रेडियो बिहानी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search

रेडियो बिहानी ९७.६ मेगाहर्ज धादिङबाट प्रशारित रेडियो हो। रेडियोले २०६६ साल मङ्सिर १२ गतेबाट आफ्नो प्रसारण प्रारम्भ गरेको हो। "जनतालाई सचेत अनि शासकलाई जन-उत्तरदायी बनाउने" उदेश्यका साथ प्रसारणमा आएको रेडियो, शहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड धादिङले सञ्चालन गरेको हो। रेडियोको प्रसारण क्षमता ५०० वाट रहेको छ। रेडियो निलकण्ठ गाँउ विकास समिती वडा नं. ५ धादिङबेशीमा अवस्थित छ। रेडियोले सुनौलाबजार गाँउ विकास समिती स्थित भैरबी डाँडामा आफ्नो सव-स्टेसन राखेर नियमित प्रसारण गर्दै आएको छ। यस रेडियोले धादिङका अलावा गोरखा, नुवाकोट, रसुवा, मकवानपुर, चितवन, नवलपरासी, लमजुङ, कास्की, तनहुँ, स्याङ्जा, पाल्पा, बाग्लुङ अर्घाखाँची , पर्वत, कपिलवस्तु, दाङ, प्युठान, रोल्पा, रुकुम, मनाङ, मुस्ताङ, काठमान्डौ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, सिन्धुली, रामेछाप लगगायत अन्यकेहि जिल्लाहरूमा पनि आफ्नो प्रसारण पहुँच पुर्‍याउन सफल भएको छ। रेडियोले सूचना , संगित र मनोरञ्जनका साथ-साथै विविध जन-पक्षिय कार्यक्रमहरू पनि प्रसारण गर्दै आएको छ।www.radiobihani.blogspot.com

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]