लक्ष्मण प्रसाद घिमिरे

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


लक्ष्मण प्रसाद घिमिरे समानुपातिक तर्फ नेपाली कांग्रेसका सभासद हुनुहुन्छ। २०४८ सालको संसदीय निर्वाचनमा नेपाली कांग्रेसको उम्मेदवारका रूपमा रामेछाप जिल्लाको क्षेत्र नं. १ बाट विजयी घिमिरे २०५१ र २०५६ का संसदीय निर्वाचनहरूमा पनि सोही क्षेत्रबाट कांग्रेसका उम्मेदवार हुनुहुन्थ्यो। उहाँ २०१४ सालदेखि राजनीतिमा सक्रिय रहँदै आउनुभएको छ। २०५५ सालदेखि लगातार पार्टी केन्द्रीय सदस्य रहिआएका घिमिरे त्यसअघि २०५३ सालमा पार्टी कार्यालयका मुख्य सचिव हुनुहुन्थ्यो। २०१४ सालको भद्र अवज्ञा आन्दोलन, २०२१ सालको विद्यार्थी आन्दोलन, २०३६ सालको जनमत संग्रह आदिमा गरी उहाँ कुल तीन वर्ष जेल परिसक्नुभएको छ। उहाँ हाल नेपाली कांग्रेसका केन्द्रीय सदस्य र काङ्ग्रेस संसदीय दलका मुख्य सचेतक हुनुहुन्छ।

थाईल्याण्डबाट इंजिनियरिङमा स्नातकोत्तर घिमिरे तीन छोरीका पिता हुनुहुन्छ। विचार प्रवाहमा पछि नपर्ने घिमिरेका लेख रचना विभिन्न पत्र―पत्रिकामा प्रकशित हुँदै आएका छन्। समाजसेवामा रुचि राख्‍ने सभासद घिमिरे विभिन्न संस्था मार्फत समाज हितका कार्यमा संलग्न रहँदै आउनुभएको छ। संविधानसभामा उहाँले उठाउन चाहेका प्रमुख दुई मुद्दा हुन्― क. राज्यको पुनःसंरचना, वैज्ञानिक आधारमा सङ्घीयताको खाका कोर्नु।[१]

सन्दर्भ[सम्पादन गर्ने]