लक्ष्मीकुमारी चौधरी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search




माओवादीको तर्फबाट संविधानसभामा प्रतिनिधित्व गर्ने दुईजना कलाकार (खुशीराम पाखि्रन) मध्ये एक हुनुहुन्छ लक्ष्मीकुमारी चौधरी 'ज्योति'। २६ वर्षीया चौधरी कलाकारको फाँटबाट ०५७ देखि राजनीतिमा लाग्नुभएको हो। रामवृक्ष स्मुति परिवारको संयोजक हुनुभयो। हाल उहाँ अखिल नेपाल जनसास्कृतिक महासङ्घको केन्द्रीय सदस्य तथा माओवादी राज्य समितिकी सदस्य पनि हुनुहुन्छ। जनयुद्धको समयमामा सोलु, ओखलढुङ्गा, खोटाङ आदि जिल्लामा काम गर्नुभएकी चौधरीका श्रीमान् सूर्यनाथ यादव माओवादी सप्तरीका इन्चार्ज हुनुहुन्छ। प्रहरी सहायक निरीक्षक बाबा र शिक्षिका आमाकी छोरी चौधरी माओवादी जनयुद्धमा लाग्दा घरबाट विद्रोह गरेर निस्कनुभएको थियो।

मधेसी महिला शोषण र उत्पीडनमा परेकाले राज्यसत्तामा उनीहरूको पनि समान हैसियत कायम गराउनु आफ्नो मुख्य एजेण्डा रहेको बताउनुहुन्छ। यसैगरी कलाक्षेत्रमा भएको विकृतिलाई हटाउन पनि पहल गर्ने बताउनुहुन्छ। माओवादीको अग्रगामी कार्यदिशा र आफूले जनमुक्ति आन्दोलनमा गरेको त्यागका कारण आफूलाई विजयी बनाएको बताउनुहुन्छ। [१]

सन्दर्भ[सम्पादन गर्ने]