रेडियो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
रेडियो

सन् १८९५ मा इटालियन वैज्ञानिक जि. मार्कोनीले विद्दुतीय तारबिना आवाज सम्प्रेषण गर्न सफल भएपछि विश्वमा रेडियोको अविष्कार भएको हो । यस रेडियो प्रविधीलाई वायरलेस अथात् बेतार भन्ने गरिन्थ्यो । सन् १९०१ मा माकोर्नीले रेडियो सङ्केतलाई आन्ध्र महासागर वारपार २१०० माइल टाढासम्म सुन्ने बनाएपछि रेडियो प्रविधि विश्वमा फैलिएको हो। विश्वमा औपचारिक रूपमा रेडियो प्रसारण अमेरिकाको पेन्सलभेनिया सहरबाट सन् १९२० मा भएको थियो।

रेडियो प्रसारणसम्बन्धि विद्युत-चुम्बकीय तरङ्गको सिद्धान्त सन् १८६० मा प्रतिपादन भएतापनि सन् १९१९ मा मात्र रेडियो प्रसारण सुरु भएको हो। अक्टोबर सन् १९१९ मा अमेरिकाको पिट्सवर्ग शहरमा वेस्टिङहाउस कम्पनीले पहिलो व्यावारिक रेडियो खोलेको हो। सन् १९२०को दशकमा अमेरिका र बेलायतमा रेडियो प्रसारणले गति लियो।

यसैक्रममा सन् १९२२ मा ब्रिटिस ब्रोडकास्टिङ कम्पनीको स्थापना भयो जुन सन् १९२७ मा आएर ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसनमा परिणत भयो। नेपालमा अप्रिल सन् १९५० (२० चैत्र २००७) देखि काठमाडौमा औपचारिक रूपमा सरकारी स्तरबाट प्रजातन्त्र नेपाल रेडियो खुलेको हो। यसै रेडियोलाई पछि रेडियो नेपाल नामाकरण गरिएको हो।

नेपालमा सरकारी स्तरबाट प्रसारण थालिएको झण्डै ५० वर्षपछि गैर सरकारी क्षेत्रमा एफएम प्रविधिको प्रयोग गरी रेडियो प्रसारण गर्नका लागि इजाजत दिने काम सुरु भयो। विस २०५४ मा स्थापित रेडियो सगरमाथा दक्षिण एसियाकै पहिलो गैर सरकारी रेडियो स्टेशन हो।


रेडियो कर्मी ,- रेडियोमा काम गर्ने पत्रकार तथा अन्य कर्मचारीलाई रेडियो कर्मी भनिन्छ .नेपालमा रेडियो कर्मीको संख्या करिब ५००० जति भएको अनुमान छ .पछिल्लो समयमा रेडियो का प्राबिधिक ,प्रस्तोता सबैलाई पत्रकार भनेर समेत परिभाषित गरिएको छ .समाचार मा काम गर्ने सबैलाई यस अघिनै पत्रकार भनिन्थ्यो . पत्रकार महासंघले दलित जनजाती भए कम्तिमा दस जोड २ गरी १ वर्ष रेडियो मा काम गरेको तथा अन्य भए २वर्ष रेडियो मा काम गरेको व्यक्तिलाई सदस्यको लागि योग्य मानेको छ.स्नातक भए सबैलाई १वर्ष को कार्य अनुभव अनिवार्य छ . नेपालको पहिलो रेडियो कर्मी तारणी प्रसाद कोइराला हुन् .त्यस्तै गजाधरभक्त माथेमा, कवि फणीश्वरनाथ रेणु( हिन्दी) विजयालक्ष्मी (वि.पि. कोइरालाकी बहिनी) सुरुआति अन्य रेडियो कर्मी हुन् .२००७ साल मंसिर २८ गते बिहान ८:३० बजे एकाएक एउटा प्रसार सुनियो- "यो नेपाल प्रजातन्त्र रेडियो हो। हामी विराटनगर मुक्तिमोर्चाबाट बोलिरहेका छौ।" यो नै नेपाली रेडियो कर्मीले बोलेको पहिलो आवाज हो.. रेडियो नेपालमा प्रथम समाचारवाचक नेपाली - तारणीप्रसाद कोइराला अङ्ग्रेजी - मधुसूदन देवकोटा हिन्दी - राजेन्द्रकुमार गुप्ता नेवारी (नेपाल भाषा) - हरि श्रेष्ठ मैथली - डा. चन्द्रेश्वर साह तामाङ - रमिता लामा मगर - हर्क आले मगर लिम्बू - बालकृष्ण माबोहाङ राई (बान्तवा) - चन्द्रकला राई गुरूङ - गोविन्द गुरूङ पूर्वीय थारु - भूदेव भगत पश्चिमे थारु - नेमासिं थारु अवधि - दिग्विजय मिश्र भोजपुरी - राकेश सिंह संस्कृत - अलका आत्रेय, शेर्पा - ङवाङ, होसेर लामा उर्दू - महमद अली उल्लाह नेपालका प्रसिद्ध केहि रेडियोकर्मी हरूमा पाण्डव सुनुवार, दाहाल यज्ञनिधि, शान्ता श्रेष्ठ, बाशुदेव मुनाल, मिरा राना, तर थापा रबिन शर्मा, कोमल ओली, अमरध्वज लामा, धन लामा, नबराज लम्साल, नबिन दाहाल, एफएम मार्फत चर्चामा आएका रेडियो कर्मीहरु भागिरथ कुमार पोखरेल, दिनेश डिसी, हेम सुबेदी, डियर कल्याण, अच्युत घिमिरे, नारायण श्रेष्ठ, गोपाल गुरागाईं, हेम सुबेदी, नारायण भण्डारी, रमेश हतुवाली "भट्टराई", जस कुमार राई, तोया \शुष्मा सोहम सुबेदी, मन्टेश्वरी राज भण्डारी, रमाईलो सुवास, बिनोद ढुंगेल, सुरेश आचार्य, मनोज पन्त, ज्ञानेन्द्र तामाङ, किरण मरहठ्ठा, समन्तराज न्यौपाने, सुरेश दर्पण पोखरेल, रिपेश ऋद्धि दाहाल, दिपेन्द्र खनिया \जुनु राजा राजेन्द्र महावीर बिश्वकर्मा, राजेन्द्र आचार्य, मंजु पौडेल, शिखर गजरकोटे, सबिना कार्की, अम्बिका प्रधान, प्रतिक तामांग, रिपेश दाहाल,,विनोद परियार आदि रहेका छन् ।

यी पनि हेर्नुहोस्[सम्पादन गर्ने]