लक्ष्मणा (कृष्णकी पत्नी)
| लक्ष्मणा | |
|---|---|
| अष्टभार्याको सदस्य | |
लक्ष्मणा र अन्य अष्टभार्याहरू, मैसुर चित्रकला। | |
| अन्य नामहरू | माद्री, चारुहासिनी |
| आबद्ध | देवी, लक्ष्मी, अष्टभार्या |
| वासस्थान | द्वारका |
| धर्मग्रन्थहरू | विष्णु पुराण, भागवत पुराण, हरिवंश, महाभारत |
| वंशावली | |
| जीवनसाथी | कृष्ण |
| वंश | यदुवंश (विवाह पश्चात्) |
लक्ष्मणा वा लक्षणा हिन्दु धर्मग्रन्थहरूमा उल्लिखित एक पौराणिक पात्र तथा द्वापर युगमा द्वारकाका राजा र विष्णुका अवतार कृष्णका आठ प्रमुख रानीहरू अर्थात् अष्टभार्यामध्येकी सातौँ रानी हुन्।[१]
भागवत पुराण मा उत्तम गुणहरूले युक्त लक्ष्मणालाई मद्र राज्यका एक अज्ञात शासककी छोरीको रूपमा उल्लेख गरिएको छ।[२] पद्म पुराण ले मद्रका ती राजाको नाम बृहत्सेन भएको स्पष्ट पार्दछ।[३] लक्ष्मणाले एक संवादमा बृहत्सेनलाई एक कुशल वीणा वादकको रूपमा वर्णन गरेकी छिन्।[४] केही ग्रन्थहरूले उनलाई 'माद्री' वा 'मद्रा' (मद्रकी राजकुमारी) जस्ता उपनामहरू दिएका छन्।[५][६] यद्यपि, विष्णु पुराण ले लक्ष्मणालाई अष्टभार्याको सूचीमा समावेश गरे पनि अर्की रानी माद्रीको उल्लेख गरेको छ, जसलाई स्पष्ट रूपमा मद्रकी राजकुमारी भनिएको छ। यस ग्रन्थमा लक्ष्मणाको वंशको बारेमा कुनै सङ्केत गरिएको छैन। सोही ग्रन्थले उनलाई मनमोहक मुस्कान भएकी 'चारुहासिनी' पनि भनेको छ। हरिवंश ले पनि उनलाई चारुहासिनी भनेको भएतापनि उनलाई मद्रसँग जोडिको भने छैन।[६][७]
किंवदन्ती
[सम्पादन]विवाह
[सम्पादन]लक्ष्मणाका पिताले एक स्वयम्भर समारोहको आयोजना गरेका थिए, जसमा दुलहीले भेला भएका आकाङ्क्षीहरूमध्येबाट वर छनोट गर्ने व्यवस्था मिलाइएको हुन्छ। भागवत पुराण मा उल्लेख भए अनुसार, गरुडले देवताहरूबाट अमृत चोरी गरेका जसरी कृष्णले पनि लक्ष्मणालाई स्वयम्भरबाट त्यसरी नै हरण गरेका थिए।[८][५] अर्को एउटा कथाले कृष्णले कसरी धनुर्विद्या प्रतिस्पर्धा जितेर स्वयम्भरमा लक्ष्मणालाई प्राप्त गरे भन्ने वर्णन गर्दछ। राजा जरासन्ध र दुर्योधनले निशाना छुटाउँछन्। पाण्डव राजकुमार र कृष्णका फुपुका छोरा अर्जुन, जसलाई कतिपय समयमा सर्वश्रेष्ठ धनुर्धर भनिन्छ, उनले कृष्णले लक्ष्मणाको हात जित्न सकून् भनेर जानीजानी निशाना छुटाएका थिए। अर्जुनका भाइ भीमले कृष्णप्रतिको सम्मानका कारण प्रतिस्पर्धामा सहभागी हुन अस्वीकार गरेका थिए। अन्ततः, कृष्णले निशानामा प्रहार गरेर विजय प्राप्त गर्छन्।[९] एकपटक कृष्ण र उनका रानीहरू पाण्डव र उनकी साझा पत्नी द्रौपदीलाई भेट्न हस्तिनापुर गएका हुन्छन्। अभिमानी तर लजालु स्वभावकी लक्ष्मणाले द्रौपदीलाई आफ्नो विवाह पनि द्रौपदीको जस्तै निकै उत्साहजनक रहेको बताउँदै त्यसको कथा सुनाउँछिन्।[४]
मृत्यु
[सम्पादन]भागवत पुराण मा उल्लेख भए अनुसार लक्ष्मणाका; प्रघोष, गात्रवान, सिंह, बल, प्रबल, ऊर्ध्वग, महाशक्ति, सह, ओज र अपराजित गरि १० पुत्रहरू थिए।[१०] विष्णु पुराण ले भने उनका गात्रवान् नेतृत्वका धेरै छोराहरू भएको उल्लेख गरेको छ।[६]
भागवत पुराण मा कृष्णको मृत्युपछि उनका रानीहरूको विलाप र त्यसपछि कृष्णको चितामा हाम हालेर आत्मदाह (हेर्नुहोस् सती) गरेको विवरण पाइन्छ।[११] हिन्दु धर्मग्रन्थ महाभारत को मौसल पर्व मा, जसले कृष्णको मृत्यु र उनको वंशको अन्त्यको वर्णन गर्दछ, केवल चार रानीहरूले सती गएको र अन्यले भने द्वारका छोड्ने क्रममा लुटेराहरूबाट आक्रमणमा परेपछि जीवितै जलेर ज्यान दिएको उल्लेख गरिएको छ।[१२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन]- ↑ Mani, Vettam (१९७५), Puranic Encyclopaedia: a Comprehensive Dictionary with Special Reference to the Epic and Puranic Literature, Motilal Banarsidass Publishers, पृ: ६२, आइएसबिएन 978-0-8426-0822-0।
- ↑ Prabhupada, "Bhagavata Purana 10.58.57", Bhaktivedanta Book Trust, मूलबाट २० सेप्टेम्बर २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ फेब्रुअरी २०१३।
- ↑ Mani, Vettam (१९७५), Puranic Encyclopaedia: a Comprehensive Dictionary with Special Reference to the Epic and Puranic Literature, Motilal Banarsidass Publishers, पृ: ४४८, आइएसबिएन 978-0-8426-0822-0।
- 1 2 Rakosh Das Begamudre; Pōtana (१९८८), Amrutha of Sreemad Bhagavatha: adapted and translated from the Telugu original of Kavi Bammera Pothana, Rakosh Das Beegamudre, अन्तिम पहुँच ७ फेब्रुअरी २०१३।
- 1 2 Prabhupada, "Bhagavata Purana 10.61.15", Bhaktivedanta Book Trust।
- 1 2 3 Horace Hayman Wilson (१८७०), The Vishńu Puráńa: a system of Hindu mythology and tradition, Trübner, पृ: 81–3, 107–8, अन्तिम पहुँच २१ फेब्रुअरी २०१३।
- ↑ "Harivamsha Maha Puraaam - Vishnu Parvaharivamsha in the Mahabharata - Vishnuparva Chapter 103 - narration of the Vrishni race", Mahabharata Resources Organization, अन्तिम पहुँच २५ जनवरी २०१३।
- ↑ "Five Ques married by Krishna", Krishnabook.com, मूलबाट २२ मार्च २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ जनवरी २०१३।
- ↑ Aparna Chatterjee (डिसेम्बर १०, २००७), "The Ashta-Bharyas", American Chronicle, मूलबाट ६ डिसेम्बर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ अप्रिल २०१०। अभिलेखिकरण ५ डिसेम्बर २०१० वेब्याक मेसिन
- ↑ "The Genealogical Table of the Family of Krishna", Krsnabook.com, अन्तिम पहुँच ५ फेब्रुअरी २०१३।
- ↑ Prabhupada, "Bhagavata Purana 11.31.20", Bhaktivedanta Book Trust, मूलबाट १३ जुन २०१०-मा सङ्ग्रहित। अभिलेखिकरण १३ जुन २०१० वेब्याक मेसिन
- ↑ Kisari Mohan Ganguli, "Mahabharata", Sacred-texts.com, अन्तिम पहुँच १८ मार्च २०१३।