लक्ष्मणलाल कर्ण
स्वरूप
लक्ष्मणलाल कर्ण | |
|---|---|
| भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री | |
| कार्यकाल वि.सं. २०७८ असार १० – वि.सं. २०७८ असार २८ | |
| राष्ट्रपति | विद्यादेवी भण्डारी |
| प्रधानमन्त्री | केपी शर्मा ओली |
| पूर्वाधिकारी | शिवमाया तुम्बाहाम्फे |
| उतराधिकारी | लिलानाथ श्रेष्ठ |
| प्रतिनिधि सभा सदस्य | |
| कार्यकाल वि.सं. २०७४ फागुन २० – वि.सं. २०७९ असोज २ | |
| पूर्वाधिकारी | सुरेन्द्र प्रसाद चौधरी |
| उतराधिकारी | रमेश रिजाल |
| निर्वाचन क्षेत्र | पर्सा ४ |
| सद्भावना पार्टीको सामानुपातिक सूचीबाट संविधान सभा सदस्य | |
| कार्यकाल वि.सं. २०६४ – वि.सं. २०७४ | |
| व्यक्तिगत विवरण | |
| जन्म | २८ मार्च १९४७[१] जगरनाथपुर गाउँपालिका, पर्सा जिल्ला |
| राष्ट्रियता | नेपाली |
| राजनीतिक दल | लोकतान्त्रिक समाजवादी पार्टी |
| अन्य राजनीतिक संलग्नता | नेपाल सद्भावना पार्टी सद्भावना पार्टी राष्ट्रिय जनता पार्टी जनता समाजवादी पार्टी |
| जीवनसाथी | लिला देवी कर्ण |
| सन्तान | ४ |
| अभिभावकs |
|
लक्ष्मणलाल कर्ण एक नेपाली राजनीतिज्ञ हुन्। उनी वि.सं. २०७८ असार १० मा नेपाल सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीको रूपमा नेपालको इतिहासमा सबैभन्दा छोटो कार्यकाल, १८ दिनको लागि नेपाल सरकारको मन्त्रीको रूपमा सेवा गरेका थिए। नेपालको सर्वोच्च अदालतले वि.सं. २०७८ असार २८ मा गरेको निर्णयको आधारमा उनलाई पदबाट हटाइएको थियो। उनी प्रतिनिधि सभा निर्वाचन, २०७४ मा तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालको उम्मेदवारको रूपमा पर्सा ४ निर्वाचन क्षेत्रबाट विजयी भएर नेपालको पहिलो सङ्घीय संसदको सदस्य बनेका थिए। उनले उक्त निर्वाचनमा २० हजार ७३८ मत ल्याएका थिए भने उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रमेश रिजालले १४ हजार ७०२ मत ल्याएका थिए। [२]
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ संघीय संसद सदस्य, २०७४ परिचयात्मक पुस्तिका (नेपालीमा), Nepal: संघीय संसद सचिवालय, २०२१, पृ: 270।
- ↑ "Parsa : Province 2 - Nepal Election Latest Updates and Result for Federal Parliament", election.ekantipur.com, अन्तिम पहुँच २०१९-०८-२६।