लक्ष्मी भुषाल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


लक्ष्मी भुषाल
चित्र:लक्ष्मी भुषाल.jpg
लय संग्रौला
जन्म: वि.सं. --
काठमाडौं
मृत्यु:वि.सं. --
कार्यक्षेत्र: कलाकारिता,टेलिभिजन
राष्ट्रियता:नेपाली
भाषा:नेपाली
विधा:सञ्चार

लक्ष्मी भुषाल रेडियो नेपालको कृषि कार्यक्रमकी 'बूढी आमै' हुनुहुन्छ। कृषि सूचना केन्द्रकी अधिकृत सुश्री भुषाल गत असोजदेखि जागीरे हुनुहुन्न। तर नाटकको काम भने गर्दै हुनुहुन्छ। उहाँले २०२३ मंसिरदेखि जागीर खानुभएको हो।

लक्ष्मीको जन्म २००८ असोज १५मा काठमाडौंको डिल्लीबजारमा भएको हो। उहाँका पिताको नाम मानबहादुर र माताको नाम रत्नकुमारी हो। उहाँका एक दाई, दुई भाइ र एक बहिनी जन्मनुभएको हो। लक्ष्मी जेठी छोरी हुनुहुन्छ।

उहाँले जागीर थाल्दा कार्यालयको नाम 'कृषि सूचना शाखा' थियो। पछि 'कृषि सूचना महाशाखा' बन्यो र पछि 'कृषि सूचना तथा सञ्चार केन्द्र' भयो। करिब ४३ वर्षमा उहाँले आवाज दिएका नाटक हजारौं छन्। उहाँले जर्मनी, मलेसिया, फिलिपिन्स, स्विट्जरल्याण्ड, हङकङ आदि भ्रमण गर्नुभएको छ। नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान, नेपाल सरकार आदिले सम्मान गरे। उहाँले धेरै कदरपत्र पाउनु भएको छ।