रेडियो रामारोशन
यस लेखमा गरिएका दावीहरूको प्रमाणिकता विवादित रहेको छ। |
![]() रेडियो रामारोशनको लोगो | |
प्रशारण क्षेत्र: | अछाम, (नेपाल) |
---|---|
आवृति | ९२ मेगाहर्ज |
प्रथम प्रसारण | वि.सं. २०६४ पौष ३ गते |
प्रकार: | मनोरञ्जन ,सूचना, शिक्षा |
भाषा | नेपाली, अछामी, डोटेली |
स्वामित्व: | सुदूर सञ्चार समाज, नेपाल |
वेबसाइट | www |
रेडियो रामारोशन नेपालको एक सामुदायीक एफ.एम. रेडियो हो। यसको प्रसारण अछाम जिल्लाको मंगलसेन न.पा.को वडा नंवर ६ स्थित ठुलासैन (तत्कालीन जनलीवन्डाली गा.वि.स.) भन्ने स्थानबाट एफ.एम. बैण्ड ९२ मेगाहर्जमा भैरहेको छ। ५०० मेगावाट क्षमता भएको यो रेडियोको प्रसारण नेपालको अछाम जिल्लाका साथै मध्य तथा सुदूर पश्चिमका अधिकांस जिल्लाहरू जस्तै:- दैलेख, कालिकोट, सुर्खेत, बाजुरा, डोटी आदी जिल्लाहरूमा सुनिन्छ भने इन्टरनेटको माध्यमबाट संसार भरमा सुन्न सकिन्छ।[स्रोत नखुलेको] आफुलाई समुदायको साथी भनेर चिनाउने सामुदायीक रेडियो रामारोशले अछाम जिल्लाको प्रसिद्ध पर्टकिय स्थल रामारोशनको नामबाट वि.स. २०६४ साल पौष ३ गतेबाट आफ्नो प्रसारण आरम्भ गरेको थियो। सुदूर सञ्चार समाज, नेपालको स्वामित्वमा रहेको रेडियो रामारोशनले स्थानिय भाषा, संस्कृति, पर्यटनको जगेर्ना गरेर पिछडीएको समुदायलाई विकिसको मार्ग तर्फ लगाउने लक्ष राख्दै आएको छ। विभिन्न कार्यक्रम मार्फत यो रेडियोले आफ्ना श्रोताहरूलाई दैनिक १८ घण्टाको प्रसारण सेवा दिंदै आएको छ।[स्रोत नखुलेको]
परिकल्पना तथा उदेश्य[सम्पादन गर्ने]
सुसूचित, सुसंस्कृत, समतामुलक र सम्बृद्ध समाजको निर्माण गर्ने परिकल्पना राखेको रेडियो रामारोशनको सञ्चार क्षेत्रको विकासद्वारा जनतालाई सुसूचित गराउँदै भन्ने ध्यये रहेको छ।[१]
लक्ष्य[सम्पादन गर्ने]
रेडियो रामारोशनको लक्ष सूचनाको मुल प्रवाहबाट पछाडी परेका जनताहरूलाई सुसूचित गराइ सशक्तिकरण मानव अधिकारको संरक्षण तथा स्थानिय लोक संस्कृति आदिको विकास प्रवर्द्धन तथा विकास गर्ने र समुदायलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गर्ने भन्ने रहेको छ।[१]
उदेश्य[सम्पादन गर्ने]
आम सञ्चारको विकास गर्नुका साथै विकास र सुशासनको लागि जनचेतना मुलक कार्यहरू सञ्चालन गर्ने उदेश्यले रेडियो रामारोशनले स्थानिय भाषामा समुदायलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गर्ने गर्दछ। रेडियो रामारोशनको मुल उदेश्यले नै स्थानिय भाषा, संस्कृति, ज्ञान, सिप, पर्यटन, जैविक विविधता आदीको संरक्षण र सम्बर्द्धनमा टेवा पुगाउनुका साथै रेडियोको माध्यमबाट समुदायमा चेतना अभिवृद्धी गरी सशक्तीकरण गर्ने रहेको छ। यसका साथै रेडियो रामारोशनको स्थानिय भाषा, कला, संस्कृतिको जगेर्ना गर्ने र कृषि, पर्यटन, वातावरण, सञ्चार, स्वास्थ्य गरिबी निवारण विकास तथा समुदायमुखी क्रियाकलापहरूमा सहकार्य गर्ने अर्को उदेश्य रहेको छ।[१]
सञ्चालन प्रक्रिया[सम्पादन गर्ने]
रेडियो रामारोशनको व्यवस्थापन र सञ्चालन गर्न एक स्वतन्त्र संचालक समिति रहेको छ। संचालक समिति समावेसी चरित्रको रहेको छ।[स्रोत नखुलेको] समितिले रेडियो सञ्चालन निर्देशिका, विनियमावली र आवश्यक नितिहरू निर्माण गर्दछ। रेडियोको प्रभावकारी व्यवस्थापनका लागि आवश्यक नितिगत निर्णय सो समितिले नै गर्दछ। जि.वि.स. प्रतिनिधी १ जना, गा.वि.स. प्रतिनिधी १ जना, दलित प्रतिनिधी १ जना, महिला प्रतिनिधी १ जना, उद्योगी व्यापारी प्रतिनिधी १ जना र अन्य ३ जना गरेर जम्मा ९ जनाको संचालक समिति रहने व्यवस्था छ। [१]
सहकार्य[सम्पादन गर्ने]
रेडियो रामारोशनले सामुदायीक रेडियो प्रसारक सङ्घ काठमाडौँ, बी.बी.सी. मिडिया एक्सन, इक्वेल एक्सन नेपाल, एन्टेना फाउन्डेसन नेपाल, गरिबी निवारण कोष, सर्च फर कमन ग्राउण्ड, इन्टरफेस नेपाल, कम्यनिकेसन कर्नर लगायत जिल्ला स्थित सरकारी तथा गैर सरकारी कार्यलयसँग साफेदारीमा रेडियो सञ्चालन गरिरहेको छ।[स्रोत नखुलेको][१]
कार्यक्रम समावेसी[सम्पादन गर्ने]
समावेसीको सिद्धान्तलाई आत्मसाथ गर्दै रेडियो रामारोशनले समुदाय लक्षित कार्यक्रमहरू उत्पादन र प्रसारण गर्दछ। स्वास्थ्य सन्देश, शान्त पाठशाला, शैक्षिक जागरण, सुदूर सवाल, सानो परिवार सुखी परिवार, बाल सन्देश, युवा सन्देश, साझा अभियान, वातावरण र सरसफाई, सचेतना, आय आर्जन, पहुँच, जनचेतना, मनौदाका कुरा, परिवर्तन, शोभाको आवाज, खेतिपाति जस्ता सवालमुखी कार्यक्रमहरू स्थानिय स्तरबाट नै उत्पादन गरेर प्रसारण गरिन्छ भने साझा सवाल, साझा अभियान, नेपाल चौतारी, बी.बी.सी. नेपाली सेवा, नेपाल खबर, साथीसँग मनका कुरा, नयाँ नेपाल, मिलीजुली सिकौं, फराकिलो धर्ती, हाम्रो कानुन, अँधेरो उज्यालो रेडियो कार्यक्रम सहकार्यमा प्रसारण गर्दछ। रेडियो रामारोशनले बिहान ५ बजे देखी राती ११ बजे सम्म १८ घण्टा लगातार श्रोताहरूलाई सूचना, सन्देश र मनोरञ्जन प्रदान गर्दै आएको छ।[स्रोत नखुलेको] [१]