लर्ड
लर्ड | |
|---|---|
सन् २०२५ मा लर्ड | |
| जन्म | एला मारिया लानी यलिच-ओ'कोनर ७ नोभेम्बर १९९६ अकल्यान्ड, न्युजिल्यान्ड |
| नागरिकता |
|
| पेशा | गायिका-गीतकार |
| कार्यकाल | सन् २००९–हाल |
कार्य | |
| माता | सोन्या यलिच |
| आफन्त | इन्डी (बहिनी) |
| पुरस्कार | पूर्ण सूची |
| साङ्गीतिक जीवन | |
| विधा | |
| वाद्ययन्त्र | स्वर |
| लेबल | |
| वेबसाइट | www |
| हस्ताक्षर | |
एला मारिया लानी यलिच-ओ'कोनर (जन्म; १९९६ नोभेम्बर ७), जो व्यावसायिक रूपमा लर्डको (/lɔːrd/ LORD) रूपमा परिचित छिन्, एक न्युजिल्यान्डकी गायिका तथा गीतकार हुन्। उनी आफ्नो पप सङ्गीतको अपरम्परागत शैली र आत्मनिरीक्षण गीत लेखनका लागि परिचित छिन्। लर्ड किशोरावस्थामा छँदा प्रतिभा प्रदर्शनको क्रममा साङ्गीतिक पहिचान पाएकी थिइन्। उनले २००९ मा युनिभर्सल म्युजिक ग्रुपसँग सम्झौता गरेकी लर्डले सन् २०११ मा निर्माता जोल लिटिलसँग साङ्गीतिक सहकार्य गर्न सुरु गरेकी थिइन्।[१] उनीहरूको पहिलो प्रयास, द लभ क्लब नामक एक विस्तारित सङ्गीत सङ्गालो थियो जसलाई सन् २०१२ मा साउन्डक्लाउडमा नि:शुल्क डाउनलोडका लागि सार्वजनिक गरिएको थियो।[२]
यस गीति सङ्गालोलाई पछि सन् २०१३ मा व्यावसायिक रूपमा सार्वजनिक गरिएको थियो। यसको एकल गीत "रोयल्स" ले धेरै क्षेत्रका सङ्गीत तालिकाहरूमा शीर्ष स्थान हासिल गर्न सफल भएको र अमेरिकी बिलबोर्ड हट १०० मा नौ हप्तासम्म शीर्ष स्थानमा रहन भएको थियो थियो।[३] यस गीत विश्वभर १ करोड प्रतिहरू बिक्री गर्दा यो गीत हालसम्मकै सर्वाधिक बिक्री हुने एकल गीतहरू मध्ये एक बनेको थियो। पियोर हिरोइन नामक उनको पहिलो गीतिसङ्ग्रहलाई पनि सोही वर्ष सार्वजनिक गरिएको थियो भने यसले पनि आलोचनात्मक र व्यावसायिक रूपमा सफलता प्राप्त गरेको थियो। अर्को वर्ष लर्डले सन् २०१४ को चलचित्र द हङ्गर गेम्स: मकिङजे – भाग १ को लागि गीतहरू तयार पारेकी थिइन्। लर्डले आफ्नो अर्को एल्बम मेलोड्रामामा (सन् २०१७) निर्माता ज्याक एन्टोनफसँग सहकार्य गरिन् जसले व्यापक प्रशंसा प्राप्त गर्दा यस एल्बम अमेरिकी बिलबोर्ड २०० को शीर्ष स्थानमा पुग्न सफल भएसँगै यसलाई रोलिङ स्टोन को "५०० महानतम एल्बमहरू" को सूचीमा समावेश गरिएको थियो।
उनले सोलार पावर (सन् २०२१) नामक आफ्नो तेस्रो एल्बम मार्फत इन्डी लोक र साइकेडेलिक सङ्गीत शैलीहरूको अन्वेषण गरेकी थिइन् जसले समीक्षकहरू र श्रोताहरूबाट मिश्रित प्रतिक्रिया पाएको थियो। आफ्नो चौथो स्टुडियो एल्बम, भर्जिन (सन् २०२५) का लागि लर्डले सङ्गीतकार जिम-इ स्ट्याकसँग सहकार्य गरी पुनः इलेक्ट्रो पप-आधारित पप सङ्गीतमा फर्किएपछि यसले सकारात्मक प्रतिक्रिया बटुलेको थियो। लर्डले प्राप्त गरेका पुरस्कारहरूमा; २ वटा ग्रामी पुरस्कार, २ वटा ब्रिट पुरस्कार, २० वटा एटारेओ सङ्गीत पुरस्कार र एउटा गोल्डेन ग्लोब पुरस्कारका मनोनयनहरू समावेश छन्। उनी सन् २०१३ र २०१४ मा टाइम पत्रिकाको सबैभन्दा प्रभावशाली किशोरकिशोरीहरूको सूचीमा र सन् २०१४ को फोर्ब्सको ३० वर्ष मुनिका प्रभावशाली व्यक्तिहरूको सूचीमा देखा परेकी थिइन्। आफ्नो एकल कार्यको अतिरिक्त, उनले ब्रोड्स र ब्लिचर्स लगायतका अन्य कलाकारहरूका लागि गीतहरू सहलेखन गरेकी थिइन्।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Blumentrath, Jan (२१ जनवरी २०१४), "Interview with Scott MacLachlan, manager of Lorde", HitQuarters, मूलबाट २२ फेब्रुअरी २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ फेब्रुअरी २०१९।
- ↑ "The Love Club EP", ARIA Charts. Hung Medien, अन्तिम पहुँच २५ नोभेम्बर २०१५।
- ↑ "Future Releases on Triple A (AAA) Radio Stations", All Access Music Group, मूलबाट ९ मे २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ नोभेम्बर २०१५। अभिलेखिकरण २०२६-०१-१४ वेब्याक मेसिन
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- आधिकारिक वेबसाइट

- लर्ड डिसकोग्समा साङ्गीतिक कार्यहरू
- लर्ड म्युजिक ब्रेन्जमा साङ्गीतिक सङ्ग्रहहरू
- इन्टरनेट चलचित्र डेटाबेसमा लर्ड
- लर्ड अडियोकल्चरमा
- लर्डको च्यानल युट्युबमा हेर्नुहोस्