लक्ष्मीपुर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
Laxmipur
लक्ष्मीपुर
—  Village Development Committee  —
देश  Nepal
Zone मेची
District इलाम जिल्ला
जनसङ्ख्या (1991)
 - जम्मा ६,९०१
समय क्षेत्र Nepal Time (युटिसी+5:45)

लक्ष्मीपुर, पुर्बी नेपालको इलाम जिल्लाको मध्य दक्षिणी भेगमा रहेको एक गाबिस हो। यो गाबिसमा ९ ओटा वडा छन। यहाँ शनिबार हाट लाग्ने कटुसे बजार छ। यहाँ ११६० घरधुरी तथा ६९०५ जनसङ्ख्या रहेको छ ।

यो हाल नेपाल संघीय शासन प्रणालीमा गइसकेपछि राज्य पुनःसंरचना गर्दा यसको वडा नं. १, २, ४ र ८ सुर्योदय नगरपालिका १४ र वडा नं. ३, ६, ७ र ९ सुर्योदय १३ र वडा नं. ५ चाँहि माइ नगरपालिका ५ मा परेको छ ।

भौगोलिक स्थिति[सम्पादन गर्ने]

हावापानी[सम्पादन गर्ने]

यहाँको हावापानी मिश्रित प्रकारको छ। खासगरी यहाँ बर्षा ऋतुमा अत्याधिक बर्षात हुने गर्छ। यहाँको तापक्रम मध्ययम किसिमको छ।

यस गाबिसको प्रमुख ठाउँहरु[सम्पादन गर्ने]

  • मुर्तिडाँडा
  • डाक्टरगाउँ
  • सुकेपोखरी
  • जोरपोखरी
  • दुधकेन्द्र
  • भुटानेचोक
  • कोलबोटे
  • आरुबोटे
  • देविथान
  • गुराँसे
  • खानिभन्ज्याङ्ग
  • उत्तरे
  • बतासे
  • जरिङ्गे
  • जिमिखाँद
  • जिमिथुम्का
  • भुतेनी
  • दाङ्गसारङ
  • चुम्बाङ्ग
  • कटुसे बजार
  • हजुरे
  • कागुने
  • सिम्ले
  • जैसिटार
  • ठुलोबर्दु,
  • मानेडाँडा
  • कानेडाँडा
  • खोलिपाखा
  • हाङगिम
  • रमिते
  • बुच्चेटार
  • बाङ्गेटार
  • जिराइत
  • भालुखोप
  • सानोबर्दु,
  • ठाडे
  • खर्बनी
  • मिथुनखर्क
  • बाहुनिचुली
  • थाक्ले
  • गङ्गटे
  • कुम्भिटार
  • दहालटार

पर्यटकीय तथा धार्मिक स्थलहरु[सम्पादन गर्ने]

बसोबास[सम्पादन गर्ने]

यहाँ विशेषगरि बाहुन, क्षेत्री, राई, लिम्बु,तामाङ्ग, मगर, गुरुङ, लेप्चा, कामी, दमाई, आदि जातजातिको बसोबास रहेको छ। यहाँका सबै जातजातिहरु मिलेर बसेका छ्न।

पेशा[सम्पादन गर्ने]

यहाँको मुख्य पेसा भनेको कृषि हो। यहाँको प्रमुख नगदेबाली हरुमा अदुवा, अलैंची, अम्लिसो(कुचो), चिया, अकबरे खोर्सानी आदि हुन। ओलन(गाईको दुध) पनि यहाँको प्रमुख आम्दानिको स्रोत हो

यातायातको अवस्था[सम्पादन गर्ने]

शैक्षिक स्थिति[सम्पादन गर्ने]

यहाँ २ वटा उच्च मावि, ५ वटा मावि र ११ वटा प्रावि रहेका छ्न।

स्वास्थ्य[सम्पादन गर्ने]

यहाँ एक उपस्वास्थ्य चौकी तथा केहि निजि क्लिनिक खोलिएका छन। मध्यम तथा जटिल रोगको लागी भने इलाम, झापा, धरान, बिराट्नगर, काठमाडौं वा भारतको सिलिगुडी तिर जानुपर्ने बाध्यता छ।

सञ्चार[सम्पादन गर्ने]

  • यहाँ मोबाईलको प्रयोग हुन्छ। यहीँ नेपाल टेलिकमएनसेलको टावर रहेको छ। ल्याण्डलाईन टेलिफोन भने छैन।
  • यहाँ पत्रपत्रिकाको सुबिधा भने अत्याधिक दयनीय अवस्था रहेको छ।
  • यहाँ मेची र कोशी अन्चलबाट प्रसारण हुने एफ.एम रेडियो सुनिन्छ।
  • यहाँ देखी नजिकै रहेको मुर्तिडाँडा मा नेपाल टेलिभिजन को टावर रहेको छ।
  • यहाँ अहिले डिसहोम राखेर टेलिभिजन हेर्ने क्रम पनि बढेको छ।

खानेपानी[सम्पादन गर्ने]

स्थानीय रुपमा रहेका खोल्सा, मुल, कुवा बाट खनेपानीको आपुर्ती भइरहेको छ। तर केहि उच्चभागमा भने खानेपानीको अत्यधिक समस्या रहेको छ।

बिजुली[सम्पादन गर्ने]

हाल सबै वडाहरुमा विद्य्त विस्तार भएको छ । नेपाल सरकारको बजेट, नेपाल विद्युत प्राधिकरण, जाइका नेपाल आदिबाट विद्युतिकरण भैरहेको छ ।

खेलकुद[सम्पादन गर्ने]

यहाँको लोकप्रीय खेल फुटबल तथा भलिबल हो तर अहिले आएर क्रीकेट पनि लोकप्रीय हुदैछ। यहाँ मध्यम किसिमका ३ वटा र धेरैको संख्यामा साना फुट्बल मैदान रहेका छन र असङ्ख्य भलिबलका खेलमैदान छन। उत्तरे खेलमैदान लक्ष्मिपुरकै चर्चित मैदान हो। यसमा दशैँ, तिहार, माघेसक्रान्तीमा स्थानिय फुटबल प्रतियोगिता भहिरहन्छ।

धार्मिक स्थिति, चाडपर्ब, सँस्कृति[सम्पादन गर्ने]

लक्ष्मीपुरलाई चिनाउने व्यक्तिहरु[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

हरियाली दर्पण इलामः रणबहादुर कार्की,२०५९

थप जानकारीका लागि हेर्नुहोस्[सम्पादन गर्ने]

यी पनि हेर्नुहोस[सम्पादन गर्ने]