रेसुङगा नगरपालिका

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
रेसुङगा नगरपालिका
—  नगरपालिका  —
रेसुङगा नगरपालिकाको स्थान-नेपालको नक्सामा
रेसुङगा नगरपालिका
रेसुङगा नगरपालिका
नेपालमा रहेको रेसुङगा नगरपालिका
निर्देशाङ्क (रेसुङगा): २८°०४′००″उत्तर ८३°१५′००″पूर्व / २८.०६६६६७° उत्तर ८३.२५° पूर्व / 28.066667; 83.25निर्देशाङ्क: २८°०४′००″उत्तर ८३°१५′००″पूर्व / २८.०६६६६७° उत्तर ८३.२५° पूर्व / 28.066667; 83.25[१]
देश  नेपाल
विकास क्षेत्र मध्यमाञ्चल
अञ्चल लुम्बिनी अञ्चल
जिल्ला गुल्मी जिल्ला
स्थापना २०७१ वैशाख २५
सरकार
 - मेयर डिल्लीराज भुसाल
 - उप मेयर सिता भण्डारी
क्षेत्रफल[२]
 - जम्मा ५९.०१ किमी (२२.८ वर्ग मी)
जनसङ्ख्या (नेपालको राष्ट्रिय जनगणना बि.स.२०६८)[३]
 - जम्मा २८,७३६
 जनघनत्व
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)
टेलिफोन कोड +९७७-७९
वेबसाइट www.reshungamun.gov.np

रेसुङगा नगरपालिका नेपालको पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत लुम्बिनी अञ्चलमा पर्ने गुल्मी जिल्लामा अवस्थित एक नगरपालिका हो ।[४] तम्घास बजार रहेको ठाँउलाई नगरपालिकाको केन्द्र बनाइएको छ ।[२][५] यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा हाल २०७१ जेष्ठ ४ देखि आएको हो । रेसुङगा नगरपालिका घोषणा गर्दा तम्घास, सिमीचौर, अर्खलेदुबिचौर गाउँ विकास समितिहरू समावेश गरिएका हुन् ।[२][३] आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा रेसुङगा पनि नगरपालिका बनेको हो ।[६] महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गरी अब मुलुकमा कूल १३० भएका छन् भने गाविसको संख्या ३ हजार ९ सय १५ बाट घटेर ३ हजार ६ सय ३३ भएका छन ।[६]

जनसङ्ख्या[सम्पादन गर्ने]

तम्घास, सिमीचौर, अर्खलेदुबिचौर गाविसहरूलाई मिलाएर रेसुङगा नगरपालिका बनाइएको हो ।[१] त्यसैले बि.स.२०६८ को जनगणना अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर रेसुङगा नगरपालिकाको जनसङ्ख्या २८,७३६ रहेको छ । रेसुङगा नगरपालिकामा ७,४९८ घरधुरि छन ।[३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ "जिल्ला विकास समिति, गुल्मी (संक्षिप्त परिचय)", जिल्ला विकास समिति, गुल्मी, जिल्ला विकास समिति, गुल्मी 
  2. २.० २.१ २.२ "उतिबेलाको लक्ष्मीपुर गाउँ पंचायत तम्घास हुदै अबदेखि रेसुङगा नगरपालिका", गुल्मी न्युज, गुल्मी न्युज, बैशाख २५, २०७१, अन्तिम पहुँच बैशाख २५ 
  3. ३.० ३.१ ३.२ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२ 
  4. "नेपाल सरकार स्थानिय विकास मन्त्रालय", स्थानिय विकास मन्त्रालय, नेपाल सरकार। 
  5. "थप ७२ नयाँ नगरपालिका", अन्तिम पहुँच मे १८,२०१४ 
  6. ६.० ६.१ कृष्ण ज्ञवाली, बलराम बानियाँ (२०७१ वैशाख २५), "थप ७२ नगरपालिका घोषणा (सूचिसहित)", कान्तिपुर पोस्ट, कान्तिपुर पोस्ट, अन्तिम पहुँच वैशाख २५ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

ढाँचा:नेपालका नगरपालिकाहरू