूले तिनीहरू बीच एकताबद्ध बन्धनको रूपमा काम गर्दथ्यो।[२८]:४२१
सन् १८८४ को बर्लिन सम्मेलनद्वारा रुवान्डा र छिमेकी बुरुन्डीलाई जर्मनीमा तोकिएको थियो[२९] र जर्मनीले सन् १८९७ मा राजासँग गठबन्धन बनाएर देशमा आफ्नो उपस्थिति स्थापित गरेको थियो।[३०] जर्मनीको नीति रुवान्डा राजतन्त्र मार्फत देशमा शासन गर्ने थियो। यसले सानो सङ्ख्याको युरोपेली सेनाको साथ उपनिवेशीकरणलाई सक्षम बनाएको थियो।[३१] उपनिवेशवादीहरूले प्रशासनिक भूमिका तोक्दा हुतु भन्दा तुत्सीलाई समर्थन गरेका थिए र उनीहरूलाई इथियोपियाबाट आएका आप्रवासी र जातीय रूपमा श्रेष्ठ मानिन्थ्यो।[३२] रुवान्डाका राजाले जर्मनेलीहरूलाई स्वागत गर्दै आफ्नो शासनलाई फराकिलो बनाउन उनीहरूको सैन्य शक्ति प्रयोग गरेका थिए।[३३] प्रथम विश्वयुद्धको समयमा सन् १९१७ मा बेल्जियमका सेनाहरूले रुवान्डा र बुरुन्डीलाई नियन्त्रणमा लिएका थिए[३४] र सन् १९२६ देखि थप प्रत्यक्ष औपनिवेशिक शासनको नीति सुरु गरेका थिए।[३५][३६] बेल्जियमले रुवान्डाको अर्थतन्त्रलाई आधुनिकीकरण गरेका थिए तर तुत्सी जातिको सर्वोच्चता कायम रहेको थियो जसले गर्दा हुतु जातिहरू अधिकारबाट वञ्चित भएका थिए।[३७]
सन् १९३० को दशकको सुरुवातमा, बेल्जियमले रुवान्डाका मानिसहरूलाई तीन जातीय समूहहरूमा वर्गीकृत गरेर जनसङ्ख्याको स्थायी विभाजन सुरु गरेको थियो,[३८] जसमा हुतुले जनसङ्ख्याको लगभग ८४%, तुत्सीले लगभग १५% र त्वाले लगभग १% प्रतिनिधित्व गर्दथे। अनिवार्य परिचयपत्रहरू ("जातीयता र जाति" शीर्षक अन्तर्गत) प्रत्येक व्यक्तिलाई तुत्सी, हुतु, त्वा, वा प्राकृतिकीकृत भनेर वर्गीकरण गरिएको थियो। पहिले विशेष गरी धनी हुतुहरूलाई मानार्थ तुत्सी बन्न सम्भव भए तापनि, परिचयपत्रहरूले समूहहरू बीचको कुनै पनि थप आवागमनलाई रोकेको थियो र सामाजिक-आर्थिक समूहहरूलाई कठोर जातीय समूहहरूमा विभाजित बनाएको थियो।[३९]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Meierhenrich, Jens (२०२०), "How Many Victims Were There in the Rwandan Genocide? A Statistical Debate", Journal of Genocide Research 22 (1): 72–82, आइएसएसएन 1462-3528, डिओआई:10.1080/14623528.2019.1709611। तुत्सी मृत्युको तल्लो सीमा ४,९१,००० छ (म्याकडुम), पृष्ठ ७५ मा उल्लेख हेर्नुहोस्।
- 1 2 Guichaoua, André (२ जनवरी २०२०), "Counting the Rwandan Victims of War and Genocide: Concluding Reflections", Journal of Genocide Research 22 (1): 125–141, आइएसएसएन 1462-3528, डिओआई:10.1080/14623528.2019.1703329, मूलबाट १७ फेब्रुअरी २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ मे २०२१।
- ↑ Sheshadri, Raja, "Pygmies in the Congo Basin and Conflict", अमेरिकी विश्वविद्यालय, मूलबाट ४ मार्च २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ मार्च २०१७।
- 1 2 Nowrojee 1996.
- ↑ Barnett, Michael (२०१५), Eyewitness to a Genocide: The United Nations and Rwanda (अङ्ग्रेजीमा) (Afterword संस्करण), Cornell University Press, पृ: 1, 15, 131–132, आइएसबिएन 978-0-8014-3883-7।
- ↑ Reydams, Luc (२०२०), "'More than a million': the politics of accounting for the dead of the Rwandan genocide", Review of African Political Economy 48 (168): 235–256, डिओआई:10.1080/03056244.2020.1796320, "The government eventually settled on 'more than a million', a claim which few outside Rwanda have taken seriously."
- ↑ McGreal, Chris (२९ मार्च २००४), "'It's so difficult to live with what we know'", The Guardian (en-GBमा), आइएसएसएन 1756-3224।
- ↑ Prunier 1995, पृष्ठ 247.
- ↑ Sullivan, Ronald (७ अप्रिल १९९४), "Juvenal Habyarimana, 57, Ruled Rwanda for 21 Years", The New York Times (en-USमा), आइएसएसएन 0362-4331, मूलबाट १३ जुन २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ फेब्रुअरी २०२०।
- ↑ "Ignoring Genocide (HRW Report – Leave None to Tell the Story: Genocide in Rwanda, March 1999)", www.hrw.org, मूलबाट २८ अक्टोबर २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ जुन २०१९।
- ↑ Sullo, Pietro (२०१८), "Writing History Through Criminal Law: State-Sponsored Memory in Rwanda", The Palgrave Handbook of State-Sponsored History After 1945 (अङ्ग्रेजीमा), Palgrave Macmillan UK, पृ: 69–85, आइएसबिएन 978-1-349-95306-6।
- ↑ Yakaré-Oulé, Jansen (११ अप्रिल २०१४), "Denying Genocide or Denying Free Speech? A Case Study of the Application of Rwanda's Genocide Denial Laws", Northwestern Journal of Human Rights 12 (2): १९२, मूलबाट १६ जुन २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ जुन २०१९।
- ↑ Chrétien 2003, पृष्ठ 44.
- 1 2 3 Mamdani 2002, पृष्ठ 61.
- ↑ Chrétien 2003, पृष्ठ 58.
- ↑ Prunier 1999, पृष्ठ 16.
- ↑ Luis 2004.
- ↑ Mamdani 2002, पृष्ठ 58.
- ↑ Chrétien 2003, पृष्ठ 69.
- ↑ Shyaka, पृष्ठ. 10–11.
- ↑ Mamdani 2002, पृष्ठ 52.
- ↑ Chrétien 2003, पृष्ठ. 88–89.
- ↑ Chrétien 2003, पृष्ठ 482.
- 1 2 Chrétien 2003, पृष्ठ 160.
- 1 2 Mamdani 2002, पृष्ठ 69.
- ↑ Pottier 2002, पृष्ठ 13.
- ↑ Prunier 1999, पृष्ठ. 13–14.
- ↑ उद्दरण त्रुटी: अवैध
<ref>चिनो;Tottenनामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन - ↑ Appiah & Gates 2010, पृष्ठ 218.
- ↑ Carney 2013, पृष्ठ 24.
- ↑ Prunier 1999, पृष्ठ 25.
- ↑ Bruce D. Jones, Peacemaking, S. 17 f; Carsten Heeger, Die Erfindung, S. 23–25.
- ↑ Chrétien 2003, पृष्ठ. 217–18.
- ↑ Prunier 1999, पृष्ठ. 25–26.
- ↑ Prunier 1999, पृष्ठ 26.
- ↑ Chrétien 2003, पृष्ठ 260.
- ↑ Prunier 1999, पृष्ठ 35.
- ↑ Gourevitch 2000, पृष्ठ. 56–57.
- ↑ Kamusella, Tomasz (१९ जुलाई २०२२), "Ethnicity and Estate: The Galician Jacquerie and the Rwandan Genocide Compared", Nationalities Papers 50 (4): 684–703, डिओआई:10.1017/nps.2021.12, मूलबाट ६ जुन २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ जुन २०२१ – Cambridge University Pressद्वारा।