रेडियो सरोबर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

रेडियो सरोबर ९२.५ मेगाहर्ज मकवानपुरको २४ सैँ घण्टा प्रशारण हुने हाँस्य विधा (कमेडी बिट) को रेडियो हो । हो । गगन मिडिया प्रा.लिले सञ्चालन गरेको यो रेडियोको अध्यक्ष चर्चित साहित्यकार तथा पत्रकार श्री आनन्दराम पौडेल हुनुहुन्छ । मकवानपुर जिल्लाका प्रतिष्ठित महानुभावहरुले संचालनमा ल्याउनु भएको रेडियो सरोबर फरक शैलीमा प्रशारण भइरहेको छ ।

सुरुवातमा रेडियोको स्टेशन म्यानेजर तथा प्रधान सम्पादकको जिम्मेवारी श्री गिरिजा अधिकारीले सम्हाल्नु भएको रेडियोमा अहिले मुस्कान तिमल्सिना स्टेसन म्यानेजरको रुपमा र चन्द्र घलान स्टेशन कोअर्डिनेरको रुपमा हुनुहुन्छ । २०७१ साल भदौ १ गतेबाट परीक्षण प्रशारण आरम्भ भएको यो एफएमको नेपाल सरकारका प्रवक्ता, सूचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले २०७१ फागुन २ गते बिधिवत उद्घाटन गर्नुभएको हो । मकवानपुरको एकमात्र हास्यब्यङ्यात्मक तथा समाचारमूलक एफएमको रुपमा परिचित रेडियो सरोबर हेटौैंडा-४ मा रहेको नारायणी मल(बिजनेस कम्प्लेक्स)को सबैभन्दा माथिल्लो तल्लामा अवस्थित छ ।

रेडियो सरोबरलाई ९२.५ मेगाहर्जमा मकवानपुर, चितवन, बारा, पर्सा रौतहटका अधिकांश भागमा र पाल्पा, काभ्रेपलाञ्चोक र सिन्धुलीपाल्चोकका केही भागमा सून्न सकिन्छ । साथै ईन्टरनेटबाट अनलाईनमा http://radiosarobar.com.np/ र मोबाईल एप्लीकेशन मार्फत पनि नेपालका सबै भुभाग र विदेशमा समेत सुन्न सकिन्छ ।