रेडियो मदनपोखरा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
रेडियो मदनपोखरा
प्रशारण क्षेत्र:नेपाल
संस्थाको प्रकारसामुदायिक
नारा:सामुदायिक सञ्चार विकासको आधार
आवृति१०६.९ मेगाहर्ज
प्रथम प्रसारण२०५५
प्रकार:समाचार, सूचना, मनोरञ्जन
भाषानेपाली
ERP५०० वाट
स्वामित्व:मदनपोखरा
वेब प्रसारणअनलाईन सुन्नुहोस
वेबसाइटरेडियो मदनपोखरा

सामुदायिक रेडियो मदनपोखरा नेपालका सामुदायिक रेडियोहरूमध्ये एक उदाहरणीय र उत्कृष्ट रेडियोका रूपमा परिचित छ । एफ.एम.१०६ थोप्लो ९ मेगाहर्जमा प्रसारित यो रेडियो उपत्यका बाहिर जनस्तरबाट खुलेको पहिलो रेडियो स्टेशन हो ।[१]

परिचय[सम्पादन गर्ने]

सारेम प्रदेश नं. ५ को पहाडी जिल्ला पाल्पामा अवस्थित छ । सामुदायिक भावना, श्रमप्रति आस्थावान यस क्षेत्रका बुद्धिजीवी, समाजसेवी, कृषक, शिक्षक एवम् नविन कार्य गर्न उत्सुक युवाहरूको लामो प्रयासपछि २०५५ सालमा सूचना तथा सञ्चार मन्त्रालयबाट इजाजतपत्र (लाईसेन्स) प्राप्त गरेको यो दक्षिण एसियाकै पहिलो ग्रामीण सामुदायिक रेडियो हो ।[२]

उद्धेश्य[सम्पादन गर्ने]

सूचना र विचारको प्रवाहमार्फत समुदायलाई ज्ञान, शिक्षा र मनोरञ्जन प्रदान गरी नागरिकलाई सूचनाको मालिक बनाउने र समाजको सामाजिक रुपान्तरण गर्ने उद्धेश्य राखी यसको स्थापना गरिएको हो । सामुदायिक बहुसञ्चार केन्द्र मदनपोखरा पाल्पाद्वारा सञ्चालित यो रेडियोले लोकतान्त्रिक अभ्यास, मानवअधिकार, कृषिमा रूपान्तरण र सभ्य समाज निर्माणमा कार्यक्रम केन्द्रित गर्दछ। हाल बिहानदेखि साँझसम्म लगातार दैनिक १७ घण्टा रेडियो प्रसाण हुन्छ । अहिले यसको प्रसारणले पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, पर्वततनहुँ लगायतका धेरै जिल्लालाई प्रसारणमार्फत ढाकेको छ । प्रारम्भमा १०० वाटको ट्रान्समिटरबाट प्रसारण शुरु गरेको यस रेडियोले हाल ५०० वाटको ट्रान्समिटरबाट प्रसारण गरिरहेको छ ।[३]

समुदाय र आवश्यकता[सम्पादन गर्ने]

समुदायको रुचि, चाहना र आवश्यकतामा आधारित कार्यक्रम उत्पादन तथा प्रसारण गरेर यसले रेडियोको इतिहासमै सिर्जनशील प्रसारण संस्थाका रूपमा पहिचान बनाएको छ । सामुदायिक र गुणस्तरीय कार्यक्रम उत्पादन तथा प्रसारण नै यसको विशेषता हो । ग्रामीण स्तरमा खोलिएको दक्षिण एसियामै पहिलो सामुदायिक रेडियो मदनपोखराले आफ्नो स्थापनाको २२ औँ वार्षिकउत्सव समारोह मनाएको छ ।[४]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "बीबीसी नेपाली सेवाका साझेदारहरु" 
  2. "स्थानिय शुसासन कायम गर्न स्थानिय रेडियोको भूमिका" 
  3. "नेपाली रेडियोका समाचार बुलेटिन र तिनको विश्वसनीयता", ०३ फाल्गुण २०६९, अन्तिम पहुँच ०३ फाल्गुण २०६९ 
  4. सुवेदी, सम्झना (२०७१ चैत २४), "रेडियो मदनपोखरा १७ वर्षमा", (प्रशिक्षार्थी) (मेचीकाली), अन्तिम पहुँच पाल्पा, चैत २४ 

बाह्य कडीहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]