रेडियो आँधीखोला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
रेडियो आँधीखोला
प्रशारण क्षेत्र: नेपाल
संस्थाको प्रकार सामुदायिक
नारा: सामुदायिक रेडियो आँधीखोला
आवृति (फ्रिक्वेन्सी): १०५.४ मेगाहर्ज
प्रथम प्रशारण मिति २०६४ मंसिर ६
प्रकार: समाचार, सूचना, मनोरञ्जन
भाषा: नेपाली
ERP ५०० वाट
स्वामित्व: आँधीखोला सञ्चार सहकारी संस्था लिमिटेड
वेबप्रशारण अनलाईन सुन्नुहोस
वेबसाइट रेडियो आँधीखोला

स्याङ्जामा आँधीखोला सञ्चार सहकारी संस्था लिमिटेड द्वारा सहकारी मूल्य-मान्यता र सिद्धान्त अनुसार सञ्चालन हुने गरी सहकारी ऐन २०४८ अन्तर्गत स्थापित रेडियो आँधीखोला एक सञ्चार सहकारी संस्था हो । यसको औपचारिक समुद्द्याटन २०६४ साल मंसिर ६ गते भई यस अन्तर्गत रेडियो आँधीखोला १०५.४ मेगाहर्ज सञ्चालन भई आएको छ । राष्ट्रमै शिक्षाचेतनाको हैसियतले विशिष्ट प्रतिष्ठा आर्जन गर्न सफल स्याङ्जाबासीहरुको र जिल्लामा सञ्चार क्षेत्रमा कार्य गर्ने कुनै पनि इलेक्ट्रोनिक मिडिया स्थापित नभएको अवस्थामा स्याङ्जाको मध्यवर्ती क्षेत्र वालिङ नगरपालिका र यसको सेरोफेरोमा बस्ने विभिन्न बर्ग, धर्म, समुदाय, जातजाति र आस्थासँग सम्बद्ध ब्यक्तिहरुको सामुहिक आर्थिक लगानी र प्रयासमा रेडियो आँधीखोलाको जन्म भएको हो ।[१]

पहुँच[सम्पादन गर्ने]

स्थापनाको छोटो समयमा नै रेडियो आँधीखोलाले यसको आसपासका पाल्पा, पर्वत, तनहुँ, गुल्मी, अर्घाखाँची, कास्की, बाग्लुङ, मुस्ताङ, मनाङ सहितका १५ वटा जिल्लाका जनताहरुमा विहान ०५:३० देखि राती १०:०० बजे सम्म आफ्ना सुचना तथा समाचारमुलक, लोकसाँस्कृतिकचेतनामुलक कार्यक्रमहरु मार्फत अत्यन्त लोकप्रिय बन्न पुगिसकेको छ ।[२][३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]