लक्ष्मी गुरुङ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


सभासद् लक्ष्मी गुरुङ तमु राष्ट्रिय मुक्तिमोर्चाको केन्द्रीय सदस्य तथा माओवादी रामेछाप सदस्य हुनुहुन्छ। बहुदलसँगै राजनीतिमा रुचि जागे पनि उहाँ ०५३मा एमाले अखिलको जिल्ला समितिमा बसेपछि मात्र सक्रिय राजनीतिक जीवन सुरू भएको थियो।

उहाँ एमाले अखिलको जिल्ला समितिमा काम गर्दागर्दै ०५६ माओवादी निकट अखिल क्रान्तिकारीमा प्रवेश गर्नुभएको थियो। उहाँ अखिल क्रान्तिकारी जिल्ला समिति अध्यक्ष पनि बन्नुभयो। उहाँले जनयुद्धका लामो समय त चितवन, रसुवा, नुवाकोट र धादिङमा बिताउनुभयो। निम्न वर्गीय किसान परिवारमा २७ वर्षअघि जन्मनुभएकी गुरुङ शहीद नेत्रकुमार श्रेष्ठ 'निराजन'पत्नी हुनुहुन्छ। ०५९ बैशाख १३मा रामेछाप चर्चुरेमा शहीद हुँदा उहाँको चार महिनाकी गर्भवती हुनुहुन्थ्यो। एसएलसीसम्मको औपचारिक शिक्षा लिनुभएकी लक्ष्मीको एक छोरा छन्।

जनजाति र महिलाका मुद्दालाई संविधानमै सुनिश्चित गराउनु नै आफ्नो मूल एजेण्डा बताउनुहुन्छ। शहीद परिवार र माओवादी नयाँ दलको हैसियतले पनि दलको तर्फबाट आफू विजयी भएको उहाँको ठम्याइ छ।[१]

सन्दर्भ[सम्पादन गर्ने]