रेनु चन्द्र

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

प्रत्यक्ष प्रणालीबाट संविधानसभामा पुग्ने माओवादीका चार जोडीमध्ये एक जोडी हो रेणु चन्दको। चन्दपति टेकेन्द्रप्रसाद भट्ट कन्चनपुर -३बाट संविधानसभा सभासदमा विजयी हुनुभएको छ।

सानैदेखि सांस्कृतिक क्षेत्रमा काम गर्नुभएकी रेणु राजनीतिक वातावरणका कारण सानैदेखि नै राजनीतिमा लाग्नुभएको थियो। उहाँका पिता गोपाल चन्द माओवादी राज्य समिति सदस्य हुनुहुन्छ। मुम्बईमै जन्मी हुर्कनुभएकी चन्द ०५८देखि माओवादी बैतडी सदस्य र अनेमसंघ क्रान्तिकारीको केन्द्रीय सदस्य हुनुभएको थियो। हाल उहाँ क्रान्तिकारीको सेतीमहाकाली संयोजक हुनुहुन्छ। उहाँ माओवादी डोटी इन्चार्ज पनि हुनुभयो। उहाँहरूको बिहे हुँदा दुवैजना जिल्लाका इन्चार्ज र क्षेत्रीय ब्युरोको सदस्य हुनुहुन्थ्यो। एउटै समितिमा हुनुहुन्थ्यो। उहाँले स्नातकसम्मको औपचारिक अध्यययन गर्नुभएको छ।

महिला र पिछडिएको क्षेत्रलाई अधिकारसम्पन्न बनाउन संविधानमै सुनिश्चित गराउने उहाँको मूल एजेण्डा छ। जनयुद्धमा माओवादीले गरेको बलिदान र जनताको पक्षमा ल्याएको कार्यदिशाका कारण आफूलाई जनताले जिताएको चन्दको तर्क छ।[१]

सन्दर्भ[सम्पादन गर्ने]