रोगन जोस
Jump to navigation
Jump to search
यो लेख हिन्दीबाट नेपालीमा अनुवाद गरिएको हो, यसमा कतिपय त्रुटिहरु छन् जसलाई तपाईं सुधार गर्न सक्नु हुन्छ। |
रोगन जोस (en:Rogan joshको शुरुवात कश्मीरबाट भएको विश्वाश गरीन्छ |शाब्दिक अर्थ लगाउने हो भने , गाढा रातो रंगको मासुको तरकारी भन्ने लाग्छ | रातो रङ्ग ,रातो रंगको कम पीरो कश्मीरी खुर्सानीको कारणले गर्दा हो|
- सामग्री : १ किलो मासु, २५० ग्राम दही, १५० मि.लि. तेल, ल्वाङ, सुकुमेल ३/४ वटा, पिसेको लसुन १०० ग्राम, अदुवा पिसेको १०० ग्राम, कम पीरो रातो खुर्सानीको धुलो एक चिया चम्चा, बेसारको धुलो आधार चम्चा, जिरा धनियाँको धुरो २/२ चिया चम्चा, प्याज ३०० ग्राम, गरम मसला १ चम्चा, जाईपत्तीको धुलो १ चम्चा, हरियो धनिया, नुन, मरिचको धुलो इच्छानुसार, अजिनोमोटो १ चिया चम्चा, भएमा इच्छानुसार काजु र किसमिस पनि।
- बनाउने विधि : प्याजलाई भुटेर छुट्टै राख्नु, मासुलाई सानो पिस गरेर काट्नु र सफा गरेर दहीमा मल्नु, एउटा भाँडोलाई आगोमा तताई तेल राख्नु र त्यसमा सुकुमेल, ल्वाङ, बेसार राखी १० सेकेण्ड जति चलाउनु र लसुन, अदुवा, खुर्सानी, जिरा, धनियाँ, नुन आदिको धुलो राखी एकछिन चलाउनु। अब अघि दही मलेर राखेको मासु त्यस भुटेको मसलामा राखी रानो आगोमा पकाउनु। यदि नपाकेमा तातो पनि राखेर पकाउनु। मासु पाकेपछि फ्राई गरेको प्याज राखी राममा १० मिनेट जति छोपी चलाउनु। त्यसपछि गरम मसला, सुकुमेल, जाईपत्ती, आदिको धुलो राख्ने र अन्तमा अदुवाको पिस, धनियाँको पत्ता छरिदिने। अब स्वादिष्ट परिकार तयार भयो।