रे लिल ब्ल्याक
रे लिल ब्ल्याक | |
|---|---|
सन् २०२१ मा, ब्ल्याक | |
| जन्म | के आसाकुरा[क] १७ अगस्ट १९९६ ओसाका, जापान |
| अन्य नाम |
|
| पेशा | |
| उचाइ | १५२ सेमी[१] |
युट्युब जानकारी | |
| च्यानल | |
| सक्रिय वर्षहरू | सन् २०१८–हाल |
| प्रकार(हरू) | |
| सदस्यहरू | ३,२२,०००[२] |
| हेराइ | ९८ लाख[२] |
अन्तिम पटक अद्यावधिक: १७ जुलाई २०२५ | |
नुरे इस्तिकबाल[३] (जन्म: के असाकुरा जापानी:加江 朝倉; १७ अगस्ट १९९६), जसलाई उनको पूर्व स्टेज नाम रे लिल ब्ल्याकले पनि चिनिन्छ, एक जापानी मोडल, सामाजिक सञ्जाल व्यक्तित्व तथा पूर्व अश्लील चलचित्र अभिनेत्री हुन्।
उनले युट्युब, टिकटक र इन्स्टाग्राम लगायत विभिन्न सामाजिक सञ्जालमा सामग्री पनि सिर्जना गर्ने गरेकी छिन्, जहाँ उनी गेमिङ सामग्री र भ्लगहरू साझा गर्छिन्। सन् २०२४ मा मलेसियाको भ्रमण पछि, उनले इस्लाम धर्म अपनाएकी थिइन्।
जीवनवृत्ति
[सम्पादन गर्नुहोस्]असाकुरा २० वर्षको उमेरमा अश्लील चलचित्र उद्योगमा प्रवेश गरेकी थिइन्। उनको पहिलो हार्डकोर (कठोर) भिडियो सन् २०१८ मा सार्वजनिक गरिएको थियो, जसको पहिलो हप्तामा लाखौँ भ्युहरू बटुल्न सफल भएको थियो[४] र पोर्नहबमा उक्त भिडियो भाइरल बनेको थियो। उनले सन् २०१९ मा आयोजित दोस्रो पोर्नहब पुरस्कारमा दुई पुरस्कारको लागि नामाङ्कनहरू प्राप्त गरेकी थिइन्[५] र एक्सबिज पुरस्कार र एभिएन पुरस्कारहरू सहित विभिन्न समारोहहरूबाट उनको अश्लील चलचित्र वृत्ति भरि थप नामाङ्कनहरू प्राप्त गर्न सफल भएकी थिइन्।[६][७] सन् २०२० मा, एभिएनले उनलाई पोर्नहबमा शीर्ष ३० सबैभन्दा लोकप्रिय मोडलहरूमा स्थान दिएको थियो[८] र सन् २०२२ मा, उनी १८औँ स्थानमा थिइन्।[४] सन् २०२० मा, उनलाई नुटाकुद्वारा प्रकाशित आलो पालोमा आधारित भूमिका खेल्ने खेल, हेभी मेटल बेब्समा खेल्न मिल्ने पात्रको रूपमा चित्रित गरिएको थियो।[८] असाकुराले सन् २०२० देखि २०२४ सम्म जारी भएको भिक्सेन मिडिया ग्रुपद्वारा आठ चलचित्रहरूमा अभिनय गरेकी थिइन्।[९] असाकुरा एक दुर्लभ कलाकारको रूपमा प्रख्यात थिइन्; सन् २०२२ मा, उनी अघिल्लो पाँच वर्षको अवधिमा ६० भन्दा कम व्यावसायिक दृश्यहरूमा देखा परेकी थिइन् र समयसँगै बुकिङमा बढी छनोटमा परेकी थिइन्।[४] आफ्ना व्यावसायिक दृश्यहरूका अतिरिक्त, उनले व्यक्तिगत ओन्लीफ्यान्स खाता पनि खोलेकी थिइन्, जसमा थप अश्लील दृश्यहरू जारी गरिएको थियो। रिचर्डसनको अ सेक्स नामक पत्रिकाको २५औँ अङ्कको आवरणमा देखा पर्दै उनले एक गैर-अश्लील मोडलको रूपमा पनि काम गरेकी थिइन्।[१०]
अश्लील चलचित्रहरूबाट टाढा भएपछि, उनी सामग्री सिर्जनामा ध्यान केन्द्रित गर्दै, युट्युब, टिकटक, इन्स्टाग्राम, र ट्विच जस्ता सामाजिक सञ्जालहरूमा धेरै अनुयायीहरू प्राप्त गर्न सफल भएकी थिइन् जहाँ उनी गेमिङ सत्रहरू स्ट्रिम गर्छिन् र व्यक्तिगत भ्लगहरू साझा गर्छिन्।[११] उनका युट्युब भ्लगहरू खाना र यात्रा जस्ता विषयहरूमा केन्द्रित छन्। उनले मुकबाङ सामग्री पनि सिर्जना गर्ने गरेकी छिन्।[४] नोभेम्बर २०२३ मा, उनले थाइल्यान्डको बैङ्ककमा मञ्चमा गएर टेडको प्रस्तुति दिएकी थिइन्।[१] अक्टोबर २०२४ मा, उनले आफूलाई हिजाब लगाएर र विनम्रतापूर्वक टिकटकमा सामग्री सार्वजनिक गरेकी थिइन्।[१२] फेब्रुअरी २०२५ मा, इस्तिकबलले सिङ्गापुरको मरीना बे स्यान्ड्स एक्सपोमा आयोजित स्निकरहेड कार्यक्रम, स्नीकर कोन साउथइस्ट एसियासँग सहकार्य गरिन्, जहाँ उनले भेटघाट र अभिवादनमा भाग लिएकी थिइन्।[१३] उनले कार्यक्रममा प्रार्थना सम्बन्धि सामग्रीहरू प्राप्त गरेकी थिइन्।[१४] उनको सामाजिक सञ्जाल खाताहरूबाट सबै अश्लील सामग्री हटाएपछि र सार्वजनिक रूपमा इस्लाम धर्म परिवर्तनको घोषणा गरेपछि, टोरन्टो सनले उनलाई ती प्लेटफर्महरूमा अनुयायीहरू गुमाएको भन्दै उल्लेख गरेको थियो।[१२]
व्यक्तिगत जीवनी
[सम्पादन गर्नुहोस्]इस्तिकबालको जन्म १७ अगस्ट १९९६ मा जापानको ओसाकामा के आसाकुराको रूपमा भएको थियो।[क][४][१७] सन् २०२३ मा थाइल्यान्डमा बसेपछि, उनले थाई उपनाम रेवदी अपनाएकी थिइन्।[१][१६]
मार्च २०२५ मा, इस्तिकबालले सन् २०२४ मा मलेसियाको भ्रमण पछि सार्वजनिक रूपमा इस्लाम धर्म परिवर्तनको घोषणा गरिन्, जहाँ उनी विशेष गरी क्वालालम्पुरको संस्कृति र धार्मिक वातावरणबाट गहिरो प्रभावित भएको बताइएको थियो।[१८][१९] उनले आफ्नो नाम पनि परिवर्तन गरेर नुरे इस्तिकबाल राखेकी थिइन्।[३] उनको धर्म परिवर्तनले चिनियाँहरूबाट मिश्रित प्रतिक्रिया प्राप्त गरेको थियो, जसमा मुस्लिम समुदायबाट समर्थनदेखि केही प्रशंसकहरूबाट शङ्कासम्म समावेश थियो[१८]
धर्म परिवर्तन भएदेखि, उनले इस्लामिक अभ्यासहरूको बारेमा थप जान्न रुचि व्यक्त गरेकी छिन् र कहिलेकाहीँ सामाजिक सञ्जालमा आफ्नो यात्राका पक्षहरू साझा गर्छिन्।[३][२०] अन्तर्वार्ताहरूमा, उनले व्यक्तिगत विकासप्रतिको आफ्नो प्रतिबद्धता र आफ्नो विगतको करियरबाट आफूलाई टाढा राख्न जोड दिएकी छिन्।[१८]
पुरस्कारहरू
[सम्पादन गर्नुहोस्]| वर्ष (सन्) | कार्यक्रम | विधा | नतिजा | स्रोत |
|---|---|---|---|---|
| २०१९ | दोस्रो पोर्नहब पुरस्कार | सबैभन्दा लोकप्रिय प्रमाणित व्यावसायिक मोडल | मनोनित | [५] |
| शीर्ष ब्लोजब प्रदर्शक | मनोनित | |||
| २०२० | एक्सबिज पुरस्कार | वर्षको उत्कृष्ट महिला कलाकार | मनोनित | [६] |
| एक्सबिज क्याम पुरस्कार | उत्कृष्ट महिला कलाकार | मनोनित | [२१] | |
| तेस्रो पोर्नहब पुरस्कार | ब्लोजब क्विन: शीर्ष ब्लोजब प्रदर्शक | मनोनित | [२२] | |
| २०२१ | ३८औँ एभिएन पुरस्कार | सर्वश्रेष्ठ नयाँ विदेशी कलाकार | मनोनित | [७] |
| गेभिएन पुरस्कार | उत्कृष्ट द्वियौनिक दृश्य | मनोनित | [२३] | |
| २०२२ | चौथौ पोर्नहब पुरस्कार | शीर्ष ब्लोजब प्रदर्शक | मनोनित | [२४] |
| २०२३ | ४०औँ एभिएन पुरस्कार | सर्वश्रेष्ठ अन्तर्राष्ट्रिय पुरुष/महिला यौन दृश्य | मनोनित | [२५] |
| वर्षको अन्तर्राष्ट्रिय महिला कलाकार | मनोनित | |||
| सबैभन्दा उग्र यौन दृश्य | मनोनित | |||
| २०२४ | ४१औँ एभिएन पुरस्कार | सर्वश्रेष्ठ अन्तर्राष्ट्रिय महिला यौन दृश्य | मनोनित | [२६] |
| सर्वश्रेष्ठ अन्तर्राष्ट्रिय महिला/पुरुष यौन दृश्य | मनोनित |
टिप्पणीहरू
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ केही स्रोतहरूले उनको इस्लाम धर्म परिवर्तन गर्नु अघि उनको नाम के असाकुरा भएको बताउँछन्,[१५] जबकि अन्य स्रोतहरूले यससँग बाझिन्छन् र उनको धर्म परिवर्तन हुनु अघि उनको वास्तविक नाम आकिको मातासुजावा रहेको बताउँछन्।[१६]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ १.२ १.३ Unveiling the unheard message from Rae Lil Black to Raewadee | Raewadee Rae Lil Black | TEDxBangkok, TEDx Talks, जुलाई ५, २०२४, मूलबाट मे ७, २०२५-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल २२, २०२५ – युट्युबद्वारा।
- ↑ २.० २.१ "About Nuray Istiqbal (Rae Lil Black) Official Channel", युट्युब।
- ↑ ३.० ३.१ ३.२ Ghazali, Rahmah (अप्रिल १, २०२५), "Former porn star returns to TikTok with new Muslim name after converting to Islam", National World, मूलबाट अप्रिल १२, २०२५-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल १२, २०२५।
- ↑ ४.० ४.१ ४.२ ४.३ ४.४ Miller, Dan (सेप्टेम्बर १, २०२२), "The Raemageddon Tour: Rae Lil Black Takes Content Worldwide", AVN, मूलबाट अप्रिल २३, २०२५-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल २२, २०२५।
- ↑ ५.० ५.१ Yagielowicz, Stephen (अगस्ट २७, २०१९), "Pornhub Announces 2019 Award Nominees", एक्सबिज, मूलबाट सेप्टेम्बर १०, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल २२, २०२५।
- ↑ ६.० ६.१ "XBIZ Announces Nominees for 2020 XBIZ Awards", एक्सबिज, नोभेम्बर २१, २०१९, मूलबाट नोभेम्बर २१, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल २२, २०२५।
- ↑ ७.० ७.१ "2021 Nominees", एभिएन, मूलबाट नोभेम्बर २०, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल २२, २०२५।
- ↑ ८.० ८.१ Roland, John (सेप्टेम्बर ८, २०२०), "Rae Lil Black Debuts in Nutaku's 'Heavy Metal Babes'", AVN, अन्तिम पहुँच अप्रिल २२, २०२५।
- ↑ Thomas, Rick (डिसेम्बर ६, २०२४), "Rae Lil Black Stars in New Blacked Raw Scene", AVN, मूलबाट मे ४, २०२५-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल २२, २०२५।
- ↑ "Andrew Richardson on the Making of A11: The Agency Issue", Office Magazine, डिसेम्बर ११, २०२३, मूलबाट अप्रिल २३, २०२५-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल २२, २०२५।
- ↑ Bahrom, Shahril (अक्टोबर २०, २०२४), "Rae Lil Black Dons Hijab While In Malaysia, Malaysian Muslim Men Face Most Challenging Jihad Of Their Lives", The Rakyat Post, मूलबाट जुन २१, २०२५-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल २२, २०२५ – MSNद्वारा।
- ↑ १२.० १२.१ Hunter, Brad (मार्च १७, २०२५), "From Porn to Piety: Adult film star Rae Lil Black's shock conversion to Islam", Toronto Sun, मूलबाट मार्च १७, २०२५-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल २२, २०२५।
- ↑ Yeow, Joycelyn (फेब्रुअरी १३, २०२५), "Sneaker Con is back in Singapore this February featuring headliners Rae Lil Black, Culture Kicks and more", Time Out, अन्तिम पहुँच अप्रिल २२, २०२५।
- ↑ "Japanese ex-porn star Rae Lil Black shares her new journey after converting to Islam", Pakistan Observer, मार्च १४, २०२५, मूलबाट अप्रिल २३, २०२५-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल २२, २०२५।
- ↑ "Japanese former porn star Rae Lil Black 'embraces Islam', fasts for Ramadan", The New Arab, मार्च १३, २०२५, मूलबाट मे ४, २०२५-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल २२, २०२५।
- ↑ १६.० १६.१ "Adult star Rae Lil Black raises pulses across Thailand", Coconuts Bangkok, Coconuts Media, जनवरी ४, २०२३, मूलबाट मे ४, २०२५-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल २२, २०२५।
- ↑ "Is Rae Lil Black considering Islam? Recent Pakistan visit raises eyebrows", Samaa TV, डिसेम्बर ३०, २०२४, मूलबाट मे ४, २०२५-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल २२, २०२५।
- ↑ १८.० १८.१ १८.२ Azmi, Hadi (मार्च १२, २०२५), "Japanese ex-adult star Rae Lil Black raises eyebrows as 'Muslim convert' in Malaysia", South China Morning Post, अन्तिम पहुँच अप्रिल २५, २०१२।
- ↑ "Japanese Adult Film Star Rae Lil Black converts to Islam after Kuala Lumpur visit", Daily Ausaf (अङ्ग्रेजीमा), मार्च १४, २०२५, मूलबाट अप्रिल २३, २०२५-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च १६, २०२५।
- ↑ "Kae Asakura berniqab, teruja solat di Masjid Sri Sendayan" [Kae Asakura wears niqab, excited to pray at Sri Sendayan Mosque], Kosmo! (मलायामा), मार्च ११, २०२५, अन्तिम पहुँच अप्रिल १२, २०२५।
- ↑ "2020 XBIZ Cam Awards Nominees Announced; Voting Now Live", एक्सबिज, जुलाई १६, २०२०, अन्तिम पहुँच अप्रिल २२, २०२५।
- ↑ "2020 Pornhub Awards Nominees Announced, Webcast Set for Dec 15", एक्सबिज, नोभेम्बर १२, २०२०, मूलबाट नोभेम्बर १२, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल २२, २०२५।
- ↑ "2021 GayVN Awards Nominees Announced", AVN, नोभेम्बर २७, २०२०, मूलबाट अप्रिल २३, २०२५-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल २२, २०२५।
- ↑ Greco, Ralph (फेब्रुअरी २५, २०२२), "4th Annual Pornhub Awards Nominees Announced", एक्सबिज, मूलबाट अप्रिल ४, २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल २२, २०२५।
- ↑ "2023 Nominees", एभिएन, मूलबाट नोभेम्बर ६, २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल २२, २०२५।
- ↑ "2024 Nominees", एभिएन, मूलबाट नोभेम्बर १४, २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल २२, २०२५।