ललितपुर पाटनका चार अशोक थूर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search



अशोक स्तुपा
अशोक स्तुपा


ललितपुर जिल्लाको पाटन शहरमा रहेको अशोक थूर कहिने थूरहरू काठमाडौंका स्वयम्भू चैत्य वा बौद्धको ठूलो चैत्यजस्तै उपत्यकाभित्रका विशिष्ट बौद्धस्थल हुन्। यी चार ठूरहरू पुलचोक थूर, लगनखेल थूर, तेता थूर र ईबही थूर पाटन शहरको बाहिर चार कुनमा भनेजसो अवस्थित छन्। यी चार थूर झण्डै उस्तै थूर देखिन्छन्। माटोको अर्धगोलाकार गुम्मज उठाइन्छ, आवश्यक परेको ठाउँमा ईटको गारो पनि लगाइन्छ, टुप्पामा सानो चैत्य वा त्रियोदश भूमि बनाइन्छ, गर्भको फेदमा चारै दिशामा खोपाभित्र एउटा एटा बुद्ध मूर्ति राखिन्छ।थूरको सम्पूर्ण भाग माटो, ईट इत्यादिले बनेको हुन्छ। अरु वस्तु त्यतिको आवश्इक हुँदैन। खुल्ला चौर वा खेतको माझा बनाँइउका यी थूरका अर्धगोलाकार गर्भको सतह सबै हरियो दूबोघाँसले टम्म छोपिएको हुन्छ। अनि थूर सिंगै कुनै प्राकृतिक थुम्को जस्तो भान हुन्छ। यसैले यी थूर हेर्दा खूब रमाइलो देखिन्छन्। नेपालको इतिहास लेख्ने डि. राइटको हातमा परेको वंशावलीमा यी थूरहरू सम्राट अशोकले उपत्यकामा आएको बेला बनाएको भनेर लेखिएको कुरा उनले उल्लेख गरेका छन्। वंशावली अनुसर सम्राट अशोक प्रमुख बैद्ध स्थलहरूको यत्रको सिसिलामा साम्राज्ञी तिष्यरक्षिता र राजकुमारी चारुमतिसहित काठमाण्डौं उपत्इकामा पनि आएक थिए। सम्राटले छोरी चारुमतिको विवहा यहीका एकजना राजकुमार देवपालसित गरिदिए। यी नै राजकुमार देवपालले बसालेको वस्ती हुनाले उनैको नाउँबाट देवपत्तन नाउँ रहन गएको, राजकुमारी चारमतीले बनाएको हुनाले चारुमती विहार ( वर्तमान चाबहिल ) नाउँ रहेको, चार दिशामा चारओटा र बीचमा एउटा गरी पाँच ओटा थूर बनाएर अशोकपत्तन – वर्तमाना पाटन शहर ) स्थापना गरेको कुराको उल्लेख राइटले वि.सं. १९३३ तिर निकालेको इतिहासमा लेखेका छन्। तर सम्राट अशोक काठमाडौं उपत्यकामा आइपुगेको ऐतिहासिुक सबूद अहिलेसम्म भेटिएको छैन। सम्राट अशोक काठमाडौं उपत्इकामा आए भन्ने उनको वंशावलमिा लेखिएको कुरा स्वयम्भू पुराणमा खुद भगवान बुद्ध उपत्इकामा आएर स्वयम्भू डाँडोमा धर्मदेशना गरेका थिए, वा लंकाको महावंश पुराणमा भगवान बुद्ध तीनपल्ट लंगा आएका थिए भने लिएको कुरा जस्तै हुन सक्तछ। सम्राट अशोकको कपिलवस्तु लुम्बिनी क्षेत्रमा बनाएको अशोक स्तुप ( जुन पाटनको थू बनाएको अशोकक बेलासम्म खडा रहेको, पछि पुरिएको ) स्टतुपको शैलीमा बनाएको वा उनले आफ्नो राज्यभर र विदेशमा पनि बाँडिएको भगवान् बुद्धको अस्तिधातु गर्भमा राखेर बनाइएकोले पाटनका यी थूरहरू अशोक थूर भनिन थालेको पनि हुनसक्छ। यो कुरा जेसो भए पनि यी थूर र पाटन शहरको एउटा पुरानो नउाँ अशोकपत्तन रहेको भन्नेमा भने सम्बन्ध अवश्य देखिन्छ। यसरी पाटन शहर र यी थूहरू कसरी सम्राट अशोकसित सम्बन्धित हुन आए त्इसयको प्रमाणसिद्ध व्याख्या हुन सकेको छैन । लेखक राइटले पाएको वंशावलीमा सम्राट अशोकले बनाएका ेभनेर लेखिए तापनि अरु वंशावलीमा पटन शहर र यी थूहरू समेत राजा वीरत्तवले बनाएको भन्ने पनि लेखिएको छ। त्यस वंशावलीमा राजा वीरध्वजलाई स्व्प्नावस्थामा देउता आई राजालाई तैले यहीँ श्रीयन्त्रकार पाँच थुम्का गरी ललितपत्तन नाम राखी चौबीस टोल गरी शहर बनाई त्यहीँ नै बस्नू र तेरा उद्धार होला। यसपश्चात राजाले धेरै धन खर्च गरी ९००० घर थपि ठूलो सहर बनाएको उल्लेख छ। साथै वंशावलीहरूमा अंशुवर्मा, कृतवर्मा, भीमार्जुन, नन्ददेवपछि वीरध्वज राजा भएको पनि उल्लेख छ। वंशावलीका कुरालाई मान्यता दिने हो भने राजा भनिएका वीरध्वजले यी थूरहरू र पाटन शहर पनि विक्रम संवत्को आठौं शताव्दीको माझतिर बनाएको देखिन्छ। यी थूरहरूको निर्माणका समामान र शैलीको पनि विचार गर्दा यिनीहरू उपत्यकाको स्थापत्य कलाको एउटा सबभन्दा पुरानो अङ्ग हो कि जस्ता पनि देखिन्छन्। यिनको निर्माण ज्इादै सरल र श्रृङ्गार विलकुल मामुली भएकोले यिनीहरू अरु स्थापत्यकालभन्दा अगाडिको एवं बौद्ध दर्शनमा विभिन्न विचारधारा निस्कनुभन्दा अगाडिका जस्ता पनि देखिन्छन्। यी थूरहरूको निर्माण समय अहिले नै ठम्याउन नसके पनि नेपाली स्थापत्य कलक अङ्ग हुन, एक पुरानो अङ्ग। थूर अर्थात स्तूप, चैत्य छाडेर नेपाली स्थापत्य कलामा पेगौडा शैलीका मन्दिर भवनहरू पनि छन्।यी सबैमा स्तूपकला सबभन्दा पुरनो मानिन्छ। स्तुपकलाबाट नै पछि चैत्य कलाको विकास भएको हो।यही तथ्यमा नै यी थूरहरूको महत्व र विशेषता लुकेको छ। ललितपुरमा यस्तो थुप्रै मठ मन्दिर, गुम्बा, विहारहरू रहेका छन् जसको प्रचारप्रसार हुन सकेको छैन।


चित्र दीर्घा[सम्पादन गर्ने]