लक्ष्मण दत्त जोशी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search




सभासद् लक्ष्मीणदत्त जोशी माओवादी दार्चुला इन्चार्ज तथा सेतीमहाकाली राज्य समिति सदस्य हुनुहुन्छ। भारतको कुमाउ विश्वविद्यालयबाट गणितमा स्नातकोत्तर जोशी ०४६ देखि राजनीतिमा लाग्नुभएको थियो। एमालेको राजनीतिबाट राजनीतिमा साइत गर्नुभएका जोशी एमाले विभाजनपछि माले हुनुभएको भएको थियो। ०५७ देखि माओवादीमा प्रवेश गर्नुभएका जोशी केही समयपछि नै माओवादीको दार्चुला-बैतडी र डढेलधुराको संयुक्त जिल्ला समितिमा उक्लनुभयो। उहाँ सेतीमहाकाली रेडियो जनगणतन्त्रको निर्देशक पनि बन्नुभयो। उहाकी श्रीमती निर्मला बडाल माओवादीको जिल्ला समितिमा हुनुहुन्छ। सामान्य किसान परिवारमा जन्मभएका जोशीले पार्टीले उठाएका एजेण्डा नै सविधानमा लेख्ने मूल एजेण्डा भएको बताउनुहुन्छ। राज्यको पुनर्सञ्चनाको लागि माओवादीले लडेको दश वर्षको जनयुद्ध र त्यसमा आफू पनि होमिएकाले जनताले विजयी बनाएको जोशीको भनाइ छ।[१]

सन्दर्भ[सम्पादन गर्ने]