रोस दूरसञ्चार

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
राेस दूरसञ्चार
उद्योगको प्रकारसार्वजनिक (संयुक्त पुँजी कम्पनी), सरकारी कम्पनी
उद्योगदूरसञ्चार
स्थापना२३ सेप्टेम्बर १९९३; २६ वर्ष अघि (१९९३-०९-23)
मुख्य कार्यालयमस्को, रूस
मुख्य व्यक्तिहरूसर्जी कालुगीन (अध्यक्ष)
सर्जी इभानाेभ
(निर्देशन बिभागका अध्यक्ष)
उत्पादन (हरू)ल्यान्डलाइन
मोबाईल फोन
ब्रोडब्यान्ड इन्टरनेट
सूचना प्रबिधि
दूरसञ्चार सञ्चाल
केवल टेलिभिजन
राजस्व$५.२३ बिलियन
परिचालन आय$६४९ मिलियन
कूल आम्दानी$२४१ मिलियन
लगानी$९.६ बिलियन
कुल इक्विटी$४.२७ बिलियन
कामदार (हरू)१७०,०००
नियन्त्रित कम्पनीराष्ट्रिय केबल सञ्चाल, केन्द्रीय टेलिग्राफ, Giprosvyaz, अनलाइम, टेलि २ रूस, स्पुतनिक (सर्च इन्जिन)
वेबसाइटrostelecom.ru

राेस दूरसञ्चार (रूसी: ОАО «Ростелеком») रूसको एक प्रमुख लामो दूरी टेलीफोन सेवा प्रदायक हो। यसले घरेलू लामो दूरी सेवा अन्तर्गत कम्पनीकाे राजस्वको लगभग ५०% प्रदान गर्दछ भने अन्तर्राष्ट्रिय लामो दूरी कलहरूमा लगभग २५% प्रदान गर्दछ।

राेस दूरसञ्चारले सबै स्थानीय सार्वजनिक सञ्चालक सञ्जालहरूलाई लामो दूरी सेवाका लागि एउटै सञ्जालमा जोड्दछ। अन्य शब्दहरूमा, यदि एक प्रयाेगकर्ताले लामो दूरीको कल गर्दछ वा इन्टरनेट मार्फत जडान रूस देखि रूसमा वा रूस देखि अन्य कुनै देशमा सम्पर्क गर्दछ भने यो सम्भव छ कि राेेस दूरसञ्चारले सेवाको एक भाग प्रदान गर्दै छ। कम्पनीको स्टक व्यापार मुख्यतया मस्को एक्सचेन्जमा अाधारित छ। सन् २०१० कम्पनीले ३ जी सेवा सुरूवात गरेकाे थियोे।[१]

इतिहास[सम्पादन गर्ने]

३० डिसेम्बर, १९९२ मा रूसको राज्य सम्पत्ति समितिको आदेश अनुसार राज्यको स्वामित्वमा रहेकाे उद्यम रोस दूरसञ्चारकाे स्थापना गरिएकाे थियोे जसमा २० राज्य सम्म भेट्ने गरि लामो दूरी र अन्तर्राष्ट्रिय कलहरू समावेश थिए साथै सञ्चार उपकरण इन्टरटेलिकमको पनि आयोजना गरिएको थियाे। १९९० काे दशकमा, कम्पनी जो स्भियजीइन्भेस्टको एक भाग थियो, त्यतिबेला रूसमा एकमात्र लामो दूरीको दूरसञ्चार सेवा सञ्चालक थियो।

१८ अक्टोबर २००७ मा "रोस दूरसञ्चार" ले आईपी-एमपीएलएस गुणस्तर प्रमाणपत्र प्राप्त गरेको थियोे र त्यसपछि यसले अाफुलाई इन्टरनेट सेवा प्रदायककाे रूपमा उभ्याएकाे थियोे।[२]

स्वामित्व[सम्पादन गर्ने]

सेप्टेम्बर २०१८ का अनुसार यसका ३ वटा कम्पनीहरू यसकाे मालिक कम्पनीकाे रूपमा रहेका छन् । निम्न उल्लेखित यसका मालिक कम्पनीहरू हुन्:[३]

१) राज्यकाे सम्पत्ति व्यवस्थापनका लागि सङ्घीय अायाेग (४५.०४%),

२) अाेएअाे माेबिटेल (१२.०१%) र

३) भिनेसकनम बैङ्क (३.९६%)

स्वामित्वमा याे दूरसञ्चार कम्पनी रहेको छ ।

सञ्चालन[सम्पादन गर्ने]

राेस दूरसञ्चार सबैभन्दा ठूलो घरेलू मेरुदण्ड सञ्जाल हाे (लगभग ५०० हजार किलोमिटर सम्म फाैलिएकाे) र रूसमा लगभग ३५ मिलियन घरहरू सम्म यसकाे सेवा पुगेकाे छ । कम्पनीले देशभरका आवासीय, सहकारी र सरकारी ग्राहकहरूको लागि दूरसञ्चार सेवाहरू जस्तै (टेलिफोन, डाटा, टिभी र मूल्य अभिबृद्धि समाधान) प्रदान गर्ने अनुमति लिएकाे छ । कम्पनीले प्रयोगकर्ताहरूकाे लागि-अनुकूल प्रीपेड सेवा "कार्टा स्याभ्जि" प्रदान गर्दछ जुन मानिसहरूको लागि इन्टरनेटमा टेलीफोन र पहुँच प्रदान गर्न बनाइएकाे लामो टेलिफोन कार्ड सेवा हाे ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "राेस दूरसञ्चारले ५ वटा प्रदेशहरूमा ३ जी सेवामा सुचारु गरेको छ", अाघिकारिक वेबसाइटबाट, अन्तिम पहुँच १४ डिसेम्बर २०१३ 
  2. Россия-Япония: скорость связи вырастет в १००० раз // सिन्युज डटरू, १३.१२.२००६
  3. "स्वामित्वमा रहेका कम्पनीहरू", अाभिकारिक वेबसाइटबाट, अन्तिम पहुँच १३ अक्टोबर २०१८ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]