सामग्रीमा जानुहोस्

रोजे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रोजे
क्यामरा तिर हेर्दै रोजे
सन् २०२४ मा रोजे
जन्मरोसाने पार्क
(1997-02-11) ११ फेब्रुअरी १९९७ (उमेर २८)
अकल्यान्ड,  न्युजिल्यान्ड
अन्य नामपार्क चे-योङ
नागरिकता
पेशा
  • गायिका
  • गीतकार[]
कार्यकाल
  • सन् २०१२
  • सन् २०१६–हाल
कार्य
रोजे डिस्कोग्राफी
साङ्गीतिक जीवन
उत्पत्तिसियोल, दक्षिण कोरिया
विधा
वाद्ययन्त्रस्वर
लेबल
वेबसाइटrosesarerosie.com
हस्ताक्षर

रोसाने पार्क (जन्म; ११ फेब्रुअरी १९९७) वा रोजे (कोरियाली: 로제) नामले परिचित, एक न्युजिल्यान्डेली र दक्षिण कोरियाली गायिका तथा गीतकार हुन्। न्युजिल्यान्डमा जन्मिएर अस्ट्रेलियामा हुर्किएकी रोजेले सन् २०१२ मा सफल अडिसन पछि दक्षिण कोरियामा फर्किँदै वाइजी इन्टरटेन्मेन्ट नामक एक रेकर्ड लेबलसँग सम्झौता गरेकी थिइन्। सन् २०१६ मा सङ्गीत जगतमा पाइला टेकेको ब्ल्याकपिङ्क नामक दक्षिण कोरियाली महिला साङ्गीतिक समूहको सदस्यका रूपमा उनी चर्चित छिन् भने उक्त समूह सबैभन्दा धेरै सङ्गीत बिक्री गर्ने सर्वकालीन महिला साङ्गीतिक समूह मध्ये एक बनेको थियो।

सन् २०२१ को मार्च महिनामा रोजेले आफ्नो पहिलो साङ्गितिक सङ्गालो आर सार्वजनिक गरेकी थिइन् जसले सार्वजनिक भएको पहिलो हप्तामै ४,४८,०८९ प्रतिलिपिहरू बिक्री गर्न सफल बन्दै यसले कोरियाली महिला एकल कलाकारद्वारा हासिल गरिएको उच्चतम आँकडा बन्न पुगेको थियो। यस एल्बमको प्रमुख एकल गीत "अन द ग्राउन्ड"ले उनलाई बिलबोर्ड ग्लोबल २०० मा एकल कलाकार र साङ्गीतिक समूहको हिस्सा दुवैको रूपमा शीर्ष स्थान प्राप्त गर्ने पहिलो कलाकार बनाउनुका साथै युके एकल तालिकामा प्रवेश गर्ने प्रथम कोरियाली महिला एकल कलाकार बनाएको थियो। यसका साथसाथै कोरियाली एकल कलाकारको तर्फबाट युट्युबमा पहिलो २४ घण्टामा सबैभन्दा धेरै हेरिएको सङ्गीत भिडियो बन्न पुगेको थियो। उनले सन् २०२४ मा द ब्ल्याक लेबल र अटलान्टिक रेकर्ड्ससँग सम्झौता गर्दै आफ्नो पहिलो स्टुडियो एल्बम रोजे (सन् २०२४) बाट प्रमुख एकलको रूपमा ब्रुनो मार्ससँग सहकार्य गर्दै उनीहरूको आपट नामक गीत बिलबोर्ड ग्लोबल २०० मा शीर्ष स्थानमा पुगेको थियो। आपटले विश्वभरका अनेकौँ देशका सङ्गीत तालिकाहरूमा शीर्ष स्थान बनाउँदा यसमा दक्षिण कोरियाको सर्कल डिजिटल सङ्गीत तालिका र अस्ट्रेलियाको एआरआइए एकल सङ्गीत तालिका समावेश थिए। कोरियाली महिला एकल कलाकारद्वारा निकालिएको गीत शीर्ष स्थानमा पुगेको यो पहिलो कीर्तिमान थियो। अमेरिकी र बेलायती सङ्गीत तालिकाहरूमा पनि आपटले शीर्ष स्थान हासिल गर्दा उनको एल्बमले पनि कीर्तिमानी हासिल गरेको थियो।

रोजेका उपलब्धिहरूमा ८ वटा गिनिज विश्व कीर्तिमानहरू सहित ६ वटा एमएएमए पुरस्कार, ३ वटा मेलोन सङ्गीत पुरस्कार, १ गोल्डेन डिस्क पुरस्कार, १ एमटिभी भिडियो म्युजिक पुरस्कार र १ एसियाली कलाकार पुरस्कार समावेश छन्। उनले ३ पटक ग्रामी पुरस्कार नामाङ्कन प्राप्त गरेकी थिइन् जसमा वर्षको उत्कृष्ट रेकर्डवर्षको उत्कृष्ट गीत समावेश थियो भने बिग फोर विधाका लागि नामाङ्कित हुने उनी पहिलो कोरियाली कलाकार बन्न सफल भएकी थिइन्। उनी टाइम पत्रिकाको सन् २०२५ मा विश्वका १०० सबैभन्दा प्रभावशाली मानिसहरूको सूचीमा र रोलिङ स्टोन को सन् २०२३ मा अस्ट्रेलियान्युजिल्यान्डका जीवित प्रतीकहरूको सूचीमा देखा परेकी थिइन्। सन् २०२५ मा उनले दक्षिण कोरियामा र विदेशमा लोकप्रिय संस्कृतिमा योगदानका लागि दक्षिण कोरियाली राष्ट्रपतीय प्रशंसा प्राप्त गरेकी थिइन्। इन्स्टाग्राममा दोस्रो सबैभन्दा धेरै अनुसरण गरिएका कोरियाली व्यक्तित्व हुनुको अतिरिक्त रोजेले फेसन क्षेत्रमा खेलेको भूमिकाका लागि प्रशंसित भएकी थिइन्।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. १.० १.१ Lee, Jung-yeon (१२ अगस्ट २०१६), "[블랙핑크 VS 투애니원③] 블랙핑크는 누구?", The Dong-A Ilbo (कोरियालीमा), मूलबाट ७ मे २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ अक्टोबर २०२० 
  2. "Featured Songwriters", मूलबाट २३ मार्च २०२५-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ फेब्रुअरी २०२५ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]