सामग्रीमा जानुहोस्

लरेन हाउरेगी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लरेन हाउरेगी
सन् २०१७ मा २० वर्षको छँदा हाउरेगी
जन्मलरेन मिसेल हाउरेगी मोर्गादो
(1996-06-27) २७ जुन १९९६ (उमेर २९)
मियामी, फ्लोरिडा, संयुक्त राज्य
पेशा
  • गायिका
  • गीतकार
कार्यकालसन् २०१२–हाल
साङ्गीतिक जीवन
विधा
लेबल
हस्ताक्षर
वेबसाइटlaurenjauregui.com

लरेन मिसेल हाउरेगी मोर्गादो (अङ्ग्रेजी: Lauren Jauregui, /ˈhrɛɡi/; जन्म; सन् १९९६ जुन २७) एक अमेरिकी गायिका तथा गीतकार हुन्। उनी फिफ्थ हार्मोनी नामक एक महिला साङ्गीतिक समूहको सदस्यको रूपमा चर्चित भएकी थिइन् भने उक्त समूह सर्वकालीन समयको धेरै गीत बिक्री गर्न सफल भएको साङ्गितिक समूह मध्ये एक मानिन्छ।

हाउरेगीले एकल गीत लेखन गर्नु सुरु गरेपछि उनले मरिया हिल्स, स्टिभ ओकी र हल्जी जस्ता कलाकारहरूसँग सहकार्य गर्न गरेकी थिइन्। उनले सन् २०१८ अक्टोबरमा आफ्नो पहिलो एकल गीत "एक्सपेक्टेसन्स" सार्वजनिक गर्न कोलम्बिया रेकर्ड्ससँग सम्झौता गरेकी थिइन्। सन् २०१९ मा हाउरेगीले "मोर देन दयाट" नामक गीत सार्वजनिक गरिन्। हाउरेगीले स्वतन्त्र रूपमा आफ्नो पहिलो एकल साङ्गीतिक सङ्गालो प्रिल्युड (सन् २०२१) र त्यसपछि सन् २०२३ मा इन बिट्विन सार्वजनिक गरेकी थिइन्।

प्रारम्भिक जीवन

[सम्पादन गर्नुहोस्]

हाउरेगीको जन्म सन् १९९६ जुन २७ का दिन मा फ्लोरिडाको मियामी सहरमा क्युबाली अभिभावक माइकल हाउरेगी र क्लारा मार्गादोको सन्तानको रूपमा भएको थियो।[][][] उनका बुबा प्लान्ट मेनेजर थिए भने आमा एक शिक्षिका थिइन्। उनीहरूले क्युबामा फिडेल क्यास्ट्रो सत्तामा आएपछि संयुक्त राज्य अमेरिका बसाइँसराइ गरेका थिए।[][] हाउरेगी मुख्यतया क्युबाली र स्पेनी वंशजकी हुन्।[][] तीन दाजुभाइ दिदीबहिनीमध्ये जेठी हाउरेगीले प्रारम्भिक कक्षादेखि छैठौँ कक्षासम्म सह-शिक्षा हुने क्याथोलिक विद्यालयमा अध्ययन गरेकी थिइन्। त्यसपछि उनले मियामीको छात्राहरू मात्र पढ्ने क्याथोलिक कलेज पूर्व तयारी विद्यालयमा शैक्षिक छात्रवृत्तिमा अध्ययन गरेकी थिइन्।[] उनले प्रतिभा प्रदर्शन र सफ्टबल टोलीमा पनि भाग लिएकी थिइन्।[][][] विद्यालयको समयमा, हाउरेगीले कला मार्फत आफूलाई अभिव्यक्त गर्ने गर्दथिन् भने उनले निरन्तर सिर्जना, गायन, लेखन, नृत्य, पियानो बजाउने र चित्रकलामा रुचि राख्थिन्।[१०]

साङ्गीतिक प्रभावहरू

[सम्पादन गर्नुहोस्]

हाउरेगीले सन् १९९० को दशकको समकालीन आर र बी, अल्टरनेटिभ रक, पप, ल्याटिन सङ्गीत, र सोल सङ्गीत सुनेर हुर्किएकी थिइन्।[११] हाउरेगीले उनको सङ्गीत सोल, आर र बी, रक, अल्टरनेटिभ, पप र ल्याटिन सङ्गीतबाट धेरै प्रभावित रहेको बताएकी थिइन्।[१२][११] उनी विभिन्न कलाकारहरू र सत्यता र आधिकारिकताबाट प्रेरित छिन्।[१२] उनलाई प्रभावित गर्ने केही कलाकारहरूमा लाना डेल रे,[१३] जोन मेयर,[१४] लरेन हिल,[१५][१६] पारामोर,[१७] एलिसिया किज,[१७][१८] जनेल मोने,[१९] सकिरा,[२०] क्रिस्टिना आगिलेरा,[१७] एमी वाइनहाउस[२१] र फ्र्याङ्क ओसन पर्दछन्।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Lauren Jauregui's Friends Take to Twitter to Wish Her a Happy Birthday", Billboard, मूलबाट अक्टोबर ७, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर ७, २०२१ 
  2. "Lauren Jauregui", AllMusic, मूलबाट जुन ३०, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई १४, २०२१ 
  3. ३.० ३.१ ३.२ Benson, John (मार्च ६, २०१५), "Lauren Jauregui talks Fifth Harmony and her Latina roots", La Opinión (स्पेनीमा), मूलबाट मार्च १२, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च ९, २०१७  वेब्याक मेसिन अभिलेखिकरण मार्च १२, २०१७ मिति
  4. "Michael Jauregui Professional Profile", LinkedIn, मूलबाट जनवरी ५, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई ७, २०१७ 
  5. "Fifth Harmony's Lauren Jauregui on Her Cultural Identity and Self Confidence: 'I Love Who I Am'", Entertainment Tonight, अक्टोबर २०, २०१७, मूलबाट मे २०, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच मे १९, २०१८ 
  6. Becky G (अक्टोबर २८, २०२०), Latinx Pride, En La Sala, Amazon Music, अन्तिम पहुँच अक्टोबर २८, २०२० 
  7. "Lauren Jauregui '14 Amazes Judges on X-Factor", Carrollton School of the Sacred Heart, अक्टोबर ३, २०१२, मूलबाट अगस्ट २३, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी २८, २०१७  वेब्याक मेसिन अभिलेखिकरण अगस्ट २३, २०१७ मिति
  8. "Bio: Fifth Harmony", Fifth Harmony Official, मूलबाट जनवरी ३, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी १४, २०१५  वेब्याक मेसिन अभिलेखिकरण जनवरी ३, २०१६ मिति
  9. "Varsity Softball Off to a 7–1 Start", Carrollton School of the Sacred Heart, मार्च ९, २०१२, मूलबाट अगस्ट २३, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी २८, २०१७ 
  10. "Lauren Jauregui Opens Up About Her New Album And Growing As An Artist After Fifth Harmony", Fuse (TV channel), जनवरी ११, २०१९, मूलबाट जनवरी २८, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी २७, २०१९ 
  11. ११.० ११.१ Anderson, Samuel (अक्टोबर २४, २०१८), "Lauren Jauregui Defies "Expectations"", V Magazine, मूलबाट डिसेम्बर १६, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर १४, २०१८  वेब्याक मेसिन अभिलेखिकरण डिसेम्बर १६, २०१८ मिति
  12. १२.० १२.१ Weatherby, Taylor (अक्टोबर २४, २०१८), "Lauren Jauregui On Debut Single 'Expectations' & How Ty Dolla $ign Encouraged Her to 'Purge My Soul'", Billboard (magazine), मूलबाट अक्टोबर २५, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर २६, २०१८ 
  13. "Lauren Jauregui: I've been inspired by Lana Del Rey", The List (magazine), अक्टोबर २८, २०१८, मूलबाट डिसेम्बर १६, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर १४, २०१८ 
  14. "21 Questions with Fifth Harmony's Lauren: "I'm a rock chick at heart"", Official Charts Company, नोभेम्बर २८, २०१४, मूलबाट डिसेम्बर १६, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर १४, २०१८ 
  15. Steel, Sharon (डिसेम्बर ३, २०१५), "Billboard Women in Music 'Group of the Year' Fifth Harmony: 'Being a Woman, and Killing It, Is Awesome'", Billboard, मूलबाट डिसेम्बर १७, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर १४, २०१८ 
  16. "Lauren Jauregui Pays Tribute to 'The Miseducation of Lauryn Hill' on the Album's 20th Anniversary", Billboard, अक्टोबर २५, २०१८, मूलबाट डिसेम्बर १७, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर १५, २०१८ 
  17. १७.० १७.१ १७.२ "Lauren Jauregui Shares the Playlist of Her Life", Teen Vogue, अक्टोबर २६, २०१८, मूलबाट सेप्टेम्बर २८, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर १४, २०१८ 
  18. "Bilboard Women in Music 2015: Fifth Harmony on Their Musical Influences", Billboard (magazine), डिसेम्बर १२, २०१५, मूलबाट मार्च ८, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी ३०, २०२० 
  19. "Lauren Jauregui and Tierra Whack Discuss Being Inspired by Fellow Women in Music: Watch", Billboard, डिसेम्बर २१, २०१८, मूलबाट अप्रिल ६, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च १४, २०१९ 
  20. "Fifth Harmony's Lauren Jauregui", Entertainment Tonight, मूलबाट मार्च २९, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच मे २०, २०१९ 
  21. "Elton John Says Amy Winehouse Performed 'One Of The Best 10 Shows' He Had Ever Seen", Entertainment Tonight Canada, सेप्टेम्बर १३, २०१८, मूलबाट डिसेम्बर १६, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर १५, २०१८  वेब्याक मेसिन अभिलेखिकरण डिसेम्बर १६, २०१८ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]