रेवतबहादुर कार्की
डा. रेवतबहादुर कार्की | |
---|---|
नेपाल धितोपत्र बोर्डका अध्यक्ष | |
कार्यकाल २०७२/०७/०१–२०७६/०६/३० | |
पूर्वाधिकारी | बाबु राम श्रेष्ठ |
उतराधिकारी | भिष्मराज ढुंगाना |
नेपाल स्टक एक्सचेन्जको महाप्रबन्धक[१] | |
कार्यकाल २०६३/०३/३०–२०६५/०९/२८ | |
पूर्वाधिकारी | मुकुन्दनाथ ढुङ्गेल |
उतराधिकारी | शंकरमान श्रेष्ठ |
डा. रेवत बहादुर कार्की नेपाली अर्थविद् हुन् । कार्की नेपाल धितोपत्र बोर्डका छैटौ अध्यक्ष हुन्। उनको पदावधि २०७२ कार्तिक देखि २०७६ असोज ३० सम्म रह्यो।[२] उनको कार्यकालमा नेपालको शेयर बजारले धेरै ठूलो फड्को मार्यो। सिमित ब्रोकर र लगानीकर्ताको हातमा रहेको बजार अहिले आम सर्वसाधारणको पहुँचमा पुग्न सकेको छ।[३]
सेवा वृती
[सम्पादन गर्नुहोस्]डा. कार्की नेपाल राष्ट्र बैङ्कको कार्यकारी निर्देशकबाट सेवा निबृत्त भएका थिए । कार्की नेपाल स्टक एक्सचेन्ज (नेप्से)को एक कार्यकालका लागि महाप्रबन्ध पनि बनेका थिए । उनी राष्ट्रिय बाणिज्य बैङ्क सञ्चालक समितिका अध्यक्ष पनि थिए । [४]
राष्ट्रिय बाणिज्य बैङ्क, अध्यक्ष
[सम्पादन गर्नुहोस्]बैंक सञ्चालक समिति अध्यक्ष डा. नरहरी ढकालाले राजिनामा दिएपछि रिक्त भएको पदमा नेपाल सरकार, मन्त्रीपरिषदको २०७१ भाद्रा १९ को निर्णय अनुसार डा. रेवत बहादुर कार्की नियुक्त भएका थिए ।[५]
धितोपत्र बोर्ड अध्यक्ष
[सम्पादन गर्नुहोस्]२०७२ साल बैशाखको भुकम्पले थिलोथिलो भएको नेपाली अर्थतन्त्र र संविधान जारी भएसँगै सुरु भएको भारतीय नाकाबन्दीको कहालिलाग्दो अवस्थाबीच २०७२ असोज १६ गते[६] तात्कालिन मन्त्रीपरिषद्ले रेवतबहादुर कार्कीलाई नेपाल धितोपत्र बोर्डको जिम्मेवारी दिएको थियो भने सोही महिनाको ३० गते उनले कार्यभार सम्हालेका थिए ।[७]
कार्यहरू
[सम्पादन गर्नुहोस्]- भौतिक प्रमाणपत्रलाई अभौतिकिकरण गरेर पूर्ण रूपमा डिजिटलाइज बनाउनु । यसले प्राथमिक बजारदेखि दोस्रो बजारका सम्पुर्ण हातको कामको अन्त्य भयो। लगानीकर्ताले प्राथमिक तथा दोश्रो बजारबाट सजिलै प्रविधिको सहायताले शेयर खरिद तथा बिक्री गर्न सक्षम भए।[३]
- दोस्रो बजारका लगानीकर्ताले मार्केट डेप्थ हेर्न पाउनु
- न्युनतम १० कित्ता शेयर बाँडफाँड गर्ने नियम
- सानो पूँजी भएकालाई समेत प्रोत्साहित गर्न प्राथमिक बजारमा १० कित्तादेखि आवेदन दिन पाउने नियम
- आस्वा प्रणाली
सन्दर्भ
[सम्पादन गर्नुहोस्]- ↑ नेप्से स्मारिका रजत उत्सव, २०७४
- ↑ "SEBON", sebon.gov.np (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२५-०१-१५।
- ↑ ३.० ३.१ "कार्यकालभर आलोचना खेपेर पदमुक्त भए सेबोन अध्यक्ष कार्की, सुधारमा यस्तो रह्यो योगदान", अक्टोबर १७, २०१९, अन्तिम पहुँच अक्टोबर १७, २०१९।
- ↑ "DR. REWAT BAHADUR KARKI"। वेब्याक मेसिन अभिलेखिकरण २०१९-१०-१९ मिति
- ↑ "नवौं वार्षिक प्रतिवेदन २०७०/०७१", राष्ट्रिय बाणिज्य बैङ्क: page 7।
- ↑ "धितोपत्र बोर्डको अध्यक्षमा रेवतबहादुर कार्की नियुक्त", Online Khabar (en-USमा), अन्तिम पहुँच २०२५-०१-१५।
- ↑ "रेवतबहादुर कार्की : धितोपत्र बजार सुधारका कोशेढुंगा, ४ वर्षमा के–के गरे, के गर्न सकेनन् ?", Bikash News (en-USमा), अन्तिम पहुँच २०२५-०१-१५। वेब्याक मेसिन अभिलेखिकरण २०२५-०१-१५ मिति