लक्ष्मीपति पाण्डे

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


वि.सं. १८१६ वैशाख २७ गोरखाको गाईखुरमा जन्मेका लक्ष्मीपति पाण्डे ज्योतिष विद्या अध्ययन गरेर राजा रणबहादुर शाहको पालामा दरबारिया ज्योतिषी नियुक्त भएका थिए। परराष्ट्र विभागमा तालुकवाला नियुक्त भएमा ज्योतिषशास्त्री पाण्डे रुढिवादी ज्योतिषी भने थिएनन्। अत्यन्त कर्मठ र मौलिक विचार भएका लगनशील व्यत्ति पाण्डेले बहादुर शाहका पालामा युद्धक्षेत्रमै गई सहयोग गरेका थिए।

उनले बहादुर शाहको आज्ञाअनुसार वि.सं. १८४७ म राजा रणबहादुर शाहका लागि धूपघडी बनाएर विशिष्ट योगदान दिएका थिए। शास्त्रीय ज्योतिष पद्धतिअनुसार बनाइको उक्त धूपधडीबाट समयको ज्ञान लिनतिरै सहयोग मिलेको थियो। डेढ फिट व्यासको तामाबाट बनेको यो धडीको अध्ययन गर्ने वैज्ञानिकहरू भन्छन्- यो घडी परिस्कृत वैज्ञानिक उजपका रूपमा देखिन्छ। यो घडी पाण्डेको महानतम वैज्ञानिक योगदानका रूपमा लिन सकिन्छ। उनले जमीनको सतह मिले-नमिलेको पत्ता लगाउने 'तुरीय यन्त्र' नामका वैज्ञानिक उपकरण बताएका थिए। यो उपकरणबाट नताश र उन्नताङ्ग पनि नाप्न सकिने यो उपकरण हस्तिहाडले बनेको छ। हस्तिहाडबाटै उनले छायाँ परेको हिसाब गरी दिनको कति समय बित्यो र कति बाँकी छ भन्ने जान्न सकिने अर्को उपकरण "शंकु" पनि बनाएका थिए। अंकसमेत कुँदिएको, अत्यन्त सरल खालको यस उपकरणबाट बार्‍है महिनाको समय निकाल्न सकिन्छ। त्यस्तै उनले 'चन्द्रकला' नामक महत्वपूर्ण चित्र बनाई चन्द्रको कला किन थपघट हुन्छ ? चन्द्रग्रहण र सूर्यग्रहण किन हुन्छ भन्ने रहस्यको वैज्ञानिक व्याख्या गरेका थिए।

सामाजिक सेवामा लागि परिरहने पाण्डेले गणितमा पनि विभिन्न पुस्तक लेखेर उल्लेखनीय योगदान गरेका देखिन्छ। दर्जनौँ किताबका लखेक, गणितज्ञ एवम् ज्योतिषशास्त्री पाण्डेको वि. सं. १८८८को जेठ १२ का दिन ७३ वर्षको उमेरमा काशीमा निर्वासनको स्थितिमा मृत्यु भएको थियो।