लयपातल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

लयपाल दैलेख जिल्लाको पिपलकोट गा.वि.स.को वार्ड नंवर ९ मा पर्ने एक गाउँ हो।

संस्कृति र नामांकन[सम्पादन गर्ने]

यहाँ मगर जातीको बसोवास रहेको छ।नयाँ स्थापना भएको हुनाले यस गाउँको पुरानो नाम नयाँ गाउँ थियो पछि नयाँ पातल र हाल आएर लयपातल पर्न गयो। मारूनी नाच र फुर्का नाँच यहाँका आकर्शक चाड पर्व हुन्। यहाँ मगरहरुको बसोवास भएकाले यिनीहरु आफ्नै रिवाज र भेष भुसामा रमाउने गर्दछन्। यहाँको मुख्य भाषा मगर खाम भाषा भए पनि साना केटा केटी बाहेक अरु सबैले नेपाली भाषा बोल्छन्।यो गाउँको मुख्य पेसा कृषिनै हो । चिसो ठाउँ भएका कारण यहाँ बर्षे आलुको उत्पादन प्रसस्त मात्रामा गरिन्छ।

जनसङ्ख्या[सम्पादन गर्ने]

यो गाउँमा ७२ वटा घर धुरीहरु रहेका छन्। यहाँको जनसङ्ख्या जम्मा ४८२ रहेको छ। [१]

भुगोल[सम्पादन गर्ने]

लयपातलको उपल्लो गोर्खीबाट देखिएको हिमालयको दृष्य

यसको सिमाना पु. सुँगरखाल प.गोर्खि द.बाहाकोट उ.थाक्लेमेला सँग जोडिएको छ।यो गाउँ पिपलकोट गा.वि.स.को विकट गाउँ मानिन्छ।

शिक्षा[सम्पादन गर्ने]

यस गाउँमा २०४४ सालमा विद्यालय स्विकृत भएको थियो। विद्यालय स्विकृत भए पछि गाउँमा पहिले भन्दा धेरै परिवर्तन भएको छ।यहाँका वासिन्दाहरु शिक्षित देखिन थालेका छन्। विद्यालय स्विकृत गराउन तत्कालिन वार्ड अध्यक्ष देवि सिंह मगरको र प्र.पं. खम्म बहादुर बस्नेतको ठूलो भुमिका रहेको थियो।

टोलहरु[सम्पादन गर्ने]

यो गाउँका टोलहरुका नाम निम्न प्रकार रहेका छन्।

  • गाउँ
  • डाँडा गाउँ
  • मुल्ला गोर्खि
  • ढोर
  • फर्के बाङ

स्रोत[सम्पादन गर्ने]

  1. Village 2010

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

पिपलकोट गाविसका प्रमुख गाउँहरू
क्रम सङ्ख्या गाउँको नाम वडा नंवर
तोलीचाका १,२
जामनेपानी
पातेमेला
किटु
छाम
चिउरी
गोर्खि
लयपातल
सुँगरखाल