सामग्रीमा जानुहोस्

रोनाल्ड रोस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

रोनाल्ड रोस

जन्म(१८५७-०५-१३)१३ मे १८५७
अलमोरा, उत्तर पश्चिम प्रान्त, बिट्रिस भारत
मृत्यु१६ सेप्टेम्बर १९३२(1932-09-16) (उमेर ७५)
लन्डन, बेलायत
निवास५१°२६′१८″N ०°१४′२३″W / 51.438408°N 0.239821°W / 51.438408; -0.239821
राष्ट्रियताबेलायती
चिनारीको कारणमलेरिया संक्रमणसम्बन्धी आफ्नो अनुसन्धान
जीवनसाथी
रोसा बेसिई ब्लोसाम
(
वि १८८९)
पुरस्कार
  • फिजियोलोजी वा मेडिसिनतर्फको नोबेल पुरस्कार (सन १९०२)
वैज्ञानिक करियर
क्षेत्रऔषधी विज्ञान
Author abbrev. (zoology)रोस

सर रोनाल्ड रोस (१३ मे १८५७ – १६ सेप्टेम्बर १९३२) एक बेलायती चिकित्सक थिए, जसले सन् १९०२ मा मलेरिया संक्रमणसम्बन्धी आफ्नो अनुसन्धानको लागि फिजियोलोजी वा मेडिसिनतर्फको नोबेल पुरस्कार प्राप्त गरेका थिए। उनी नोबेल पुरस्कार प्राप्त गर्ने पहिलो बेलायती नागरिक मात्र नभई युरोपबाहिर जन्मिएका पहिलो नोबेल विजेता पनि बनेका थिए। सन् १८९७ मा उनले मलेरिया परजीवीलाई लामखुट्टेको पाचन प्रणालीमा पत्ता लगाएका थिए, जसले प्रमाणित गर्‍यो कि मलेरिया लामखुट्टेबाट सर्ने रोग हो। यस खोजले मलेरिया नियन्त्रण गर्ने विधिको आधारशिला तयार गर्‍यो।

प्रारम्भिक जीवन र शिक्षा

[सम्पादन गर्नुहोस्]

रोसको जन्म भारतको ब्रिटिश इस्ट इन्डिया कम्पनीद्वारा शासित उत्तरी-पश्चिमी प्रान्तहरूमा पर्ने अल्मोडामा भएको थियो, जुन नेपालको उत्तरपश्चिममा पर्दछ। उनी सर क्याम्पबेल क्ले ग्रान्ट रोस र मटिल्डा शार्लोट एल्डर्टनका जेठा छोरा थिए। उनका बाबु ब्रिटिश इन्डियन सेनामा एक जना जर्नेल थिए। आठ वर्षको उमेरमा रोसलाई इङ्गल्याण्ड पठाइयो, जहाँ उनी आइल अफ वाइटमा बसोबास गर्ने काका-काकीसँग बस्न थाले। उनले राइडमा प्राथमिक शिक्षा लिए र सन् १८६९ मा साउथह्याम्प्टन नजिकैको स्प्रिङहिलस्थित बोर्डिङ स्कूलमा माध्यमिक शिक्षा प्राप्त गर्न पठाइएका थिए। बाल्यकालदेखि नै रोसलाई कविता, संगीत, साहित्य र गणितप्रति गहिरो रुचि थियो। १४ वर्षको उमेरमा उनले गणित विषयमा पुरस्कार जिते — “ओर्बस् अफ हेभन” नामक पुस्तक, जसले उनलाई गणितप्रतिको झुकाव अझ बढायो। सन् १८७३ मा, १६ वर्षको उमेरमा उनले अक्सफोर्ड र क्याम्ब्रिजले लिएको स्थानीय चित्रकला परीक्षामा प्रथम स्थान हासिल गरेका थिए।[]

यद्यपि रोस लेखक बन्न चाहन्थे, उनका पिताले उनलाई सन् १८७४ मा लन्डनको सेन्ट बार्थोलोम्युज अस्पताल मेडिकल कलेजमा भर्ना गराए। तर उनले चिकित्साशास्त्रमा पूर्ण रूपमा ध्यान नदिई अधिकांश समय संगीत रचना, कविता लेखन र नाटक लेखनमा बिताए। उनले १८८० मा कलेज छोडे। सन् १८७९ मा उनले इङ्गल्याण्डको रोयल कलेज अफ सर्जन्सको परीक्षा पास गरे र "सोसाइटी अफ एपोथेकारिज" को लाइसेन्स अध्ययन गर्ने क्रममा ट्रान्सअटलान्टिक स्टीमसिपमा जहाजका सर्जनका रूपमा काम गरे। उनी दोस्रो प्रयासमा सन् १८८१ मा योग्य घोषित भए। त्यसपछि चार महिनाको आर्मी मेडिकल स्कूलको प्रशिक्षणपछि उनलाई ५ अप्रिल १८८१ मा भारतीय मेडिकल सेवामा सर्जनको रूपमा नियुक्त गरियो, र मद्रास प्रेसिडेन्सीमा खटाइयो। जुन १८८८ देखि मे १८८९ सम्म उनले अध्ययन बिदा लिएर "रोयल कलेज अफ फिजिसियन्स" र "रोयल कलेज अफ सर्जन्स" बाट जनस्वास्थ्यको डिप्लोमा प्राप्त गरे र प्रोफेसर ई. ई. क्लेनको मार्गदर्शनमा ब्याक्टेरियोलोजीको पाठ्यक्रम पनि लिए।[]

रोस सन् १८८१ सेप्टेम्बर २२ मा ट्रुपशिप जुमा मार्फत भारततर्फ प्रस्थान गरेका थिए। सन् १८८१ देखि १८९४ सम्म उनी विभिन्न स्थानहरूमा खटाइए — मद्रास, मौलमेइन (हालको म्यानमार), बलुचिस्तान, अण्डमान टापुहरू, बेंगलोर र सेकुन्दराबाद। सन् १८८३ मा उनी बेंगलोरमा कार्यवाहक गैरीसन सर्जनको रूपमा खटिएका थिए, जहाँ उनले लामखुट्टेको पहुँच पानीमा सीमित पारेर नियन्त्रण गर्न सकिने सम्भावनाबारे विचार गर्न थालेका थिए। सन् १८९४ मार्चमा उनी बिदामा परिवारसहित लन्डन गएका थिए । सन् १८९४ अप्रिल १० मा उनले पहिलोपटक सर प्याट्रिक म्यान्सनसँग भेट गरेका थिए। म्यान्सन, जो पछि रोसका गुरु बने, उनले रोसलाई मलेरियासम्बन्धी वास्तविक अनुसन्धान समस्याहरूमा परिचय गराएका थिए। म्यान्सन सधैं विश्वास गर्थे कि मलेरियाको अध्ययनका लागि भारत नै सबैभन्दा उपयुक्त ठाउँ हो। रोस सन् १८९५ मार्च २० मा पिएण्डओ जहाज बलाराटबाट पुनः भारत फर्किए र अप्रिल २४ मा सेकुन्दराबाद पुगे। भन्सार कार्यालयमा सामान नखुल्दै उनी सीधै बम्बई सिभिल अस्पताल गए, मलेरियाका बिरामीहरू खोज्न थाले र रगतको स्लाइड बनाउन सुरु गरेका थिए।

मलेरिया गराउने लामखुट्टेको खोज

[सम्पादन गर्नुहोस्]
रसको नोटबुकको पृष्ठ जहाँ उनले लामखुट्टेमा "पिगमेन्ट गरिएको शरीर" रेकर्ड गरे जसलाई उनले पछि मलेरिया परजीवीका रूपमा पहिचान गरे

रोसले सन् १८९५ को मे महिनामा पहिलो महत्वपूर्ण उपलब्धि हासिल गरे, जब उनले लामखुट्टेको पेटभित्र मलेरिया परजीवीको सुरुआती अवस्था देखे। तर, चाँडै उनको उत्साहमा बाधा आयो जब उनलाई बेंगलोरमा हैजाको प्रकोप अन्वेषण गर्न खटाइयो। बेंगलोरमा मलेरियाको नियमित घटना थिएन। उनले म्यान्सनलाई गुनासो गर्दै भनेका थिए, "म बेरोजगार जस्तै भएको छु र गर्न केही काम छैन।" तर अप्रिलमा उनले ऊटी नजिकको सिगुर घाट भ्रमण गर्ने मौका पाए, जहाँ उनले पर्खालमा अनौठो तरिकाले बसिरहेको लामखुट्टे देखे। उनले यसको नाम “ड्यापल्ड-विङ्ड” लामखुट्टे राखे, यद्यपि प्रजातिको पहिचान उनलाई थाहा थिएन।मे १८९६ मा उनलाई छोटो बिदा दिइयो, जसको अवसरमा उनले ऊटी वरिपरिको मलेरिया प्रभावित क्षेत्रको भ्रमण गरे। दैनिक रूपमा क्विनिन लिँदासमेत, त्यहाँ पुगेको तीन दिनमै उनी गम्भीर मलेरियाले ग्रस्त भए। त्यसपछि, जुन महिनामा उनलाई सिकन्दरावाद सरुवा गरियो। []

दुई वर्षको असफल अनुसन्धानपछि, सन् १८९७ को जुलाई महिनामा, रसले सङ्कलित लामखुट्टेको लार्भाबाट २० वटा प्रौढ "खैरो" लामखुट्टे पालन गर्न सफल भए। उनले हुसैन खान नामका बिरामीबाट ती लामखुट्टेहरूलाई संक्रमित गर्न सफल भए, जसका लागि उनले ८ आना (रक्तपान गरेका प्रत्येक लामखुट्टेका लागि १ आना) तिरेका थिए। रक्तपान गरेपछि, उनले ती लामखुट्टेहरूको विच्छेदन गरे। २० अगस्टमा उनले लामखुट्टेको पेटभित्र मलेरियाको परजीवीको उपस्थिति पुष्टि गरे, जसलाई उनले सुरुमा "ड्यापल्ड-विङ्स" भनेर चिनाएका थिए (जसपछि थाहा भयो कि त्यो Anopheles प्रजातिको लामखुट्टे थियो)। त्यसको भोलिपल्ट, २१ अगस्टमा उनले लामखुट्टेभित्र परजीवीको वृद्धि पनि पुष्टि गरे। यो खोज २७ अगस्ट १८९७ मा भारतीय चिकित्सा गजेटमा प्रकाशित भयो र पछि ब्रिटिस चिकित्सा जर्नलको डिसेम्बर १८९७ अंकमा समेत छापिएको थियो।

रोनाल्ड रस मेमोरियल, कोलकाता

चराहरूमा मलेरिया सङ्क्रमणको खोज

[सम्पादन गर्नुहोस्]
कलकत्ताको प्रेसिडेन्सी अस्पतालको कनिङ्घमको प्रयोगशालामा रस, श्रीमती रस, मोहम्मद बक्स र अन्य दुई सहायकहरू

सेप्टेम्बर १८९७ मा, रोसलाई बम्बै (अहिलेको मुम्बई) मा स्थानान्तरण गरियो, जहाँबाट उनलाई पछि राजपुताना (अहिलेको राजस्थान) को केहरवाडा पठाइयो, जुन क्षेत्र मलेरियाबाट मुक्त मानिन्थ्यो। कामको अभावले निराश भएका रोसले आफ्नो अनुसन्धानमा बाधा पुगेको महसुस गर्दै सेवाबाट राजिनामा दिने चेतावनीसमेत दिएका थिए। उनी कलकत्ता (अहिलेको कोलकाता) मा "विशेष जिम्मेवारी" मा सेवा जारी राख्ने व्यवस्था सरकारले प्याट्रिक म्यान्सनको सिफारिसमा मात्र गर्‍यो। १७ फेब्रुअरी १८९८ मा उनी कलकत्ता आइपुगे र त्यहाँ प्रेसिडेन्सी जनरल अस्पताल (अहिलेको IPGMER र SSKM अस्पताल) मा काम गर्न थालेका थिए।[]

रोसले तुरुन्तै मलेरिया र भिसेरल लिस्मानियासिस (कालाजारका नामले पनि चिनिने) सम्बन्धी अनुसन्धान सुरु गरे, जुन कार्यका लागि उनलाई तोकिएको थियो। उनलाई सर्जन-लेफ्टिनेन्ट-जनरल कनिङ्घमको प्रयोगशाला प्रयोग गर्न दिइएको थियो। मलेरियाका बिरामीहरूलाई तुरुन्तै औषधि दिइने भएकाले उनले मानव बिरामीहरूमा खासै सफलता पाएनन्। उनले महनद गाउँमा एउटा प्रयोगशालासहितको बङ्गलो निर्माण गरे, जहाँ उनी समय-समयमा बस्ने र गाउँ तथा वरपरका क्षेत्रमा लामखुट्टे संकलन गर्ने गर्थे। उनले महोमद (वा मुहम्मद) बक्स र पुर्बुनालाई काममा राखे, तर पुर्बुना पहिलो तलब पाएपछि भागेका थिए। कलकत्ता मलेरियाको दृष्टिले जोखिमपूर्ण ठाउँ नभएकाले म्यान्सनले उनलाई चराहरूमा अनुसन्धान गर्न प्रेरित गरे, जसरी रसियामा भासिली डानिलेव्स्की र अमेरिकामा विलियम जर्ज म्याकक्यालमले गरेका थिए। रोसले केही गुनासोसहित यसमा सहमति जनाए—उनले भनेका थिए, “चराको मलेरिया अध्ययन गर्न म भारतमा नै हुनुपर्ने आवश्यकता थिएन।” मार्च महिनासम्ममा उनले चराबाट मानव मलेरियाका परजीवीहरूसँग निकै मिल्दोजुल्दो परजीवीहरू देख्न थालेका थिए।[]

सुनौलो चरा (संक्रमित चिरबिर) लाई अध्ययनको लागि सजिलो नमुना मानेर, जुलाई १८९८ सम्ममा रोसले पंक्षीय मलेरियामा कुलेक्स जातिको लामखुट्टेहरूलाई अन्तरवर्ती होस्टको रूपमा महत्वपूर्ण भूमिका रहेको प्रमाणित गरे। ४ जुलाईमा उनले लामखुट्टेको लार ग्रन्थिमा मलेरियाका परजीवीहरू संचित हुने स्थान भएको पत्ता लगाएका थिए। ८ जुलाईसम्ममा उनी पूर्ण रूपमा विश्वस्त भए कि लामखुट्टेले टोक्ने क्रममा ती परजीवीहरू लार ग्रन्थिबाट मुक्त हुन्छन्। पछि उनले संक्रमित लामखुट्टे (यो अवस्थामा कुलेक्स जाति) बाट स्वस्थ चिरबिरमा मलेरियाको परजीवी सारिएर संक्रमण हुने देखाए, जसले मलेरियाको परजीवीको जीवनचक्र पूर्ण रूपमा पुष्टि गर्‍यो।[]

सेप्टेम्बर १८९८ मा उनी पूर्वोत्तर भारतको दक्षिण आसाम गए, जहाँ उनले भिसेरल लिस्मानियासिस (कालाजार) को महामारीको अध्ययन गरे। उनलाई त्यहाँ काम गर्न लबाक टी इस्टेट अस्पताल का दोस्रो मेडिकल अफिसर ग्राहम कोल भिल रामसेले आमन्त्रण गरेका थिए। यद्यपि, यो अध्ययनमा उनी पूर्ण रूपमा असफल भए, किनभने उनले कालाजारको परजीवी लामखुट्टेबाट सर्छ भन्ने विश्वास गरेका थिए। उनले उक्त लामखुट्टेलाई एनोफलेस रोसी भनेर उल्लेख गरेका छन्।

ब्लू प्लेक, 18 क्याभेन्डिश स्क्वायर, लन्डन

सन् १८९९ मा रसले भारतीय चिकित्सा सेवाबाट राजीनामा दिएर बेलायत गए र लिभरपुल स्कूल अफ ट्रपिकल मेडिसिनमा प्रवक्ता (लेक्चरर) का रूपमा संकाय सदस्य बने। उनले पश्चिम अफ्रिका, सुएजनहर क्षेत्र, ग्रिस, मोरिसस, साइप्रस तथा पहिलो विश्वयुद्धबाट प्रभावित क्षेत्रहरू सहित विश्वका विभिन्न भागहरूमा मलेरियाको रोकथामसम्बन्धी काम निरन्तर जारी राखे। उनले भारतश्रीलङ्कामा मलेरियाविरुद्ध लन्डनका लागि संस्थाहरू पनि स्थापना गरेका थिए। सन् १९०२ मा रसलाई एडिनबरा विश्वविद्यालयको क्यामेरोन पुरस्कार (थेराप्युटिक्स) प्रदान गरेको थियो। सोही वर्ष उनी लिभरपुल स्कूल अफ ट्रपिकल मेडिसिनमा ट्रपिकल मेडिसिनका प्राध्यापक तथा विभागिए प्रमुख नियुक्त भए, जुन पद उनले सन् १९१२ सम्म सम्हाले। सन् १९१२ मा उनी लन्डनको किङ्स कलेज अस्पतालमा ट्रपिकल रोगका चिकित्सक नियुक्त भए र साथै लिभरपुलमा ट्रपिकल स्यानिटेसनको चेयर पनि सम्हालेका थिए। उनी सन् १९१७ सम्म यी पदहरूमा रहे, त्यसपछि ब्रिटिश वार अफिसमा (मानार्थ) मलेरियोलोजीका परामर्शदाता बनेका थिए। नोभेम्बरमा उनी थेसालोनिकी र इटाली सल्लाह दिन यात्रा गरे र बाटोमा, “ल्युकाडियन रक नजिकको एक बन्द खाडीमा (जहाँ साप्फोले आत्महत्या गरेको मानिन्छ)”, उनको जहाज टरपेडो आक्रमणबाट जोगिन सफल भयो। सन् १९१८ देखि १९२६ सम्म उनी पेन्सन तथा राष्ट्रिय बीमा मन्त्रालयमा मलेरियासम्बन्धी परामर्शदाताका रूपमा कार्यरत रहेका थिए।


नोबेल पुरस्कार

[सम्पादन गर्नुहोस्]
रोनाल्ड रोस

रोनाल्ड रोसलाई चरामा पाइने मलेरियाको परजीवीको जीवनचक्र पत्ता लगाएको उपलब्धिका लागि नोबेल पुरस्कार प्रदान गरिएको थियो। उनले मानवमा मलेरियाको संक्रमण कसरी फैलिन्छ भन्ने अवधारणा निर्माण गरेका थिएनन्, तर चरामा आधारित आफ्नो अध्ययनमा उक्त जीवनचक्रको खोज गरेका थिए। रोस पहिलो व्यक्ति थिए जसले मलेरियाको परजीवी संक्रमित लामखुट्टेको टोकाइबाट सर्छ भन्ने कुरा प्रमाणित गरे। उनको अवस्थामा यो परजीवी <i>प्लाज्मोडियम रिलिक्टम</i> थियो, जुन चरामा पाइन्छ। १८९७ मा, इटालियन चिकित्सक तथा प्राणीविज्ञानी जोभानी बत्तिस्ता ग्रासीले आफ्ना सहकर्मीहरूसँग मिलेर Anopheles जातिको लामखुट्टेमा मलेरियाको परजीवीको विकासक्रम पत्ता लगाएका थिए। र उनीहरूले १८९८ मा पी. फाल्सीपेरम, पी. भिभ्याक्स र पी. मलेरिया को पूर्ण जीवनचक्र वर्णन गरेका थिए।[]

सन् १९०२ को नोबेल पुरस्कार (शारीरिकशास्त्र वा चिकित्साशास्त्रतर्फ) को लागि विचार गर्दा, नोबेल समितिले सुरुमा उक्त पुरस्कार रोस र ग्रासीबीच साझा रूपमा दिने योजना बनाएको थियो। तर, रोसले ग्रासीमाथि जानाजान छलकपट गरेको आरोप लगाए। अन्ततः समर्थनको वजन रोसतर्फ झुक्यो, जुन मुख्य रूपमा समितिमा नियुक्त तटस्थ निर्णायक रोबर्ट कोखको प्रभावका कारण थियो। रिपोर्टअनुसार, "कोखले आफ्नो प्रभावशाली प्रतिष्ठाको पूर्ण प्रयोग गर्दै जोड दिए कि ग्रासी उक्त सम्मानको हकदार छैनन्।"[]

व्यक्तिगत जीवन र मृत्यु

[सम्पादन गर्नुहोस्]

रोनाल्ड रोसलाई अचम्मका र आत्मकेन्द्रित व्यक्ति को रूपमा चिनिन्थ्यो। उनलाई कहिले "आवेगशील व्यक्ति" त कहिले "आवेगशील प्रतिभा" भनेर वर्णन गरिन्थ्यो। उनको पेशागत जीवन विद्यार्थीहरू, सहकर्मीहरू र वैज्ञानिकहरूसँग निरन्तर विवादमा रहँदै आएको देखिन्थ्यो। जि.बि. ग्रासिसँगको व्यक्तिगत वैरभाव विज्ञानको दुनियाँमा एक प्रसिद्ध कथा बनेको छ। उनले आफ्ना गुरु प्याट्रिक म्यान्सनको निजी अभ्यासबाट आएको सम्पत्तिलाई लिएर खुला रूपमा ईर्ष्या गरेका थिए। उनले सन् १९३० मा लेखेको मेमोरिस अफ सर प्याट्रिक म्यान्सन पुस्तक म्यान्सनले उनको मलेरियासम्बन्धी कार्यहरूमा पुर्‍याएको योगदानलाई सानो देखाउने प्रयासको रूपमा लिइन्छ। उनले लिभरपुल स्कूल अफ ट्रपिकल मेडिसिनको प्रशासनसँग पनि खासै राम्रो सम्बन्ध राख्न सकेनन्, सधैं आफूलाई न्यून तलब दिइएको भन्दै गुनासो गर्थे। उनले दुई पटक राजीनामा दिए, र अन्ततः कुनै पेन्सन नपाई सेवाबाट हटाइए।[]

A horizontal gravestone, badly dilapidated and with grass growing among the cracks
सन् 2014 मा लन्डनको पुटनी वेल कब्रिस्तान रसको चिहान

सरकारी समर्थनको कमीले रसलाई बारम्बार कटु बनायो (जसलाई उनले चिकित्सा अनुसन्धानमा वैज्ञानिकहरूका लागि "प्रशासनिक बर्बरता" भने। सन् 1928 मा उनले साइन्स प्रोग्रेस इन द ट्वेंटिएथ सेन्चुरी (1919-1933) पत्रिकामा बिक्रीका लागि आफ्ना कागजातहरूको विज्ञापन गरे, जसमा उनले आफ्नी श्रीमती र परिवारको आर्थिक सहयोगका लागि पैसा भएको बताए। लेडी ह्युस्टनले तिनीहरूलाई £2000 मा किनेकी थिइन् र ब्रिटिस म्युजियम प्रस्ताव गरेकी थिइन्, जसले उनलाई विभिन्न कारणले अस्वीकार गऱ्यो। कागजातहरू अहिले लन्डन स्कूल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिन र रोयल कलेज अफ फिजिशियन एण्ड सर्जन्स अफ ग्लासगो संरक्षित छन्।[]

सन् 1889 मा रसले रोजा बेसी ब्लोक्सम (ID1) सँग विवाह गरे। उनीहरूका दुई छोरीहरू, डोरोथी (1891-1947) र सिल्भिया (1893-1925), र दुई छोराहरू, रोनाल्ड क्याम्पबेल (1895-1914) र चार्ल्स क्ले (1901-1966) थिए। उनकी श्रीमतीको सन् 1931 मा मृत्यु भयो। रोनाल्ड र सिल्भियाले पनि उनलाई पहिले नै मरेः रोनाल्ड 26 अगस्ट 1914 मा ले क्याटोको युद्ध मारिए। लामो रोग र दमको आक्रमणपछि उनको नामको अस्पतालमा रसको मृत्यु भयो। उनलाई नजिकैको पुटनी वेल कब्रिस्तान उनकी श्रीमतीको छेउमा गाडियो।[१०]

रोनाल्ड रस मेमोरियल, एसएसकेएम अस्पताल, कोलकाता
पीजी अस्पतालमा रोनाल्ड रस प्लाक
सर रोनाल्ड रोस इन्स्टिच्युट अफ प्यारासिटोलोजी मलेरिया सङ्क्रमण पत्ता लागेको फलक

एसएसकेएम अस्पताल, कलकत्ताको भित्तामा रहेको एउटा सानो स्मारकले रसको खोजको सम्झना गराउँछ। 7 जनवरी 1927 मा लर्ड लिट्टनको उपस्थितिमा रस आफैले स्मारकको अनावरण गरेका थिए। रसले काम गरेको प्रयोगशालालाई उनको नाममा रहेको मलेरिया क्लिनिकमा सारिएको छ। बाहिरी भित्तामा पनि एउटा पट्टिका छ।[११]

Sir Ronald Ross's name on LSHTM
एलएसएचटिएममा सर रोनाल्ड रसको नाम

सर रोनाल्ड रस लन्डन स्कूल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनको फ्रिजमा चित्रित हुने 23 नामहरू मध्ये एक हो, सार्वजनिक स्वास्थ्यमा उनीहरूको योगदानका लागि छनोट गरिएका अग्रगामीहरू।[१२]

सन् १९९५ मा प्रकाशित अमिताव घोष उपन्यास द कलकत्ता क्रोमोजोम कलकत्तामा रसको जीवनमा आधारित छ।[१३]

सर रोनाल्ड रस इन्स्टिच्युट अफ प्यारासिटोलोजी बेगमपेट भवन हो जहाँ रसले 20 अगस्टमा महिला एनाफिलिज लामखुट्टेबाट मलेरिया सर्ने कुरा पत्ता लगाए। 20 अगस्ट पछि विश्व लामखुट्टे दिवसको रूपमा परिचित भयो। प्रयोगशालालाई एउटा सानो सङ्ग्रहालयमा परिणत गरिएको छ जहाँ रस र उनको परिवारका फोटोहरू प्रदर्शन गरिएको छ। विभिन्न चार्ट र रेखाचित्रहरूले मलेरिया र यसको प्रसारणमा रसको कामको व्याख्या गर्छन्।[११]

  1. Memoirs with a full account of The Great Malaria Problem and its Solution, Albemarle Street, W. London, पृ: २४ 
  2. "Ross and the Discovery that Mosquitoes Transmit Malaria Parasites", Centers for Disease Control and Prevention, ८ फेब्रुअरी २०१०, अन्तिम पहुँच ३१ जनवरी २०१४ 
  3. ३.० ३.१ Dutta, A. (२००९), "Where Ronald Ross (1857–1932) worked: the discovery of malarial transmission and the Plasmodium life cycle", Journal of Medical Biography 17 (2): 120–122, डिओआई:10.1258/jmb.2009.009004, पिएमआइडी 19401518 
  4. Report on the cultivation of protesoma, Labbé, in grey mosquitoes, Calcutta। 
  5. Reflections on a Century of Malaria Biochemistry 
  6. Cox, Francis E.G. (२०१०), "History of the discovery of the malaria parasites and their vectors", Parasites & Vectors 3 (1): 5, डिओआई:10.1186/1756-3305-3-5, पिएमआइडी 20205846, पिएमसी 2825508 
  7. Parasites and Infectious Disease: Discovery by Serendipity and Otherwise 
  8. Bynum, William F. (१९९८), "Ronald Ross: Malariologist and Polymath: A Biography", Bulletin of the History of Medicine 72 (3): 562–564, डिओआई:10.1353/bhm.1998.0144 
  9. "RCPSG/9 - Sir Ronald Ross (1857-1932), surgeon", अन्तिम पहुँच १३ अगस्ट २०१८ [मृत कडी]
  10. Cook, GC (१९९९), "The grave of Sir Ronald Ross FRS (1857–1932)", The Lancet 354 (9184): 1128, डिओआई:10.1016/S0140-6736(05)76928-2, पिएमआइडी 10509539 
  11. ११.० ११.१ Datta, Rangan (२० अगस्ट २०२३), "How Ronald Ross linked the mosquito bite to malaria parasites" (My Kolkata), The Telegraph, अन्तिम पहुँच २१ अगस्ट २०२३ 
  12. "Sir Ronald Ross (1857-1932) | LSHTM", LSHTM (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-११-०९ 
  13. Goyal, Kritika (२०१३), "The Calcutta Chromosome", Annals of Neurosciences 20 (1): 36, डिओआई:10.5214/ans.0972.7531.200112, पिएमसी 4117097