रेडियो अध्यात्म ज्योति

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
रेडियो अध्यात्म ज्योति
प्रशारण क्षेत्र:काठमाडौं उपत्यका
आवृति१०४.८ मेगाहर्ज
प्रकार:समाचार ,अध्यात्मिक कार्यक्रम,धर्म संस्कृति,
भाषानेपाली
वेब प्रसारणworldradiomap.com/np/play/adhyatma-jyoti
वेबसाइटradioadhyatmajyoti.com.np

रेडियो अध्यात्म ज्योति काठमाडौं उपत्यका बाट सञ्चालित एफएम स्टेसन हो। एफएम १०४.८ मेघाहर्जमा प्रसारण हुने यो एफएममा विशुद्द अध्यात्मिक कार्यक्रमहरु प्रसारण हुन्छन्। २०५५ साल बैसाख २६ गते स्थापना भएको यो एफएमले शुरुमा रेडियो नेपालको एफएम १०० मेघाहर्ज बाट आफ्नो पहिलो प्रसारण शुरु गरेको थियो । २०५८ माघ देखि डिल्लीबजार बजार स्थित आफ्नै प्रसारण केन्द्र बाट प्रसारण हुदै आएको छ । एफ एम अध्यात्मज्योति शान्ति रेडियो।[स्रोत नखुलेको]

पृष्टभुमी[सम्पादन गर्ने]

आध्यात्मीक रेडियो अरु व्यवसायीक र सामुदायीक रेडियोको तुलनामा फरक छ । आध्यात्मीक ज्ञानले मानिसहरुलाई सकारात्मक सोचको विकास गरि जीवनलाई सहि मार्गमा हिडाउन मदद्त गर्दछ । आफनो छुट्टै पहिचान, विशेषता र समुदाय प्रतिको जिम्बेवारी यसका पृथक आधारहरु हुन ।  शुरुका दिनहरुमा रेडियो नेपालबाट विहानको कार्यक्रममा कही अंशमात्र आध्यात्मीक चिन्तन सम्बन्धी कार्यक्रमहरु प्रसारण हुने गदथ्यो । यस संग सम्बन्धीत श्रोताहरुले आफ्नो रोजाइका भजनहरु सुन्ने अवसरबाट पनि बन्चित भएका परिप्रेक्षमा आध्यात्मीक चिन्तन , सफल जीवन भन्ने नाराका साथ एफ एम अध्यात्मज्योति रेडियो स्थापना गरिएको हो ।

परिचय[सम्पादन गर्ने]

आध्यात्मीक ज्ञानले मानिसहरुलाई सकारात्मक सोचको विकास गरि जीवनलाई सहि मार्गमा हिडाउने भएकोले यस बाट जनतालाइृ सुसुचित गराउने उदेश्यले स्थापीत यस एफ एम स्टेशन वि स .............सालमा स्थापना भएको हो । स्थापनाकालमा १०० मेगाहर्जबाट शुरु भएको यस स्टेशनले आफ्नो जीवनकालको दौरानमा देखा परेका अनेक बाधा व्यवधानलाई पार गर्दै आजको आवस्थामा आइपुगेको छ । आध्यात्मीक दर्शनको पक्षमा उभिएर आफ्ना हरेक कार्यक्रमहरु मार्फत  व्यवसायीक क्षेत्रमा समेत अगाडि सर्दै गरेको यस स्टेशनले भविश्यमा आफ्ना श्रोताहरु समक्ष यो भन्दा पनि अझ बढी मनोरन्जनात्मक कार्यक्रमहरु दिने काममा अगाडि सर्नेछ ।

==उदेश्य ==[स्रोत नखुलेको]

  1. मानिसहरुमा आध्यात्मीक चिन्तनको विकास गराउने।
  2. स्थानीय कला सस्कृति, साहित्य र असल सस्कारको प्रबर्धन र विकास गरि स्रंरक्षण गर्ने ।  
  3. निस्वार्थ सहयोगी भावना सहितको समाजको निमार्णका लागि सहयोगी संचारको भुमिका निर्बाह गर्ने।

रणनिती[सम्पादन गर्ने]

  • आफ्नो बेग्लै पहिचान बनाउन सफल यस रेडियोले अन्य व्यवसायीक रेडियो संग प्रतिस्पर्धी  रुपमा नभै सह यात्रीको रुपमा सम्बन्ध विकास गर्नेछ ।  
  • राजर्नैतिक, व्यक्तिगत हस्तक्षेप, दबाबबाट टाठै भई कार्यक्रम हरु संचालन गर्ने ।
  • व्यवसायीक प्रबर्दनका लागि पनि आध्यात्मीक सोचमा नै अडिग रहेर कार्यक्रमहरु प्रसारण गर्ने ।
  • समाजका हरेक व्यक्तिमा आध्यात्मीक सोचको विकास गराउन सहयोगीको भमिमा निर्बाह गर्ने

संचालन[सम्पादन गर्ने]

विहान ५ बजे देखि बेलुका ९ बजे सम्म कार्यक्रमहरु प्रसारण हुन्छन।[स्रोत नखुलेको]

कभरेज र श्रोताहरु[सम्पादन गर्ने]

आफ्ना श्रोताहरुलाइृ भरपुर आध्यात्मीक मनोरञ्जन दिन सफल यो एफ एम काठमाडौं उपत्यकाका सम्पूर्ण क्षेबहरु सहित आसपासका जिल्लाहरू नुवाकोट, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, बारा, पर्सा, धादिङ , गोरखा,, मकवानपुर आदि लगायतका जिल्लाहरूमा प्रस्ट संग सुन्न सकिन्छ । यो रेडियो अन्य रेडियोहरु भन्दा भिन्दै किसीमको भएकोले यसका आफ्नै प्रकारका श्रोताहरु छन ।[स्रोत नखुलेको] 

बनौट र  खुबी[सम्पादन गर्ने]

बैज्ञाानिक प्रविघिबाट निमार्ण गरिएको यस स्टेशनमा स्टुडियो उपकरणहरुको सम्पूर्ण व्यवस्था गरिएको छ । योग्य रेडियो प्रस्तोताहरु रहेका यस स्टेशनमा व्यवस्थापनहरुको सक्षमताका कारण गुणस्तरीय कार्यक्रमहरु उत्पादन हुने गरेका छन । आध्यात्मीक सोच राख्ने श्रोताहरुका लागि एक मात्र स्टेशन भएकोले यसले आफ्ना श्रोताहरुबाट अत्याधिक समर्थन पाएको छ ।    

कार्यक्रमको ढाँचा[सम्पादन गर्ने]

विहान र बेलुकाको सेवामा सम्पूर्ण रुपमा आध्यात्मिक कार्यक्रमहरु संचालन गरिएको छ । तर दिउसोको सेवा भने अन्य रेडियो सरह हरेक बर्ग, जाती,, समाज का लागि उपयोगी हुने कार्यक्रमहरु संचालन गरिएको छ ।

लक्षित समुह[सम्पादन गर्ने]

हाम्रो श्रोताहरु भनेका विशेष गरि तिस बर्ष उमेर कटेका मानिसहरु पर्दछन तर आध्यात्मीक चिन्तनmलाई उमेरले फरक नपर्ने भएकाले यो चिन्तन संग नजिक रहने सम्पूर्ण  मानिसहरु हाम्रा श्रोताहरु ह्ुन ।    

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]