रुस-जापानी युद्ध
| रुस-जापानी युद्ध | |||||||||
|---|---|---|---|---|---|---|---|---|---|
माथिबाट घडीको सुईमा: पोर्ट आर्थरमा गोलीबारी भएको रुसी क्रूजर पल्लाडा, मुक्देनमा रुसी घोडचढी, चेमुल्पो खाडीमा रुसी क्रूजर वर्याग र गनबोट कोरिएट्ज, पोर्ट आर्थरमा जापानीहरूको मृत्यु, यालु नदी पार गर्दै जापानी पैदल सेना | |||||||||
| |||||||||
| योद्धा | |||||||||
| सेनापतिहरू | |||||||||
| शक्ति | |||||||||
|
१,३६५,००० (जम्मा)[२]
|
१,२००,००० (जम्मा)[२]
| ||||||||
| मृत्यु र क्षति | |||||||||
|
जम्मा: ४३,३००–७१,४५३ मृतक[४][५]
भौतिक क्षति:
|
जम्मा: ८०,३७८–९९,००० मृतक[४][५][६]
भौतिक क्षति:
| ||||||||
रुस-जापानी युद्ध (८ फेब्रुअरी १९०४ - ५ सेप्टेम्बर १९०५) मन्चुरिया र कोरियाली साम्राज्यमा प्रतिद्वन्द्वी साम्राज्यवादी महत्वाकांक्षालाई लिएर रुसी साम्राज्य र जापान साम्राज्य बीच लडिएको थियो। युद्धका प्रमुख भूमि युद्धहरू लियाओडोङ प्रायद्वीप र दक्षिणी मन्चुरियाको मुक्देन नजिकै लडिएका थिएँ, जसमा नौसेना युद्धहरू पहेँलो सागर र जापान सागरमा भएका थिएँ।
१६औँ शताब्दीमा इभान द टेरिबलको शासनकालदेखि नै रुसले साइबेरिया र सुदूर पूर्वमा विस्तारवादी नीति अपनाएको थियो। पहिलो चीन-जापानी युद्धको अन्त्यमा, १८९५ को शिमोनोसेकीको सन्धिले ट्रिपल हस्तक्षेप अघि लियाओडोङ प्रायद्वीप र पोर्ट आर्थर जापानलाई सुम्पिएको थियो, जसमा रुस, जर्मनी र फ्रान्सले जापानलाई आफ्नो दाबी त्याग्न बाध्य पारेका थिएँ। जापानलाई डर थियो कि रूसले मुख्यभूमि एसियामा प्रभाव क्षेत्र स्थापना गर्ने आफ्नो योजनामा बाधा पुर्याउनेछ, विशेष गरी रूसले ट्रान्स-साइबेरियन रेलमार्ग निर्माण गर्दा, कोरियामा प्रवेश गर्न थालेपछि, र १८९८ मा चीनबाट लियाओडोङ प्रायद्वीप र पोर्ट आर्थरको भाडामा लिएपछि। जापानले १९०२ मा एङ्ग्लो-जापानी गठबन्धनमा हस्ताक्षर गर्यो, र जापानको प्रभाव क्षेत्रको हिस्साको रूपमा कोरियालाई मान्यता दिनको बदलामा मन्चुरियामा रूसको प्रभुत्वलाई मान्यता दिन प्रस्ताव गर्न थाल्यो। यद्यपि, यो रूसले अस्वीकार गरेको थियो।
वार्ता भङ्ग भएपछि, जापानले ९ फेब्रुअरी १९०४ मा पोर्ट आर्थरमा रुसी प्रशान्त बेडामाथि अचानक आक्रमण गर्दै शत्रुता सुरु गर्यो। दुवै पक्षले युद्धको घोषणा गरे, र जापानी सेनाहरू कोरियामा अवतरण गरे, मे महिनामा यालु नदी पार गरेर मन्चुरिया पुगे र लियाओडोङ प्रायद्वीपमा थप सेनाहरू अवतरण गरे। अगस्टमा, जापानीहरूले पोर्ट आर्थरलाई घेराबन्दी गरे, जुन अन्ततः जनवरी १९०५ मा पतन भयो। मार्च १९०५ मा, जापानी सेनाले भारी लडाइँ पछि मन्चुरियन राजधानी मुक्देन नियन्त्रण गरे। बाल्तेली सागरबाट सात महिना र १८,००० समुद्री माइल (३३,००० किलोमिटर) भन्दा बढी यात्रा गरेको रुसी बाल्तेली बेडा मे महिनामा यस क्षेत्रमा आइपुग्यो र सुशिमाको युद्धमा जापानी संयुक्त बेडाद्वारा रोकियो र नष्ट गरियो। अमेरिकी राष्ट्रपति थियोडोर रुजवेल्टको मध्यस्थतामा पोर्ट्समाउथको सन्धि (५ सेप्टेम्बर १९०५) सँग युद्ध समाप्त भयो।
युरोपेली र पश्चिमी शक्तिमाथि एसियाली र गैर-पश्चिमी राष्ट्रको पूर्ण सैन्य विजयले अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूलाई चकित पार्यो र विश्वव्यापी शक्ति सन्तुलनलाई परिवर्तन गर्यो, जसको परिणामस्वरूप जापान साम्राज्य एक महाशक्तिको रूपमा देखा पर्यो र युरोपेली शक्तिहरूमाझ रुसी साम्राज्यको प्रतिष्ठा घट्यो। रूसले अपमानजनक पराजयको कारणले गर्दा आन्तरिक अशान्ति बढ्यो जुन १९०५ को रुसी क्रान्तिमा परिणत भयो, जसको क्रममा रुसी निरङ्कुशतालाई छुट दिन बाध्य पारियो। यद्यपि, अझ व्यापक रूपमा, जापानको विजयले एसियामा युरोपेली प्रभुत्वको विश्वसनीयतालाई प्रभावकारी रूपमा क्षति पुर्यायो।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Али Ага Шихлинский в русско-японской войне (1904-1905 гг.)", १८ अगस्ट २०२१।
- ↑ २.० २.१ Mitchell, T. J.; Smith, G. M. (१९३१), Casualties and Medical Statistics of the Great War, London: Her Majesty's Stationery Office, पृ: ६, ओसिएलसी 14739880।
- ↑ Reese 2019.
- ↑ ४.० ४.१ Dumas, S.; Vedel-Petersen, K.O. (१९२३), Losses of Life Caused By War, Oxford: Clarendon Press, पृ: 57–59।
- ↑ ५.० ५.१ Matthew White, "Mid-Range Wars and Atrocities of the Twentieth Century – Russo-Japanese War", Historical Atlas of the Twentieth Century, मूलबाट १० सेप्टेम्बर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ अक्टोबर २०१३।
- ↑ Uralanis, Boris (१९६०), [Wars and the population of Europe: human losses of the armed forces of European countries in the XVII-XX centuries]
|trans-title=|title=आवश्यक (सहायता) (रुसीमा), Moscow: Социально-экономическая литература, पृ: १३४।