सामग्रीमा जानुहोस्

रेणुका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रेणुका
पतितहरूको देवी []
रेणुका
शाक्त सम्प्रदायमा शक्तिपीठको रूपमा पुजिने माहुर स्थित रेणुका मन्दिर
देवनागरीरेणुका
आबद्धदेवी
मन्त्रॐ रेणुकायै विद्महे मातृरूपाय धीमहि । तन्नो देवी प्रचोदयात् ॥
धर्मग्रन्थहरूरेणुका तन्त्रम्[]
क्षेत्रभारत
वंशावली
रानीजमदग्नि
सन्तानहरूरुमण्वाण, सुहोत्र, वसु, विश्वावसु, परशुराम[]

देवी रेणुका वा माहुर रेणुका, जसलाई रेणुका भवानीयेल्लम्मा देवीका नामले पनि चिनिन्छ, एक हिन्दु मातृदेवी हुन्। उनको पूजा मुख्यतया दक्षिण र पश्चिमी भारतीय राज्यहरू कर्नाटक, तमिलनाडु, तेलङ्गाना, आन्ध्र प्रदेश, गुजरात, महाराष्ट्रमध्य प्रदेशमा गरिन्छ।[] उनलाई विष्णुका छैटौँ अवतार परशुरामकी माताको रूपमा लिइन्छ। हिन्दु पौराणिक कथा र क्षेत्रीय भक्ति परम्पराहरूमा उनलाई 'शक्ति' वा आदि माताको स्वरूप मानिन्छ। उनी सप्तऋषिमध्येका एक ऋषि जमदग्निकी पत्नी थिइन्।[]

रेणुकालाई भारतभर विभिन्न क्षेत्रीय नामहरूले पुजिन्छ, जसमा आई येल्लम्मा, एकविरा, यामाई, एल्लै अम्मान, पद्माक्षी रेणुका, उच्चाङ्गी मरिअम्मन, र एल्लै अम्मा माहुर समावेश छन्। उनको पूजा विभिन्न स्थानीय परम्पराहरूमा फैलिएको छ, जहाँ उनलाई एक सुरक्षात्मक मातृदेवीको रूपमा मानिन्छ। उनलाई हिन्दु देवमण्डलमा धेरै समुदायहरूसँग जोडिएकी देवी र प्रायः दिव्य संरक्षकको रूपमा पूजा गरिन्छ। भक्तहरू उनलाई जगदम्बा (ब्रहमाण्डकी माता) को रूपमा श्रद्धा गर्दछन्।

पौराणिक कथाहरू

[सम्पादन गर्नुहोस्]

रेणुकासँग सम्बन्धित किंवदन्तीहरू हिन्दु ग्रन्थहरू जस्तै महाभारत, हरिवंशभागवत पुराण मा वर्णन गरिएका छन्।[]

रेणुका सागर, मालप्रभा नदी, सौँदत्ती। (बेलगाम जिल्ला), उत्तर कर्नाटक, कर्नाटक

आदि पराशक्तिका अवतारहरू

[सम्पादन गर्नुहोस्]

हिन्दु परम्परामा रेणुकालाई आदि पराशक्ति (आदिम देवी) को चार प्रमुख अवतारहरू मध्ये एकको रूपमा चिनिन्छ:

  1. कामाक्षी (कञ्चीपुरममा पूजा गरिन्छ)।[]
  2. विशालाक्षी (वाराणसी, उत्तर भारतमा पूजा गरिन्छ)।[]
  3. मीनाक्षी (मदुराई, दक्षिण भारतमा पूजा गरिन्छ)[]बहुलाक्षी (पूर्व भारतसँग सम्बन्धित)।[१०]

प्रारम्भिक जीवन

[सम्पादन गर्नुहोस्]

राजा रेणुले शान्ति र समृद्धिको लागि यज्ञ गरेका बेला रेणुकाको जन्म हुन्छ। बलिदानको आगोबाट बाहिर आएर उनी आफ्ना आमाबुबाको प्रिय सन्तान बन्छिन्। आठ वर्षको उमेरमा ऋषि अगस्त्यले उनलाई परिपक्व उमेरमा जमदग्निसँग विवाह गर्न सल्लाह दिन्छन्। जमदग्नि ऋचिक र सत्यवतीका छोरा थिए जसले तपस्या मार्फत दिव्य आशीर्वाद प्राप्त गरेका थिए। रेणुकाले जमदग्निलाई अनुष्ठानहरूमा सहयोग गरिन्।

रेणुकाको दैनिक अनुष्ठानमा मालप्रभा नदी मा गहिरो एकाग्रताका साथ स्नान गर्नु समावेश थियो। उनको आध्यात्मिक शक्तिले उनलाई बालुवाबाट भाँडो बनाउन र सर्पलाई डोरीको रूपमा प्रयोग गरेर आफ्नो पतिको अर्पण को लागि पानी बोक्न सक्षम बनाएको थियो।

विवाहित जीवन

[सम्पादन गर्नुहोस्]

रेणुका र जमदग्निका एक छोरी अञ्जना र रुमण्वाण, सुहोत्र, वसु, विश्वावसु र राम भार्गव (पछि परशुरामको रूपमा चिनिने, विष्णुको छैटौँ अवतार) गरि पाँच छोराहरू थिए।[११] परशुराम ले शिव को कृपा प्राप्त गर्न तपस्या गरे र एउटा बन्चरो (परशु) प्राप्त गरे जसबाट उनको नाम परशुराम रहन जान्छ।[१२]

एक दिन जब रेणुका नदी गएकी थिइन्, उनले एक राजालाई आफ्नी पत्नीहरूसँग प्रेम गरिरहेको देखिन्। दृश्यबाट उनी मोहित भइन् र क्षणिक रूपमा आफ्नो एकाग्रता र पतिको प्रति समर्पण गुमाइन्। विचलित भएपछि उनको आध्यात्मिक शक्ति गुम्यो जुन उनको चरित्र मार्फत प्राप्त भएको थियो, जसले गर्दा उनले सङ्कलित पानी गुमाइन्। जब उनी आश्रम फर्किन्, जमदग्निले आफ्नो योगिक शक्ति मार्फत यी घटनाहरूबारे थाहा पाउँछन् र उनको समर्पणको कमीको श्राप दिन्छन्।[१३]

पतिको श्राप पाएपछि रेणुका पूर्वतिर गएर जङ्गलमा ध्यान गर्न बसेकी थिइन्। उनको तपस्यामा उनी सन्त एकनाथ[१४] र जोगिनाथसँग भेटिन्; र उनीहरूबाट आफ्नो पतिको कृपा प्राप्त गर्न अनुरोध गरिन्। उनीहरूले पहिले उनलाई सान्त्वना दिए र त्यसपछि उनीहरूलाई दिइएको सल्लाह ठ्याक्कै पालना गर्न निर्देशन दिए। उनीहरूलाई नजिकको तालमा स्नान गरेर आफूलाई शुद्ध गर्न, र उनीहरूले दिएको शिवलिङ्ग को पूजा गर्न भनियो। त्यसपछि उनलाई नजिकको सहर गएर घरहरूबाट चामल भिक्षा माग्न भनियो (यो अनुष्ठान "जोगा बेडोडु" भनेर चिनिन्छ, जुन कर्नाटकमा विशेष महिनामा महिलाहरूद्वारा अझै गरिन्छ/ मराठीमा "जोगवा", तेलङ्गानामा "येल्लम्मा जोगु")।

चामल सङ्कलन गरेपछि उनीले आधा सन्तहरूलाई दिनु र बाँकी आधा पकाएर गुड थपेर पूर्ण समर्पणका साथ खानु भनिन्छ। यदि तीन दिनसम्म उनले यो अनुष्ठान गर्छिन् भने चौथो दिन उनले आफ्नो पतिलाई भेट्न सक्नेछिन् भनेर उनीहरूले भन्छन्

बादामीमा येल्लम्मा मन्दिर।

जमदग्निको क्रोध थाहा पाएर उनीहरूले रेणुकालाई, उनको कार्य पूर्ण रूपमा क्षमा नहुन सक्छिन् र उनलाई जीवनको सबैभन्दा कठिन समय केही मिनेटका लागि अनुभव गर्नुपर्नेछ भनेर चेतावनी दिन्छन् "त्यसपछि," उनीहरूले भने, "तिमी सधैँको लागि पूजा गरिनेछौ र तिमीलाई आफ्नो पतिको आशीर्वाद मिल्नेछ। तिमीलाई सबै मानिसहरूले पूजा गर्नेछन्।" यसरी आशीर्वाद दिएर उनीहरू हराउँछन्। रेणुकाले समर्पणका साथ उनीहरूको निर्देशन पालना गरि श्रद्धाका साथ शिवलिङ्गको पूजा गर्छिन्। चौथो दिन उनी आफ्नो पतिलाई भेट्न गएकी थिइन्।

काट्ने र पुनरुत्थान

[सम्पादन गर्नुहोस्]

जमदग्नि अझै पनि रेणुकासँग क्रोधित थिए र आफ्ना जेठा चार छोराहरूलाई आफ्नी पत्नीलाई मार्न आदेश दिन्छन् तर उनीहरू सबैले आमालाई मार्न अस्वीकार गर्छन्। जमदग्निले आफ्ना चार छोराहरूलाई श्राप दिन्छन् र अवज्ञा गरेको लागि उनीहरूलाई खरानीमा परिणत गरिदिन्छन्। त्यसपछि जमदग्निले आफ्ना कान्छा छोरा परशुरामलाई बोलाए जसले शिवमा ध्यान गरिरहेका थिए र रेणुकाको शिर काट्न आदेश दिन्छन्। परशुराम ले तुरुन्तै आफ्नो पिताको वचन पालन गरे र आफ्नो बन्चरोले आमाको शिर काट्छने जमदग्नि परशुरामको भक्ति र आज्ञाकारिताबाट प्रसन्न हुन्छन्।

सौँदत्ती (बेलगाम जिल्ला) को यल्लम्मागुडी मा रेणुका मन्दिर। उत्तर कर्नाटक, कर्नाटक

उनले परशुरामलाई वरदान प्रस्ताव गर्छन् जसले बुद्धिमानीपूर्वक आफ्नी आमालाई र भाइहरूलाई जीवित पार्न अनुरोध गर्छन्। जमदग्नि परशुरामको व्यावहारिकताबाट प्रभावित भए र रेणुका र उनका चार छोराहरूलाई जीवित बनाउँछन्। जमदग्निले आफ्नी प्रिय र दयालु पत्नीलाई गरेको कामको लागि गहिरो पश्चाताप गर्छन्। त्यसपछि उनले कहिल्यै क्रोध नगर्ने वाचा गरे र सधैँको लागि क्रोध त्याग गर्छन्।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Thallam, Sarada (६ जनवरी २०१७), Rajam Krishnan and Indian Feminist Hermeneutics, Cambridge Scholars, आइएसबिएन 9781443864916
  2. Khandelwal, S. N., श्री रेणुका तन्त्रम्, Chowkhamba Krishnadas Academy, आइएसबिएन 9788121804035
  3. "Story of Jamadagni", २८ जनवरी २०१९।
  4. "Sri Renuka Mahar Amman Parameswari", मूलबाट १८ मे २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१५-०४-२९ अभिलेखिकरण २०१५-०५-१८ वेब्याक मेसिन
  5. Varadpande, Manohar Laxman (२००९), Mythology of Vishnu and His Incarnations (अङ्ग्रेजीमा), Gyan Publishing House, आइएसबिएन 978-81-212-1016-4
  6. Pattanaik, Devdutt (२०१४-०७-११), Myth = Mithya: Decoding Hindu Mythology (अङ्ग्रेजीमा), Penguin UK, आइएसबिएन 978-81-8475-021-8
  7. Harshananda, Swami (२०१२), Hindu Pilgrimage Centres (second संस्करण), Bangalore: Ramakrishna Math, पृ: ६१, आइएसबिएन 978-81-7907-053-6
  8. Bangala Bhasar Abhidhaan [Dictioanary of the Bengali Language], Kolkata: Shishu Sahitya Samsad, Volume 2, p.1600. (ed. 1988)
  9. Harman, William P. (१९९२), The Sacred Marriage of a Hindu Goddess, Motilal Banarsidass, पृ: २४, आइएसबिएन 978-81-208-0810-2
  10. পাইন, সুগত (२०२१), নানারূপে সতীঅঙ্গ, पृ: 27।
  11. www.wisdomlib.org (२०१९-०१-२८), "Story of Jamadagni", www.wisdomlib.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०९-२५
  12. Shah, Sunil A. (मे २०१०), "ચિરંજીવી, શૌર્યતા, જ્ઞાનના સંગમ સમાન ભગવાન પરશુરામ" [Ciran̄jīvī, śauryatā, jñānanā saṅgam samān Bhagavān Paraśurām], Divya Bhaskar (गुजरातीमा), मूलबाट ५ मार्च २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१५-०४-२९
  13. Pattanaik, Devdutt (२००३-०४-२४), Indian Mythology: Tales, Symbols, and Rituals from the Heart of the Subcontinent (अङ्ग्रेजीमा), Simon and Schuster, आइएसबिएन 978-1-59477-558-1
  14. Chugh, Lalit (२०१७-०५-२३), Karnataka's Rich Heritage – Temple Sculptures & Dancing Apsaras: An Amalgam of Hindu Mythology, Natyasastra and Silpasastra (अङ्ग्रेजीमा), Notion Press, आइएसबिएन 978-1-947137-36-3