रेडियो पाल्पा
Jump to navigation
Jump to search
प्रशारण क्षेत्र: | नेपाल |
---|---|
आवृति | ९७.१ मेगाहर्ज |
प्रकार: | समाचार, सूचना, मनोरञ्जन |
भाषा | नेपाली |
वेबसाइट | palpafm |
रेडियो पाल्पा (अङ्ग्रेजी: Radio Palpa) एक मनोरञ्जनात्मक नेपाली एफ एम च्यानल हो। यस एफ एम च्यानलको मुख्यालय पाल्पा जिल्लामा अवस्थित छ। यस एफ एमको प्रसारण च्यानल ९७.१ मेगाहर्ज रहेको छ भने यसबाट समाचार, सूचना तथा मनोरञ्जनको सामग्रीहरू प्रसारण गर्ने गरिन्छ । यो रामपुर मिडिया प्रा.ली.द्वारा सञ्चालित एफ एम हो । यस एफ एमले २०७० साल माघ ५ गते देखि परीक्षण प्रसारण र २०७० साल फागुन ५ गते देखि विधिवत रूपमा नियमित प्रसारण सुरुवात गरेको थियो । [१]
यस एफ एमको श्रोता करिब ११ लाख भन्दा बढी रहेको अनुमान गरिएको छ । यसको प्रसारण पाल्पाबाट भएता पनि नवलपरासी, तनहुँ, स्याङ्जा, देखि उत्तरपश्चिमको गुल्मी, अर्घाखाँची, पर्वत, मुस्ताङ, धादिङ, गोरखा, रुपन्देही तथा आसपासका जिल्लाहरूमा समेत यसको प्रसारण समात्ने गर्दछ ।